Link is copied to clipboard.

Baraha Taal

0:00
/

We heartily welcome you to Bhakunde Daha of Baglung District, Baglung Municipality Ward No. 10.

Introduction to Lake

In Bhakunde Daha, Ward No. 10 of Baglung district, there is a circular-shaped pond called Barah Taal. The elderly citizens and the residents there believe that there used to be a large agricultural field at place where there is Baraha Taal at the present. It is believed that Baraha Taal was formed when the field was submerged under water while rice was being cultivated. According to local beliefs, in this pond, seven plough, workers were submerged and the water is believed to have settled in the same place where they were submerged. It is also believed that in order to eliminate these misfortunes, the construction of the Baraha Temple was started and thus people started worshipping and performing various rituals. Similarly, it is estimated that the name of this place might have been Bhakunde Daha due to the presence of Baraha Taal. Additionally, the beauty of the place has been further enhanced by the remains of paddy stalks swaying in the fields and the orange trees around the Bhakunde area.

Significance of Baraha Temple in the Area

Upon realizing the significance of Baraha Temple located in the Baraha Taal area, the government has provided necessary facilities for the operation of worship activities in the Baraha Temple, including arranging land for residence of priests who conduct worship activities in the temple. From the documents and papers since 1981, we can know that government has been working for the management of the temple and the lake.

Geographical Situation

Currently, this lake is situated at an altitude of about 1350 meters above sea level. Its circumference is 188 meters, diameter 60 meters and an area of 2828.57 square meters. You can see trees submerged in the water in the middle of the lake, which adds to the beauty of the lake area. Additionally, from this location, one can enjoy the view of the Dhaulagiri and Annapurna mountain ranges as well as the beautiful scenery of the Kali Gandaki River and the Baglung Bazaar, attracting both domestic and foreign tourists.

Beliefs and Festivals

One can find Magar and Brahmin settlements near the sacred Barah Temple. At this temple, worship and rituals are performed especially on the days of Panchami, Dashami, and Purnima. Similarly, there is a tradition of performing special worship rituals on the days of Jestha Purnima and Ashwin Purnima (Kojagrat Purnima). Likewise, on the day of Kartik Purnima worship rituals are performed along with the construction of a 365-hand long toran as a symbol of good fortune for 365 days, cultural programs, entertainment sports, and various other activities are conducted.

Jatra and Jatra Management

As the fame of the Baraha Temple and Lake increased, businessmen from Baglung Bazaar attend fairs and grand events held at the site. According to locals, since 2057 B.S., regular worship and rituals have been conducted at the Shri Barah Dev Temple on Kartik Purnima, and after performing worship rituals accompanied by bhajans and fairs, the enthusiasm has increased. The organization of worship and the management of the lake and temple were handed over to the “Shri Barah Temple and Lake Management and Conservation Committee” in 2062 B.S., which has been actively involved in the physical infrastructure construction and the organization of fairs and festivals.

बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं १० भकुन्डे दह, बराह तालमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ।
तालको परिचय
वडा नं १० स्थित भकुन्डे दहमा एक गोलो आकारको जलकुण्ड ताल रहेको छ जुन ताललाई बराह ताल भनिन्छ। यो ताल कसरी र कहिले बन्यो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण नभए तापनि बुढापाका अग्रजहरुको भनाइ अनुसार यो ताल रहेको स्थानमा ठुलो खेतको फाँट थियो । सोहि खेतको फाँटमा धान रोपिरहेको बेला जमिन भासिएर बराह ताल पोखरी बनेको भनिन्छ। यस क्रममा त्यस तालमा सात हल गोरु, हलि, खेताला र रोपाहारहरु सबै भासिएको र त्यहि भासिएको ठाउँमा पानी जमेर ताल, दह बनेको भन्ने जनविश्वास पाइन्छ। यसरी ताल बन्ने क्रममा जमिन भासिएर अनिष्ट भएजस्तै, ती अनिष्टहरु हुनबाट जोगाउन बराह मन्दिरको स्थापना गरि पूजाआजा गर्न सुरु गर्न थालिएको हुनसक्ने स्थानियाहरुको भनाइ रहेको छ। त्यस्तै, बराह ताल भएको ठाउँ हुनाले पनि यो ठाउँको नाम भकुन्डे दह राखिएको हुनसक्ने अनुमान गरिन्छ। साथै, ताल र मन्दिर वरपर रहेका खेतहरुमा लहलहाएका धानका बालाहरु र लटरम्म फालेका सुन्तालाले यो स्थानको सुन्दरतालाई थप उज्यालो बनाएको छ।
यसका साथै, बराह ताल परिसरमा रहेको बराह मन्दिरको महत्वलाई बुझेर तत्कालिन सरकारले, बराह मन्दिरको पुजाआजा संचालन गर्नका लागि आवश्यक पर्ने अक्षता, पाति र बन्दोबस्तीका लागि गुठि जग्गा र ब्रह्माण् पुजारिको व्यवस्था गरि यस बराह मन्दिरमा पूजाआजा संचालन हुँदै आएको छ। सरकारले यसरी मन्दिर र ताल व्यवस्थापनको निम्ती लागि परेको कुरा बि.सं. १९८१ तिर को सरकारबाट प्रदान गरिएको कागजपत्र र दस्तावेजबाट थाहा पाउन सकिन्छ।

भौगोलिक अवस्था
हाल यो ताल समुन्द्र सतह देखि करिब १३५० मिटरको उचाईमा रहेको छ। यसको परिधि १८८ मिटर, ब्यास ६० मिटर र क्षेत्रफल २८२८.५७ वर्ग मिटर रहेको छ । तालको बीचमा बैस प्रजातीका पानीमै हुर्किरहेका रुखहरु देख्न सकिन्छ जसले ताल क्षेत्रको सुन्दरता थप बढाएको छ। साथै, यस स्थानबाट धवलागिरि र अन्नपूर्ण हिम श्रृंखला, पर्वत तथा म्याग्दी जिल्लाका रमणीय स्थल साथै कालीगण्डकी र बाग्लुङ बजारको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ, जसले गर्दा पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गर्दछन्।
यस पबित्र बराह मन्दिर र ताल क्षेत्रमा पुग्न बागलुङ बजारबाट काठेखोलाको लामो पुल तरेर फड्केडाँडा गाउँपारि, झप्रिको घुम्टि हुँदै रिठेखोलाको पुल छिपछिपे, समलडाँडा भएर करिब १ घण्टा ३० मिनेटमा पैदल यात्रा गरेर पुग्न सकिन्छ । त्यस्तैगरी बागलुङ बजार गौडाकोट, सालबोट, सिमलपाटा, छिपछिपे भएर करिब ९ किलोमिटरको मोटर बाटो ३५ देखि ४० मिनेटमा पुग्न सकिन्छ। त्यस्तै, अर्को तर्फ बागलुङ बजार, मालढुङा, गलुवा, ढाड खर्क भएर करिब १३ किलोमिटरको मोटर बाटो ४५ देखि ५० मिनेटमा पुग्न सकिन्छ।

विश्वास र चाडपर्व
अधिकांश मगर, क्षेत्री र ब्राह्मणहरुको बसोबास रहेको ठाउँमा रहेको श्री बराह मन्दिरमा पंचमी, दशमी र पुर्णिमाको दिनमा पूजा आराधाना हुने गरेको छ। त्यस्तै, जेष्ठ पुर्णिमा र आश्विन पुर्णिमा (कोजाग्रत पूर्णिमा) को दिनमा भेड़ाको साढ वलि दिएर पुजा गर्ने प्रचलन यथावत नै रहेको छ। त्यस्तै, कार्तिक पूर्णिमाको दिनमा विशेष ढंगले पुजाआजा गर्ने, ३६५ दिन नै सुख समृद्धिको कामना गर्दै ३६५ हात लामो तोरण बनाएर तोरण तार्ने, सांस्कृतिक कार्यक्रमहरु, मनोरञ्जनात्मक खेल लगायत विविध कार्यक्रम संचालन गर्ने गरिन्छ। त्यस्तै, भक्तजनहरुका अनुसार यहाँ रहनुभएका सिद्ध बराह भगवानलाई भाकल गरि पुजा गरेमा आँटे ताकेको वा इच्छाएको कुराहरु पूर्ण हुने साथै मन शान्ति एवं सुख समृ‌द्धि र सु-स्वास्थ्य हुने जनविश्वास रहेको छ।
जात्रा र व्यवस्थापन पक्ष
यो बराह मन्दिर र तालको प्रख्याति बढ्दै जाँदा पूजा-आजाको साथ मेला गर्दा त्यस स्थानमा बागलुङ बजारबाट व्यापारिहरु जाने, भव्य कार्यक्रम संचालन हुने गर्दछ। स्थानीयका अनुसार, हाल कास्की जिल्ला माडि गाउँपालिका वडा नं २ का कुनै एक स्थानीयलाई, कोखा दुख्ने, हल्लाउने, झाक आउने गरेपछि लामा झाँक्रिहरु र स्थानिय बुढापाकासँग पटक-पटक परामर्श सल्लाह गर्दा श्री बराह देवको सेवा पुजाआजा गरेपछि सन्चो हुन्छ भन्ने सल्लाह पाए। जसपछि वि.सं. २०५७ सालबाट उनले फेरि कार्तिक पुर्णिमाको दिनमा बाजागाजा र भजन कृतन सहित बराह पुजा गरेपछि उनलाई हल्लाउन, तर्साउन पनि छोड्यो साथै उनले नियमित पुजा पनि गर्दै आए भन्ने जनश्रुति छ। त्यो भजन कृतन बाजागाजा सहितको पुजाले मेलाको स्वरुप ग्रहण गर्दै जाँदा, भव्यता थपिँदै गयो र बराह पूजा/मेलाको कार्यलाई व्यवस्थित गर्दै ताल र मन्दिरमा संरचना निर्माण हुँदै गयो। यी संरचनालाई व्यवस्थापन गर्नका लागि समिति गठन गर्नुपर्ने महशुस भएर वि.सं. २०५८ साल मा श्री ताल बराह युवा क्लबको गठन गरि जिल्ला प्रशासन कार्यलयमा दर्ता गरि दिगो बिकासको रुपमा ग्रहण गर्न सुरु भयो। यद्यपी वि सं. २०६२ साल मा स्थानिय सामुदयको सक्रियतामा ‘श्री बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समिति’ नामक संस्था मार्फत बराह मन्दिरमा पुजाआजा संचालन गर्ने, भौतिक पुर्वाधार संरचना निर्माण गर्ने साथै मेला व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments