Namaste!
Welcome to Tridevi Temple,
Tridevi Temple located at the eastern entrance of Thamel, opposite to the Garden of Dreams and near the Tridevi sadak. Inside the Tridevi temple there are three different temples dedicated to goddesses Kamarukamakshya, Dakshinkali and Jawalamai with their own three temples. This temple has got a lot of stories about the mighty warrior Bada Kaji Amar Singh Thapa. His son Randhwaj Thapa constructed this temple during 1865 BS. Legend states that Bada Kaji Amar Singh Thapa established these statues from three different places of the ancient Nepal. Legend has it that Amar Singh Thapa established the Kamarukamaksha idol from Guwahati, Assam, Dakshinkali from the central part of Nepal and Jawalamai Devi from the west. The temple of Kamarukamaksha is only here in Nepal.
The visit to this temple can be quite an experience. Specially, there are also lot of historical statues and art inside the temples along with other small statues of gods and goddess. Along with these main temples, there are statues of other gods and goddess such as Ganesh, Shiva, Bhairav, Hanuman, Kumari and Saraswati. Different like Parva Puja, Bhajan Kirtan, Prawachan, Bada dashain, Chaitra Dashain, New Year worship ceremony. Along with this, it is customary to offer offerings to the devotees during daily worship, Aarti Shivaratri and Tihar. It is often said that if anyone comes to pray here with pure heart for one single thing then their wish is fulfilled within a year.
References:
Tridevi Temple Conservation, Maintenance, and Promotion Committee
नमस्ते!
त्रिदेवी मन्दिरमा स्वागत छ,
त्रिदेवी मन्दिर ठमेलको पूर्वी प्रवेशद्वारमा, गार्डेन अफ ड्रिम्स अगाडि र त्रिदेवी सडकको छेउमा अवस्थित छ। यस मन्दिर र पराक्रमी योद्धा बडाकाजी अमरसिंह थापाको बारेमा धेरै कथाहरू छन्। बडाकाजी अमरसिंह थापाले यी मुर्तिहरू प्राचीन नेपालका विभिन्न ठाउँबाट ल्याएर स्थापना गरेको भन्ने किंवदन्ती छ। यो मन्दिरको निर्माण भने उनका छोरा रणध्वज थापाले विसं १८६५ मा गरेका थिए। त्रिदेवी मन्दिर भित्र कामारुकामाक्ष, दक्षिणकाली र ज्वालामाई देवीहरूलाई समर्पित तीन अलग-अलग मन्दिरहरू छन्। अमरसिंह थापाले कामारुकामाक्ष मुर्ति को स्थापना गुवाहाटी अस्समबाट ल्याएर गर्नुभएको, दक्षिणकाली को स्थापना नेपालको मध्य भागबाट र ज्वालामाई देवीको स्थापना पश्चिमबाट ल्याएर गर्नुभएको भन्ने किम्बदन्ती छ। कामारुकामाक्षको मन्दिर भने नेपाल भरि यहीँ मात्र छ।
विशेष गरी, मन्दिर भित्र देवी-देवताका अन्य साना मूर्तिहरू सहित धेरै ससाना मूर्तिहरू र कलाहरू छन्। यी मुख्य मन्दिरहरूसँगै गणेश, शिव, भैरव, हनुमान, कुमारी र सरस्वती जस्ता अन्य देवी-देवताका मूर्तिहरू छन्। त्रिदेवी मन्दिरमा पर्व पूजा, भजन कीर्तन, प्रवचन, लगायतका कार्य संगसंगै बडादशैं, चैते दशैं र नयाँ वर्षको पूजा समारोह जस्ता विभिन्न पर्वहरुमा भव्यरुपमा पूजा गरिन्छ। यो संग संगै दैनिक पूजा, आरति शिवरात्रि र तिहार को बेला मा पनि भक्तजनहरुलाई प्रसाद ग्रहण गराउने चलन छ । प्रायः भनिन्छ कि यदि कोही यहाँ शुद्ध हृदयले एउटै कुराको लागि प्रार्थना गर्न आए भने एक वर्ष भित्र मनोकामना पूरा हुन्छ।
यो मन्दिर को संरक्षण को लागि त्रिदेवी मन्दिर संरक्षण मर्मत तथा सम्वर्द्धन समिति कार्यरत छ ।
सन्दर्भहरू:
त्रिदेवी मन्दिर संरक्षण मर्मत तथा सम्बर्द्धन समिति
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Experience
Uncover the essence with our expert guidance
Related stories