Link is copied to clipboard.

Malika Temple

0:00
/

Malika Temple

The Malika Temple that is situated in between the beautiful landscapes of Baglung is located between Ward No. 7 and Ward No. 5 in Baglung Municipality. Malika Bhagwati is also worshipped as Mahakali, Mahalakshmi, and Mahasaraswati. The three Malikas: Badi Malika, Malika Bhagwati of Baglung and Kuhu Malika of Myagdi are considered three sisters. These goddesses represent different aspects of power and are deeply revered by the locals. Devotees pay homage to Kuhuki Malika towards the eastern side of Malika Temple.

Long ago, during the reign of Bhure Raja (Bhure Kings), this temple was established to honor the strength and power of the kings. Likewise, the stone spouts that are present in the periphery of this temple showcases the history and originality of Nepalese historical architectures. In the past, people from nearby forts, like Jumruk Kot, Karikot, Majhkot, Sansar Kot, and Tarajal Kot, along with their families, used to gather here for worship ceremonies, showing respect and unity. Over time, the temple has become a symbol of tradition and harmony in the community.

The temple came to the present day form after years. In the past, it was made up of stones. Over time, stones crumbled and the structure deteriorated. However in 2005 B.S., Ratnakumari Joshi built the Shivalinga and established them at the northern side of the temple, which gave new life to this sacred religious site.

 Every year, during the Haritalika Teej festival, thousands of women come to the temple to bathe in the Malika Ganga stream and worship Shiva Parvati. This ancient tradition continues to thrive, connecting the community to its roots. For the continuation of these cultures and festivals of Malika Temple, Dirgha Prasad Pandey donated around four ropani land to the Temple Guthi. Till the present day, the temple committee is led by members of the Pandey family.

Today, the temple stands as a testament to the enduring spirit of faith and tradition in the region. It’s not just a place of worship but also a symbol of unity and cultural heritage especially for the people of Baglung and beyond.

मालिका मन्दिर
प्रकृतिको मनोरम वातावरणमा अवस्थित मालिका मन्दिर बागलुङ नगरपालिका अन्तर्गत वडा नं. ७ र वडा नं. ५ को बिचमा पर्दछ। मालिका भगवती बडि मालिका, बागलुङमा भएकी मालिका र म्याग्दीमा भएकी कुहु मालिका तीन बहिनी हुन् भनिन्छ। यिनलाई महाकाली, महालक्ष्मी र महासरस्वतीका नामले समेत पुजा गर्ने गरिन्छ। यसै मन्दिरको पूर्वतर्फ कुहुकी मालिकाको नाममा पुजा गरिन्छ। यस मालिका भगवती मन्दिर भुरे राजाको पालादेखि स्थापना भई राजाले शक्तिको आराधना गर्ने क्रममा मन्दिर स्थापना भएको हो। यस मन्दिर परिसरमा यहाँको प्राचिनता झल्काउने ढुंगे धाराहरु हालसम्म पनि देख्न सकिन्छ।
यहाँ तिजमा मेला लाग्ने, लाखे देखाउने लगायतका परम्पराहरु प्राचिनकाल देखि नै चलिआएका छन्। तत्कालिन समयमा यहाँका भुरे राजाहरुले आफ्नो क्षमता एवं शक्ति प्रदर्शन गर्ने, आपसी सद्भाव आदन प्रदान गर्न भेला हुने मुख्य ठाउँ यहि मन्दिर थियो। यहाँका छिमेकी राजाहरु जाम्रुककोट, कारिकोट, माझकोट, संसारकोट, ताराजालकोट लगायतका कोटका राजाहरुले सहभागी भई आफ्ना परिवार, रानी अनि मैयाहरुले गंगा स्नान गरि मालिका भगवती एवं शिव पार्वतीको पुजा गर्ने गरेका थिए। सोहि परम्परा आजसम्म पनि जीवन्त रहिआएको छ।
यो मन्दिर पछि आएर मात्रै यस अवस्थामा आएको हो। मन्दिरको जिर्णोद्दारको क्रममा ढुङ्गे छानोलाई हटाएर ढलान छानो राखिएको थियो। त्यसै मन्दिरको उत्तरपट्टी रहेको शिवलिङ्ग मठ २००५ सालमा रत्नकुमारी जोशीले चर्तुमाश भरि पार्थिब शिवलिङ्ग बनाई उक्त शिवलिङ्गहरु त्यहाँ लगेर स्थापना गरि बनाइएको मठ हो । यो मन्दिरको पुर्वतर्फ भने कुहुकी मालिकाको नाममा पुजा गरिन्छ। यो मन्दिर सञ्चालन गर्नका निमित्त माथि उल्लेखि दीर्घप्रसाद पाण्डेले हालको वडा नं. हिलियापानी भन्ने ठाउँमा अन्दाजी ४ रोपनी खेत मन्दिरको पुजा गर्नका निम्ती गुठी राख्नु भएको कुरा प्रष्ट छ । हाल यस मन्दिरमा हरितालिका तिजको दिन हजारौँ महिलाहरुले मालिका गंगा(धारा) को स्नान गरि शिवपर्वतीको पुजा गर्ने परम्परा चलिरहेको छ । साथै, यो अति प्राचीन मन्दिरको सचालक समितिको अध्यक्ष हाल पाण्डे परिवार बाटै भइरहेको छन्। त्यस्तै, यहाँका स्थानिय जनता र समुदायबाट विभिन्न खेलकुदहरुको आयोजना समय समयमा भव्य रुपले हुँदै आइरहेको छ।

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments