Link is copied to clipboard.

Iskcon Baglung

0:00
/

ISKCON Baglung

The International Society for Krishna Consciousness (ISKCON) is a worldwide spiritual organization established by Shree Shreemad A.C. Bhaktivedanta Swami Prabhupada in 1966 AD. This organization has played a leading role in the establishment of over 1000 Shree Radha Krishna temples worldwide, promoting and preserving Vedic Sanatan Religion. This organization is also known by the name of “Hare Krishna” movement. Based on the Gaudiya Vaishnavism tradition under Hindu Sanatan Dharma, this movement has been active in Baglung district for almost 12 years.

Introduction of ISKCON Baglung

Formally initiated in Baglung Bazaar in 2069 B.S., ISKCON Baglung formally started its activities with worship, aarati and lectures on the Bhagavad Gita. Even before its formal establishment, young enthusiasts affiliated with ISKCON had been organizing programs such as Hari Naam Sankirtan and religious lectures in various parts of Baglung district informally. Parmeshwar Achyut Das (Pradeep Bhandari) has been leading ISKCON Baglung since its inception. Currently, ISKCON Baglung has expanded its branches to Myagdi district and Parbat districts of Nepal. In Baglung district, ISKCON has also established the Govindaz Vegetarian Restaurant and the Vedic student hostel “Bhaktivedanta Academy for Culture and Education”. Additionally, ISKCON has undertaken the Gandaki Project in Baglung district, located in Ward No. 1, Khudurke Maldhunga of Baglung Bazar.

Information about ISKCON Gandaki Project

The ISKCON Gandaki Project is under construction at Khudurke Ghat in Ward No. 1 of Baglung Municipality, Baglung district. With an estimated cost of around 43 crores, the project aims to establish the Shree Radha Krishna Temple, ashram, and meditation center. Situated on the historical and religious banks of the Kaligandaki River, this religious center aims to contribute significantly to religious awareness. ISKCON has advanced the project with the objective of contributing not only to the religious tourism development of Baglung district but also to the overall religious tourism and development of the entire country.

Currently, the construction of the Shree Radha Krishna Temple is underway, along with the development of embankments on the banks of the Gandaki River. The project also plans to construct structured ghats suitable for religious bathing and performing different religious ceremonies along the Kali Gandaki River. Apart from this, a Bhagavad Gita Udyan will be added for additional attraction and required infrastructures are also being constructed for meditation purposes. ISKCON Baglung has initiated the preliminary phases of the project by collecting donations from devotees and well-wishers. The central government of Nepal, Gandaki Province and Baglung Municipality have also provided support for the construction of structures such as walls and embankments on the Kaligandaki River Bank and many more.

Activities of ISKCON Baglung

Daily worship and aarati begins at 4:30 AM starting from Mangala aarati and it continues till 8:00 PM with regular worship, aarati, and services. Additionally, from 5:15 AM to 6:15 AM, there is a daily lecture on Shrimad Bhagavat. Moreover, there is a minimum of two hours of daily chanting and meditation. Every week, starting at 1 PM, there is a lecture on Shreemad Bhagavat and several weekly programs targeting the youth, saptahik maataji programs, various seminars and training programs are held here along with regular “Hari Naam Sankirtan” programs.

इस्कोन बागलुङ
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादले सन् १९६६ मा स्थापना गरेको विश्वव्यापी आध्यात्मिक संस्था हो । विश्वभरि १००० भन्दा बढी श्री राधाकृष्ण मन्दिर स्थापना गरि वैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षणमा अग्रणी भुमिका खेलेको यस संस्था हरेकृष्ण अभियानका नामले पनि चिनिन्छ । हिन्दु सनातन धर्मअन्तर्गतको गौडिया वैष्णव परम्परामा आधारित यस अभियान बागलुङ जिल्लामा भने करिब १२ बर्षदेखि सञ्चालनमा आएको हो ।
इस्कोन बागलुङको परिचय
बि.स. २०६९मा बागलुङ बजारमा पुजा, आरती तथा श्रीमद्भगवद्गीताको प्रवचन कार्यक्रम आयोजना गरि इस्कोन बागलुङको विधिवत शुरुवात भएको थियो । यसभन्दा पहिलेदेखि नै अनौपचारिक रुपमा इस्कोनमा आवद्ध युवाहरुले बाग्लुङ जिल्लाको धम्जामा हरिनाम संकीर्तन तथा प्रवचन आदि कार्यक्रमहरु आयोजना गर्दै आएका थिए । परमेश्वर अच्युत दास ( प्रदीप भण्डारी)ले शुरुवातदेखि हालसम्म इस्कोन बागलुङको नेतृत्व सम्हाल्दै आएका छन् । वर्तमानमा इस्कोन बागलुङमा आवद्ध भक्तहरुले छिमेकी जिल्ला म्याग्दी तथा पर्वतमा पनि इस्कोन नेपालका शाखाहरु विस्तार गरेका छन् भने बागलुङ जिल्लामा इस्कोनले गोविन्दाज् शाकाहारी भोजनालय र वैदिक छात्रवास “भक्तिवेदान्त एकडेमी फर् कल्चर एण्ड एजुकेशन” सञ्चालन गरेको छ । यसका साथै बागलुङ जिल्लाको प्रवेशद्वार बागलुङ नगरपालिका ०१, खुदुर्के मालढुंगामा इस्कोन गण्डकी परियोजना थालनी गरेको छ ।
इस्कोन गण्डकी परियोजनाको जानकारी
बागलुङ जिल्ला बागलुङ नगरपालिका, वडा नं १ खुदुर्केघाट भन्ने स्थानमा इस्कोन गण्डकी परियोजना निर्माणाधिन अवस्थामा रहेको छ । करिब ४३ करोड खर्च अनुमान गरिएको यस परियोजना अन्तर्गत श्रीराधाकृष्ण मन्दिर र आश्रम तथा ध्यान साधना केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ । धार्मिक तथा ऐतिहासिक कालिगण्डकी नदि तटमा बन्न लागेको यस धार्मिक केन्द्रले धार्मिक जनजागरणका लागि विशेष योगदान पुर्याउने छ । प्राचिन लक्ष्मीनारायण मन्दिर र मन्दिरको जग्गाको संरक्षकत्व लिई नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले अघि बढाएको यस परियोजनाले बागलुङ जिल्लाको मात्र नभै समग्र देशको धार्मिक पर्यटन विकास तथा समग्र विकासमा उल्लेखिय योगदान पुर्याउने लक्ष्य राखेको छ ।
वर्तमानमा श्रीराधाकृष्ण मन्दिरको निर्माण भैरहेको छ । हाल गण्डकीको तटमा पर्खालको निर्माण पनि चलिरहेको छ । कालिगण्डकी नदिको संरक्षण र प्रचारप्रसारको समेत लक्ष्य राखिएको यस परियोजना अन्तर्गत नदि तटमा धार्मिक स्नान र संस्कारका लागि उपयुक्त हुने व्यवस्थित घाटको पनि निर्माण हुनेछ । जन्म देखि मरणसम्मको सन्देश दिने भगवद्गीता उद्यान यस परियोजनाको थप आर्कषण हुनेछ भने ध्यान साधनाका लागि उपयुक्त संरचना पनि निर्माण हुनेछन् । यस परियोजनाका लागि इस्कोन बागलुङले यस शाखामा आवद्ध भक्तजन तथा शुभचिन्तकहरुबाट दान संकलन गरि परियोजनाको शुरुवाती चरणका कार्यहरु अघि बढाएको हो । कालिगण्डकी नदि तटमा पर्खाल आदि संरचना निर्माणका लागि नेपालको केन्द्र सरकार, गण्डकी प्रदेश तथा बागलुङ नगरपालिका मार्फत पनि सहयोग पनि प्राप्त भएको थियो ।
इस्कोन बागलुङका गतिविधीहरु
इस्कोनमा दैनिक पूजा आरती बिहान ४:३० बजे मंगला आरतीबाट सुरु भएर राती आठ बजेसम्म भगवानको पुजा, आरती र सेवाहरु नियमित रुपमा हुँदै आईरहेको छ। यसका साथै, यहाँ प्रत्येक बिहान ५:१५ देखि ६:१५ सम्म श्रीमद्भागवत प्रवचन हुने गर्दछ। त्यस्तै, हरेक बिहान न्युनतम दुई घण्टा दैनिक जप तथा ध्यान गर्ने गरिन्छ। यी बाहेक पनि, साप्ताहिक रुपमा हरेक दिउँसो एक बजेबाट श्रीमद्भागवत प्रवचन हुने, साप्ताहिक युवा कार्याक्रम, साप्ताहिक माताजी कार्यक्रम, विभिन्न सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु साथै नियमित हरिनाम संकीर्तन कार्यक्रमहरु हुने गर्दछन्।

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments