Link is copied to clipboard.

Baglung Kalika Temple


Introduction to Baglung Kalika

Baglung District, also known as “Small Nepal” (due to the similarity of Baglung Map with the Map of Nepal), is recognized both nationally and internationally through Jholunge Pul or suspension bridge, Buttenali, Dhorpatan and many more. Among the district’s landmarks, the Kalika Bhagwati Temple stands out as a symbol of religious significance. Situated amidst the serene natural surroundings and the captivating ambiance of the Dhaulagiri Himalayas, along with the confluence of Kaligandaki and the Kathe Khola River, the temple offers a breathtaking view of its enchanting surrounding of the forest. Within this forest, one can find Kalika Bhagwati Temple of Baglung.

Spread across approximately 181 ropanis, the entire forest area serves as the premises of the Kalika Temple, accommodating over 565 species of flora and fauna. Within the jungle, one can find various wildlife such as deer, monkeys, and bears. Moreover, the federal government has designated the Kalika Bhagwati Temple as the top hundred tourist destination.

Historical Background:

The historical backdrop of the temple dates back to the marriage of the daughter of King Mani Mukunda Sen of Palpa. The princess was married to Pratapi Narayan Malla, the king of Parbat in the year 1591 B.S. The princess was a great devotee of goddess Kalika Devi. It is also said that she used to receive direct blessings from the goddess herself. As she was a great devotee of Kalika Devi, the princess asked Devi (Kalika Devi) in the form of dowry from her father. During her wedding procession while transporting the princess’s palanquin to Parbat, they decided to take rest for few hours at Baglung. However, when they thought of heading towards Parbat after taking rest, they were unable to carry the palanquim. Thus, a hunter when asked to lift the bhesh khadga, the khadga was lifted. Subsequently, when Magars from Lungaun of Baglung were asked to lift the palanquin, the palanquin of the princess was lifted. Thus, it is believed that, Pratapi Narayan Malla, the king of Parbat and the queen established the temple of Kalika Bhagwati at that place and went to their kingdom.

It is known that the one who lifted the khadga was none other than Chakra Puwar, the ancestors of the people belonging to Khadka catse. Since then, descendants of the same bearers have been actively serving as priests, continuously offering their services as the temple’s caretakers. Furthermore, a cave known as Baaf aaune dulo (a cave from where water steam emerges) orcave, exists near the temple. It is believed to be the route through which Kalika Devi descends every midnight to bathe in the Kaligandaki River.

Temple Premises

The renowned Kalika Bhagwati Temple can be reached within a two-hour journey from Pokhara, traveling via the Pokhara-Baglung highway. Located 11 km west of Kushma Bazaar, the district headquarters of Parbat, and 13 km south of Beni Bazaar, the district headquarters of Myagdi, the temple is situated in the middle of two bordering districts. Furthermore, it is approximately 90 km away from Muktinath Temple of Mustang. One can reach to Muktinath and Beni Bazaar via the Maldhunga Road. 

One can see the Kaligandaki River on the northern-eastern side of the temple while the southern side faces the Kathe Khola offering mesmerizing views. Additionally, the eastern side of the temple has a viewpoint from where various scenic spots of Baglung can be observed. There is also a designated area in front of the main entrance for picnics and recreational activities, where locals often gather for entertainment and relaxation.

Daily Worships and Festivals

The Kalika Temple hosts daily rituals performed by Brahmin priests, honoring deities like Shree Mahakali, Mahasaraswati, Shiva and Ganesh, according to traditional practices. Special prayers, hymns, and worship ceremonies are conducted specially on Saturdays, Tuesdays and during the eighth day of the lunar month as well as during major festivals like Bada Dashain and Chaite Dashain.

Animal sacrifices including goats, pigeons, chickens, sheep, and pigs, are offered in the temple on specific occasions. However, during the months of Magh and Shrawan animal sacrifice isn’t performed in this temple. Devotees also present coconuts, bread, rice pudding, and other offerings to the goddess.

During auspicious days, the temple witnesses a large influx of devotees, especially on Tuesdays, Saturdays, and during the eighth lunar day, creating significant crowds during the worship hours. Many pilgrims visit the temple seeking blessings, observing religious vows as well as the newly married couples come to this temple to seek blessings and couples also perform marriage ceremony in the sacred premises of this temple.

Moreover, devotees make donations of gold, silver, various metals, land and cash managed by the Temple Management Committee. In the midst of the picturesque jungle, lies the Chandikali Temple where priests of the Kalika Temple visit every morning to conduct worship.

Annual Fairs and Festivals

The temple holds immense significance for devotees who visit to fulfill their desires and wishes during major festivals like Bada Dashain and Chaite Dashain. These occasions witness grand celebrations and perform worship rituals at the temple premises.

In particular, the Chaitra Astami Fair, held annually, holds national importance, attracting visitors from across the country. The fair is accompanied by vibrant festivities, including cultural performances, traditional games, agricultural exhibitions, and various other activities. The historical Chaitra Asthami fair, which traditionally took place during Chaite Dashain, used to be a vibrant celebration, attracting spectators from nearby and far-off regions. During this time, local handicrafts, agricultural products and utensils are sold. Organized in collaboration with various local organizations and institutions, the fair has become a regular event managed by the Kalika Bhagwati Guthi.

बागलुङ कालिका भगवती

बागलुङ जिल्लालाई नेपाल भित्रको सानो नेपाल नामले चिनिन्छ। झोलुङ्गेपुल, बुट्टेनली, ढोरपाटन आदिले गर्दा पनि यस जिल्लाको पहिचान देश विदेशमा फैलिएको छ। यद्यपी, बागलुङ जिल्लाको धार्मिक महत्वको चिनारीको रुपमा कालिका भगवतीको मन्दिर पनि एक हो। प्रकृतिको सुन्दर वातावरण र सात्विक भावनाको मनोहर सङ्गम धौलागिरी हिमालको काख परेर कलकल ध्वनिसहित सुसाउँदै सललल बग्ने कालिगण्डकी र पूर्वतर्फ बग्ने काठेखोला मिसिएको दोभानसँग जोडिएको प्रकृतिको सुन्दर वातावरणको रमणीय जंगल देख्न सकिन्छ। सोहि जङ्गल क्षेत्र बीच बागलुङ कालिका भगवतीको मन्दिर देख्न सकिन्छ। लगभग १८१ रोपनी क्षेत्रफलमा फैलिएको समस्त वन क्षेत्र नै कालिका मन्दिर परिसर हो, जहाँ ५ सय ६५ भन्दा बढी जातका बिरुवाहरु पाउन सकिन्छ। जङ्गलभित्र चितुवा, बाँदर, कालिज आदि वन्यजन्तुहरू पाइन्छन्। त्यस्तै, संघीय सरकारले कालिका भगवती मन्दिरलाई १०० पर्यटकीय गन्तव्यको स्थानमा पनि सुचिकृत गरेको छ।

ऐतिहासिक पृष्ठभूमि
पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मणि मुकुन्द सेनकी राजकुमारीसँग वि. सं. १५९१ मा विवाह भएको थियो। राजकुमारी कालिका देवीकी अनन्य भक्त थिइन्। भनिन्छ, यिनले कालिका देवीको प्रत्यक्ष दर्शन पाउँथिन्। विवाह हुँदा राजकुमारीले पाल्पा माझकी देवी (कालिका देवी) लाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा राजकुमारीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाइएको थिए तर जन्तीहरु पर्वत फिर्ता हुन लाग्दा उनको खड्ग र डोली दरबारमा रहेका कसैले उठाउन नसकेपछि बाहिरको अरु व्यक्तिको खोजी भयो। सोही क्रममा एकजना सिकारीलाई भेष खड्ग समात्न अनुरोध गर्दा खड्ग उठेको र बागलुङ, लुङगाउँका मगरहरुले डोली बोक्न लगाउँदा राजकुमारीको डोली उठेको थियो।
त्यसपछि, राजदम्पत्तीले हाल कालिका मन्दिर भएको ठाउँमा कालिका भगवती मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएका थिए भन्ने जनविश्वास छ। सिकारी भेषधारी खड्ग उठाउने ती व्यक्ति ‘चक्र पुवार’ (खड्काहरुका पुर्खा) थिए। जसकाराण, सोही समयदेखि नै, यिनै चक्र पुवारका सन्तानहरू बागलुङका पुवार खड्का दानमाइहरूले हालसम्म निरन्तर रुपमा कालिका देवीको पुजारी भई सेवा गरिरहेका छन्।
त्यस्तै, मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटोमा एउटा बाफ आउने गुफा (दुलो) छ। त्यही गुफाबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने किम्बदन्ती समेत प्रचलित छ।

मन्दिर परिसर
प्रसिद्ध कालिका भगवती मन्दिरमा पोखराबाट, पोखरा-बागलुङ राजमार्गबाट दुई घण्टामा पुग्न सकिन्छ। छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुस्मा बजारबाट ११ कि.मि. पश्चिम तथा अर्को छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारदेखि १३ कि.मि. दक्षिणमा कालिका भगवतीको मन्दिर अवस्थित रहेको छ। यसैगरी मुस्ताङको मुक्तिनाथ मन्दिरमा यहाँदेखि जान ९० कि. मि. को दूरी पार गर्नु पर्दछ। मुक्तिनाथ तथा बेनी बजार जानको लागि कालिका मन्दिर परिसरको मालढुंगा हुँदै जान सकिन्छ।
मन्दिर परिसरको उत्तर पूर्वमा कालिगण्डकी नदी तथा दक्षिणमा काठेखोला बग्दै गरेको मनमोहक दृष्य देखिन्छ। त्यस्तै, मन्दिरको पूर्वतर्फ भने भ्यू प्वाइन्ट रहेको छ, जहाँबाट बागलुङका विभिन्न रमणीय स्थलहरू देख्न सकिन्छ। मन्दिरको मुख्य प्रवेशद्वार अगाडि भने वनभोज गर्नका लागि स्थल छ जहाँ स्थानीयदेखि टाढा-टाढासम्मका मानिसहरू मनोरन्जन, पिकनिक तथा विभिन्न समयमा भेला भई रमाइलो गर्नका लागि आउने गर्दछन्।

नित्यपूजा र चाडपर्वहरु
कालिका मन्दिरमा खड्का जातिका र आवश्यकता अनुसार ब्राम्हण पुजारीहरुबाट समेत श्रीमहाकाली, महासरस्वती, शिव, गणेश लगायतका मूर्तिहरूमा विधिवत नित्यपूजा हुने गर्दछ। कालिका मन्दिरमा हरेक शनिवार, मंगलवार, अष्टमीको दिनमा तथा बडा दशैँ र चैते दशैँको दिनहरूमा भजन कीर्तन र विशेष पूजाआजा हुने गर्दछ। कालिका मन्दिरमा पन्चबलिका रूपमा बोका, परेवा, कुखुरा, राँगा, सुँगुर, आदि पशुपंक्षीहरूको बलि पनि दिइन्छ। यद्यपी, माघ र साउन महिनामा भने यो मन्दिरमा बलि दिइंदैन। यसैगरी, भक्तजनहरूले नरिवल, रोट, पिठो, खिर आदि पनि चढाउन ल्याउने गर्दछन्।
दिनहुँ भक्तजनहरूको उपस्थिति रहने कालिका देवीको मन्दिरमा विशेष गरी मंगलवार, शनिवार र अष्टमी तिथिमा भाकल पूरा गर्न र देवीको पूजा गर्न भक्तजनहरूको निकै ठूलो भिड लाग्ने गर्दछ। देवीलाई साक्षी राखी व्रतबन्ध, विवाह गर्न पनि यस मन्दिरमा निकै टाढा-टाढाबाट मानिसहरू आउने गर्दछन् । कालिका मन्दिरमा भक्तजनहरूबाट सुन चाँदीका गहनाहरू, विभिन्न धातुका सामानहरू, जग्गा तथा नगद समेत गुठी व्यवस्थापन समितिको रसिद लिएर चढाउने प्रचलन समेत रहिआएको छ। कालिका मन्दिर रहेको रमणीय जंगलको बीचमा चण्डीकालीको मन्दिर पनि रहेको छ, जहाँ कालिका मन्दिरको नित्यपूजा गर्ने पुजारीहरूले बिहान बेलुका चण्डीकाली मन्दिरमा आई पूजा गर्ने गर्दछन्।

पर्व तथा विशेष मेला
बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास रहेको छ। कालिका मन्दिरमा बडादशैँ तथा चैते दशैँका अवसरमा धुमधाम रूपमा पूजापाठ हुने गर्दछ। त्यस्तै, चैत्राष्टमीमा लाग्ने मेलाले राष्ट्रिय स्तरमा नै विषेश महत्व राख्ने गर्दछ। चैत्राष्टमी मेलाको सन्दर्भमा स्थानीय उद्योगी, व्यापारी, कलाकार आदिको सक्रियतामा महोत्सव, दोहोरी गीत, भलिबल आदि खेलकूद प्रतियोगिता एवं कृषि उत्पादनहरुको प्रर्दशनी लगायतका कार्यक्रमहरू आयोजना हुने गर्दछ। चैत्राष्टमी मेला पारेर सदरमुकाममा ३ पटक बागलुङ महोत्सव पनि सम्पन्न भैसकेको छ।
परापूर्वकालदेखि नै चैतेदशैँमा स्वस्फूर्त रूपमा कालिकादेवीको प्राङ्गणमा मेला लाग्ने गर्दथ्यो। त्यस समयमा स्थानीय लोक संस्कृतिको मौलिकतालाई जो कोहीले नजिकबाट देख्न सक्यो। यसैगरी स्थानीय उत्पादन दाना, ठेका, नाइना, मोनी, मादल लगायत फलाम, तामा आदिका भाँडाकुँडा तथा घरेलु हतियारहरू हालको समयमा पनि खरिद बिक्री हुने गर्दछ। ऐतिहासिक चैत्राष्टमी मेलाको आयोजना कालिका भगवती गुठीले विभिन्न सरोकारवाला संघ, संस्था तथा निकायको सहकार्यमा नियमिति रूपमा संचालन गर्दै आई रहेको छ।


Discover exactly where it is on the map


Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments