Namaste! Welcome to Satakshi Dham.
Located in the eastern part of Nepal, Satakshi Dham is renowned as a significant pilgrimage site for followers of Sanatan Dharma. It is both a spiritual sanctuary and a natural retreat, spread across approximately 76.5 square kilometers at an elevation of 280 to 300 meters above sea level.
The central temple of Digambeshwar Mahadev lies in Ward No. 11 of Satakshi Dham Municipality. To its east is Kanakai Municipality, and to the north lies Mahamai Municipality of Ilam District. The southern border is protected under the Ratuwamai Reforestation Project, while the natural forests to the east and west are managed by community forest user groups. To the north, the dense forests of Ilam frame the sacred region.
The Satakshi Dham complex includes temples dedicated to Satakshi Devi, Digambeshwar Mahadev, Hanuman, Gayatri, and others. It also houses the revered Jasmuni Ashram.
Legends and Mythology
A verse from the Durga Saptashati (Chapter 11, Verse 47) prophesies:
“Tatah śatena netrāṇām nirīkṣiṣyāmi yan munīn,
kīrtayiṣyanti manujāḥ śatākṣīm iti māṁ tataḥ.”
(11.47) Since I shall behold the sages with a hundred eyes, humankind will glorify me as Śatākṣī.
The name Satakshi—meaning “hundred-eyed”—is derived from this divine declaration, signifying the goddess’s compassionate gaze over sages and humankind.
It is also believed that during their exile, the Pandavas hid their weapons here before entering the court of King Virat in disguise. Ancient relics and stone carvings found on the northern hills of the Satakshi Dham area further reinforce its connection to the epic era.
Situated about 5 km north of Jhiljhile along the East-West Highway, nestled at the base of the Chure hills, Satakshi Dham is not only a place of devotion but also a popular picnic and recreational destination. Surrounded by lush mango orchards and diverse plant life, the area exudes natural beauty.
A half-hour walk from the temple leads to Sahasradhara—a breathtaking waterfall. According to legend, Yudhishthir worshipped Satakshi Devi here and received her divine vision. The name “Satakshi Dham” is said to be a later adaptation of this original connection.
North of Sahasradhara lies a spot called Pathibhara, marked by a sacred trident (trishul). Bathing in the Sahasradhara stream is believed to absolve one of sins.
Spiritual Environment and Natural Riches
The surrounding forest is home to rare herbs and has long been a haven for sages and ascetics. North of the dham, along the Mai River, there’s a steep cliff with a cave said to contain a naturally formed Shiva Lingam. This cave is believed to be Bhim’s hidden meditation spot during the Pandavas’ incognito exile.
Another local belief recounts how Goddess Parvati once fled and hid in Satakshi Dham when the Himalaya (her father) tried to marry her off to Lord Vishnu. When a great drought struck Earth, the goddess shed tears from her hundred eyes, giving rise to streams—thus the name Satakshi Dham.
Spiritual Backdrop and Mystical Landscape
The Dham is surrounded by sacred symbols, including natural stone formations, udder-shaped wall carvings, and a spot in the Satakshi River where sulfur-rich healing water emerges from a 20 square meter area. Devotees believe that offering prayers here fulfills their wishes. Nearby water is naturally warm and salty, and often used for medicinal purposes.
Elders recall that as early as 2015 B.S., people would come here to scatter satabij (ritual seeds) for ancestral peace. Lighting oil lamps and staying awake all night during the Chaturdashi is a long-standing tradition. Sadhus and yogis have long meditated here in peace, and memorial shrines (samadhi shilaks) commemorate Digambar sadhus who attained spiritual liberation at the site.
Even the official Hindu calendar (Surya Panchang) records an annual fair during Balachaturdashi at Satakshi Dham. Another significant feature is the Dhuni (sacred fire pit) of a Naga Baba, which has remained continuously lit since its origin.
Annual fairs take place during Mangsir’s Chaturdashi (three days) and Maghe Sankranti (one day). The site also sees large gatherings every Tuesday and Saturday. Additionally, groups frequently visit for picnics and leisure.
Modern Developments and Conservation
Following the grand Mahayagya of 2081 B.S., a movement began to establish the world’s largest Rudraksha Shiva Lingam at Satakshi Dham—honoring tradition while introducing a new spiritual landmark. Now completed, it is considered one of the dham’s priceless spiritual treasures.
The serene and vibrant atmosphere is ideal for experiencing inner peace and transcendence. Ancient scriptures recount how Lord Shiva meditated here in the Dwapar Yuga and the Pandavas found refuge in the Treta Yuga. The site remains a place of both natural beauty and divine energy.
To preserve the values of Vedic Sanatan Dharma, the Shri Golok Govardhan Gaushala operates a Gurukul here, officially recognized by the Government of Nepal. The school offers education up to grade 5 in Vedic knowledge, Sanskrit, Chandi, Rudri, Vedas, grammar, Srimad Bhagavatam, and music. The Gaushala is also the largest in Nepal, sheltering over 700 cows.
Daily yoga, meditation, and transcendental practices are held, and medicinal cow products are distributed from distilled cow dung of indigenous calves. To aid the sick and disabled, Satakshi Dham’s management committee has arranged for this medicinal water to flow to public bathing spouts—believed to cure skin diseases and bring spiritual purification.
The sacred waters flowing from Satashi Dhara are sourced from an amalgamation of Shiv Jharna, Draupadi Talau, Sahasradhara, Bire Nun Pani, Satashi and Athashi Ganga.
Religious and Tourist Attractions within Satakshi Dham
Before the River:
- Entrance Gate
- Gaushala (Cow Sanctuary)
- Temenlum Kirat Manghim
- Mai Temple
- 12 Jyotirlinga Temples
- Gurukul
- 1.25 Lakh Shaligram Stones
- Ram-Janaki Temple
- Hanuman Temple
- Sakambari Temple
- Saint Residences
- Yoga Sanatan Site
- Matsyagandha Temple (of the Majhi Community)
Across the River:
- Buddha Park
- Buddhist Stupa
- Saint Samadhi
- Baraha Temple
- Satakshi Mata Temple
- Digambareshwar Temple
- Ganesh Temple
- Dhuni (Sacred Fire Pit)
- Satakshi Dhara
- Shiva-Parvati Resting Spot
- Ancient Stone Artifacts
- Bire Nun Pani (Black Salt Water Spring)
- Sahasradhara Waterfall
- Nag Cave
- Draupadi Pond
- Shiva Waterfall
- Akash Ganga (Celestial Stream)
- Pandav Garden
References:
Padam Giri; Collection of stories
Juna Akhara 13 Mani’s Padam Giri Sanyasi
Kalyan Rijal; Collection of stories
Secretary of Satakshidham Religious and Tourism Development Committee
Damar Kumar Niraula; Collection of stories
Office Member of Satakshidham Religious and Tourism Development Committee
Nepali language voice: Shobha Adhikari; Nepali language voiceover artist
नमस्ते ! हजुरलाई सताक्षीधाममा स्वागत छ।
नेपालको पूर्व भागमा रहेको सनातन धर्मावलम्बी, प्राकृतिक र अध्यात्मिक आनन्दको मुख्य थलो वा तीर्थस्थल भनी प्रसिद्ध सताक्षीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सताक्षीधाम दिगम्बेश्वर मन्दिर सताक्षीधाम नगरपालिका वडा नं. ११ मा अवस्थित छ । सताक्षीधाम क्षेत्रको पूर्वमा कनकाई नगरपालिका र उत्तरमा इलामको महमाई नगरपालिका पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धामको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ । सताक्षीधाम क्षेत्रमा सताक्षी देवी, दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ ।
किम्बदन्तीहरु
धार्मिक ग्रन्थ दुर्गा सप्तसतीको एघारौं अध्यायको सढ्चालिस श्लोकमा भनिएको छ कि;
tataḥ śatena netrāṇāṁ nirīkṣiṣyāmi yan munīn
kīrtayiṣyanti manujāḥ śatākṣīm iti māṁ tataḥ
11.47 Since I Shall Behold the Sages With A Hundred Eyes, humankind Will Glorify
Me As Śatāksī.
ततः शतेन नेत्राणां निरीक्षिष्याम्यहं मुनीन्
कीर्तियिष्यन्ति मनुजाः शताक्षीमिति मां ततः॥47॥
यसको अर्थ ‘म मेरा सय आँखाहरुले ऋषिहरूमाथि कृपादृष्टि राख्ने भएकोले, मानवजातिले मलाई शताक्षीको रूपमा महिमा गर्नेछ।
पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराट राजाको दरवारमा गुप्तवास बस्न गएका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सताक्षीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरुमा विभिन्न प्राचिन अवशेषहरु पाइन्छन् ।
पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग ५ कि.मीं उत्तर चुरे पहाडको फेदीमा अवस्थित सताक्षीधाम, धार्मिक आस्थाका अतिरिक्त बनभोज जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाइन्छ । विभिन्न किसिमका बोटबिरुवाका साथै आँपको बगैँचाले घेरिएकोले अत्यन्तै रमणीय देखिन्छ। मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई ‘सताक्षी धाम’ भनिएकोमा पछि अपभ्रंश भई सताक्षीधाम भएको हो भन्ने भनाई समेत रहेको पाइन्छ । यस झरनाको उत्तरमा त्रिशुल रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ ।
सताक्षीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सताक्षीधाम देखि उत्तर माई नदीको किनारै किनार डाँडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफाभित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ। पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कोही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाइन्छ । हिमालय पर्वतले उनको छोरी, पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि, भागेर लुकेको ठाउँ भनी सताक्षीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सताक्षी देवीले आफ्नो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउँदा तिनै देवीको नामबाट सताक्षी हुँदै सताक्षीधाम रहेको भन्ने धार्मिक विश्वास छ ।
शताक्षीधाम पृष्ठभूमि र परिसर
झिलझिले बजारबाट लगभग ५ कि.मीं उत्तर चुरे पहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेको प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सताक्षी खोलाको एक स्थानको बीच भागमा लगभग २० वर्ग मिटर भित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ। यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन्। मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाइन्छ। बि. सं. २०१५ साल तिर भन्दा अघि को समयबाट नै पितृ शान्तिको कामना गर्दै यो ठाँउमा शतविज छर्ने चलन रहेको स्थानीय बुढापाकाहरुको भनाइ छ। बिशेष गरेर चतुर्दशीको रातमा दियो बालेर जाग्राम बस्ने परम्परा चलेको कुरा पनि छ। साधु सन्यासी जोगी आएर तपस गरि बस्ने मुख्य शान्त र शीतल धार्मिक गन्तब्य बनिसकेको थियो। त्यसैगरि, यहि बसि दिगम्बर भएका साधुसन्तको स्मरणमा समाधि सालिकहरु पनि बनाइएका छन्। सूर्य पञ्चाङ्गको पात्रोमा समेत सताक्षीधाममा बालचतुर्दशीमा मेला लाग्ने गरेको कुरा उल्लेखित छ। त्यस बाहेक, यहाँको मुख्य विशेषता नागा बाबाको धुनी पनि हो जुन अहिले सम्म पनि निरन्तर रुपमा उत्पत्ति अवस्थाबाट नै प्रजलनशील रहेको छ।
यहाँ मंसिर महिनामा वाला चतुर्दशीको अवसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाइन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाइन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाइन्छ।
अन्य विशेषताहरु
२०८१ को महायज्ञ भएपछि, साक्छ्यात शिवको उपासना गर्दा, पुरानो शैलीको र परम्पराको सम्मान गर्दै नयाँ स्वरुपमा शिवलिङ्गलाई पुज्ने र दर्शन गर्नको लागि, यो विश्वकै सबैभन्दा ठूलो रुद्राक्षको शिवलिङ्ग बनाउने प्रयोजन सुरु भयो। हालमा यो काम सकिएपछि सताक्षीधाम भित्रका धेरै रत्नहरु मध्ये एउटा अमुल्य रत्नको रुपमा चिरपरिचित भइसकेको छ। यो बाहेक धाममा शान्त र जीवन्त वातावरणमा मानसिक शान्ति र भित्री आनन्द अनुभव गर्नका लागि पनि धेरै उपयुक्त ठाउँहरु छन्। द्वापर युगमा शिवजीले तपस्या गर्न र त्रेता युगमा पाण्डवहरुले सुरक्षित हुनलाई यहि ठाउँ छानेको कुरा पनि पुराणहरुमा लेखेको छ। त्यससँगै, अहिले पनि यो ठाउँ प्राकृतिक र आध्यात्मिक हिसाबले धेरै सुन्दर अनि शक्तिशाली रहेको अनुभव गर्न सकिन्छ।
यहाँको वैदिक सनातन धर्मको संरक्षण गर्दै मौलिक धार्मिक संस्कृतिको जगेर्ना गर्नलाई श्री गोलोक गोवर्धन गौशालाले गुरुकुल पनि संचालन गरिरहेको छ। नेपाल सरकारको अनुमति प्राप्त यो गुरुकुलमा कक्षा ५ सम्म को पढाई हुने गरेको छ। प्राच्य बिद्या, संस्कृत शिक्षा, चण्डी, रुद्री, वेध, व्याकरण, श्रीमद भागवत, संगीत, आदि , जस्ता विषयहरु पढाइ हुन्छन्। यहाँको श्री गोलोक गोवर्धन गौशाला द्वारा नै संचालित गौशालाले नेपालको सबैभन्दा धेरै मात्रामा गौपालन (७०० वटा) गर्न सफल भएको छ। प्रत्येक दिन यहाँ ध्यान, योग, ट्रान्ससेनडेन्टल मेडीटेसन पनि गराइन्छ । यहाँ प्रति लिटरको हिसाबले कोरली गाईको बाछीको गउँतलाई बाफिकरण तथा शुद्दिकरण गरि ठाउँ-ठाउँमा पठाइन्छ। रोगि र असक्त हरुलाई सहज होस् भनेर सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले उक्त औसधी युक्त पानीलाई सताक्षी धाराहरुमा ल्याइ स्नान गर्न मिल्ने सुविधा मिलाइएको छ भने उक्त पानीले स्नान गर्नाले चर्म रोगहरु निको र आत्मा सन्तुष्टि हुने जनविश्वास छ। शिव झरना, द्रौपदी तलाउ, सहस्र धारा, बिरेनुन पानी, सताशी र अठाशी गंगा, आदि मिसिएको संयुक्त मुहानको पानी सताशी धाराबाट प्रवाह हुने व्यवस्था छ।
सताक्षीधाम भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु
खोला वारि
प्रवेश द्वार
गौशाला
तेमेनलुम किरात माङहिम्
माई मन्दिर
गौशाला अन्तर्गतका द्वादशी ज्योतिर्लिङ्ग
गुरुकुल
सवाँ लाख शालिग्राम
राम जानकी मन्दिर
हनुमान मन्दिर
साकम्बरी मन्दिर
सन्त निवास
योग सनातन
माझी समुदायको मत्स्यगन्धा मन्दिर
खोला पारि
बुद्ध पार्क
बौद्ध स्तुपा
सन्त समाधि
बराह मन्दिर
सताक्षी माता मन्दिर
दिगम्बरेश्वर मन्दिर
गणेश मन्दिर
धुना
सताक्षी धारा
शिव पार्वती विश्राम स्थल
प्राचिन शिला अवशेष
प्राचिन अवशेष पत्थर
बिरेनुन पानी
सहस्र धारा
नाग गुफा
द्रौपदी तलाउ
शिव झरना
आकाश गंगा
पाण्डव बगैँचा
सन्धर्भहरु
पदम गिरि; कथा संकलन
जुना अखडा १३ मणिको पदम गिरि सन्यासी
कल्याण रिजाल; कथा संकलन
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति सचिव
डमर कुमार निरौला; कथा संकलन
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति
नेपाली भाषा स्वर: शोभा अधिकारी; नेपाली भाषा कलाकार
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Related stories