Link is copied to clipboard.

Rudrayani Temple


Rudrayani Temple


Welcome to Rudrayani Temple located in Lalitpur Metropolitan City Ward No. 21- Khokana.

The historic Khokana village of Lalitpur district, is the first place in Nepal to be lit with electricity. It is also renowned as one of the most famous places of Nepal for Mustard production. Special Jatras, dances, and festivals are held here. Likewise, the presence of Rudrayani Temple and Sikali Temple adds great significance to this place from both religious and cultural perspective.

Rudrayani Temple

The Rudrayani Temple, renovated during the reign of King Amar Malla, is located among the settlements at the center of Khokana Chowk. About 43 feet high from its pinnacle (Gajur) to the ground floor, this three-storied temple was built in an artistic pagoda style. As the devastating earthquake of 2072 B.S. caused significant damage to the temple, reconstruction of Rudrayani Temple has begun in order to preserve this temple in its original and artistic form. Thus, temporarily the deities of the Rudrayani Temple have been placed at Baaj Falcha and worship rituals are performed there. The eldest son of ‘De Thakali‘ (the oldest man of the village) i.e. the priest conducts daily worship to the deities here. In order to add more artistic value to the temple during the renovating process, the image of Ashta Matrikas have been crafted in the Tundals whereas several arts have been carved on the pillars of the temple.

Inside the Rudrayani temple, one can see idols of Rudrayani, Bhairav, Kumari, Ganesh, Brahma, Vishnu, Maheshwor, Karunamaya, Indrayani, Barahi, Kali, Mahalakshmi and several other deities. In addition to these, there is an image of Lord Hanuman on the floor just in front of the main door as well as idols of Lord Ramchandra, Aaju Aji and bulls can be seen on the outer wall of temple. Inside the Rudrayani temple courtyard, one can also find a Buddhist chaitya, a temple of Shree Rudreshwor Mahadev, Krishna Pati and a small rectangular ‘De Fuku’ pond, where worship and pujas are held during several Jatras and festivals.

Gai Jatra

On the day of the Gai Jatra, four young boys lead the procession (jatraa) by carrying the idols of all the deities from the Rudrayani Temple in a khat (wooden box) and carrying them to Sikali Chaur. Afterward, the deities are worshipped there as part of the celebration. After the worship, the empty khat is placed at “Dhokasi,” and in the evening, sixteen youths of the village carry the deities from Dhokasi in khat and go around the village in a procession as a part of the Jatra.

Twelve Year’s Jatra

In the twelve year’s Jatra of Rudrayani Devi- the Jatra of different deities like Sikali, Khadga Bhawani, and goddess Rudrayani are held. For this, all the deities of Rudrayani Temple are kept hidden in a separate place (also known as Gufa rakhne) for a month, in a way that none can see or worship them. During that period, the devotees perform worship and sacrifice ritual outside the temple. After the end of one month of Gufa, the twelve year’s fair of Rudrayani Devi (baara barshako jaatra) officially begins. Khokana Jatra and Devi Naach are performed at different places throughout the period of this fair.

Then, on the day of Kartik Purnima, devi naach is performed on Sunday or Thursday at ‘Chi:Khona.’ After three days of showing devi naach at Khokana, there is a practice of inviting one person from each house of Khokana and conducting a feast, on behalf of Rudrayani Guthi.

After which, three days after Yomari Punhi, it is customary to perform this dance at Bungmati. After performing the dance at Bungmati, a few weeks or months later, this dance is performed at three places of Patan and Kathmandu. In Patan, the dance is showcased in the Mul Chowk for the Taleju Bhawani goddess, while in Keshav Narayan Chowk, the performance is dedicated to the kings. In front of the Bhimsen Temple at Dabali, the dance is performed for the public to enjoy. Likewise, in Kathmandu, this naach is performed in front of the Hanuman Dhoka Durbar Square for the kings and in front of Taleju Bhawani Temple for the goddess. Additionally, in front of Kal Bhairav Temple at Dabali, the dance is presented for the public. This practice allows the entire community to partake in and experience this traditional dance.

This twelve year jatra is celebrated with the aim of bringing peace, development and good agricultural production.

Sikali Naach

Among the various traditional customs and cultures of Khokana, the “Sikali Naach” is one of the traditional and religious dance of Khokana. Based on Hindu mythology, this dance is performed to celebrate the joyous occasion of Goddess Mahalakshmi defeating the demon Mahishasur.

Similarly, according to another story, Lord Shiva held a competition for Ganesh and Kumar asking them to circumambulate Mount Sumeru. Kumar went to circumambulate Mount Sumeru, with his vehicle (vahan) peacock but he got stuck in a dense forest, where demons torment him. Later, Ganesh and Hanuman rescued Kumar and brought him to the place of Lord Shiva and Parvati. Thus, this dance is also performed twice a year to rejoice the family reunion of the gods.


Many other festivals are also specially celebrated in Rudrayani temple and Khokana. During the month of Falgun, there is a custom of collecting dhaan (rice) from the residents of Khokana at the rate of two pathis (local and traditional measuring unit) and organizing a feast for the community called ‘Desh Bhoj’. On the days of Ram Navami and Dashain, a goat is sacrificed in the temple and its meat is distributed to every houses of Khokana as Prasad (sacred food).

Every year, when most of the Hindus of the country are busy in celebrating Dashain, the people of Khokana involve themselves in celebrating traditional and unique, Sikali Jatra of Khokana. Thus, the Sikali Jatra celebrated only in Khokana and the Sikali Dance performed here have succeeded in giving an interesting glimpse of our unique culture and tradition.

रुद्रायणी मन्दिर


ललितपूर महानगरपालिका वडा नं २१- खोकनामा अवस्थित रुद्रायणी मन्दिरमा हजुरहरुलाई स्वागत छ।

ललितपुर जिल्लामा अवस्थित, ऐतिहासिक खोकना गाउँलाई, नेपालमा पहिलो पटक बिजुली बत्ती बलेको गाउँ, साथ साथै तोरीका लागि नेपालकै सबैभन्दा प्रख्यात ठाउँका रुपमा चिनिन्छ। यहाँ मनाइने विशेष जात्रा, नाच, चाडपर्व साथ साथै यहाँ अवस्थित रुद्रायणी मन्दिर र सिकाली मन्दिरले यस ठाउँलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट समेत निकै महत्वपूर्ण तुल्याएको छ।


रुद्रायणी मन्दिर

अमर मल्लको पालामा जिर्णोद्वार गरिएको रुद्रायणी मन्दिर, खोकना चोकमा वस्तीहरुको बिचमा रहेको पाउन सकिन्छ। गजुरदेखी भुइँतल्लासम्म करिब ४३ फिट अग्लो, यो तीन तल्ले मन्दिर, कलात्मक प्यागोडा

शैलीमा निर्माण गरिएको थियो। वि. सं. २०७२ सालको भूकम्पले धेरै क्षतिग्रस्त भएपछि, यस मन्दिरलाई पहिलाकै अवस्थामा सुरक्षित राख्न पुन: निर्माण कार्य सुरु गरिएको हुँदा हाललाई भने रुद्रायणी मन्दिरका देवी देवताहरुलाई बाज फल्चा माथि बिराजमान गराइएको छ। यहाँ दैनिक रुपमा ‘दे थकाली’ का (गाउँका सबैभन्दा जेष्ठ मानिस) जेठो छोरा अर्थात् पुजारीले नित्यपूजा गर्ने गर्दछन्। जिर्णोद्वारकै क्रममा मन्दिरलाई थप कलात्मक बनाउने उद्देश्यले पहिले बुट्टा नभएका साधा टुँडालहरुमा अष्ट मातृका साथै मन्दिरका थाम र मेखहरुमा विभिन्न बुट्टाहरु कुँदिएको छ।

रुद्रायणी मन्दिरभित्र रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महेश्वर, करुणामय, इन्द्रायणी, बाराही, काली, महालक्ष्मी लगायतका देवी देवताहरुको मूर्ति देख्न सकिन्छ। यस बाहेक बाहिरपट्टि भुइँमा हनुमानको मूर्ति साथ साथै भित्तामा भगवान् रामचन्द्र, आजु अजी र साँढेहरुको प्रतिमा रहेको पाइन्छ। रुद्रायणी मन्दिर परिसरमा एउटा ठुलो बौद्ध चैत्य, श्री रुद्रेश्वर महादेवको मन्दिर, कृष्ण पाटि साथै चतुर्भुज आकारको सानो ‘दे फुकु’ पोखरी रहेका छन्, जहाँ विभिन्न जात्रा र चाडपर्वका अवसरमा पूजा, अर्चना हुने गर्दछ।



गाई जात्राको दिनमा चार जना कुमार केटाहरुले रुद्रायणी मन्दिरका सबै देवी देवताहरुलाई खटमा बोकेर सिकाली चौरमा पुर्याउँछन्। जसपश्चात्, त्यहाँ देवी देवताहरुलाई पूजा गरिन्छ। पूजा सकिएपछि, खाली खटलाई ढोकासी भन्ने ठाउँमा राखिन्छ र साँझपख भने सोह्र जवानहरुले खटमा देवताहरुलाई बोकेर गाउँ परिक्रमा गराई जात्रा गरिन्छ।

यसरी गाईजात्रा र सिकाली जात्रा गरि, वर्षको दुई पटक रुद्रायणी मन्दिरका सबै मूर्तिहरूलाई मन्दिर बाहिर निकालेर जात्रा गरिन्छ।


बाह्र वर्षको जात्रा

रुद्रायणी देवीको बाह्र वर्षको मेलामा- सिकाली, खड्ग भवानी, रुद्रायणी लगायतको जात्रा देखाइन्छ जसका लागि सर्वप्रथमत: रुद्रायणी मन्दिरका सबै देवी देवताहरुलाई कसैले पनि देख्न/हेर्न नमिल्ने गरि एक महिना गुफा राखिन्छ। त्यस अवधिमा भक्तजनहरुले भने मन्दिर बाहिर नै पूजा गर्ने, बलि दिने जस्ता कार्यहरु गर्दछन्। गुफा राख्ने कार्य सकिएपछि, बाह्र वर्षे मेला औपचारिक रुपमा सुरु हुन्छ। यस मेला अवधि भर खोकनामा जात्रा र देवी नाच प्रदर्शन गरिन्छ। त्यसपछि कार्तिक पूर्णिमाको दिनमा साहित हेरेर आइतबार वा बिहीबारको दिन ‘चि:खोना’मा देवी नाच देखाउने गरिन्छ। जसको तीन दिन पश्चात् भने खोकनाको घरैपिछे एक-एक जना बोलाएर रुद्रायणी गुठीको तर्फबाट भोज खुवाउने प्रचलन रहेको छ।

जसपछि, योमरी पुन्ही: को तीन दिनपछि बुङ्गमतिमा यो नाच देखाउन जाने प्रचलन रहेको छ। बुङ्गमतिमा नाच देखाइसकेपछि त्यसको केहि हप्ता वा महिनापछि उचित साहित जुराएर पाटन र काठमाडौँमा यो नाच तीन ठाउँमा देखाइन्छ। पाटनमा मुल चोकमा तलेजु भवानीलाई, केशव नारायण चोकमा राजालाई र भिमसेन मन्दिर अगाडि डबलीमा सारा प्रजालाई यो नाच देखाउने गरिन्छ भने काठमाडौँमा हनुमान ढोका अगाडि मुल चोकमा राजालाई, तलेजु भवानी डबलीमा तलेजु भवानीलाई र काल भैरव डबली अगाडि सारा प्रजालाई यो नाच देखाउने प्रचलन छ।

सबै ठाउँमा शान्ति होओस्, विकास होओस् र कृषि उत्पादन राम्रो होओस् भन्ने उद्देश्यले मनाइने यो जात्राको आफ्नै विशेष महत्व छ।


सिकाली नाच

खोकनाका विभिन्न मौलिक परम्परा र संस्कृति मध्ये ‘सिकाली नाच’ पनि एक हो। हिन्दु मिथकहरुलाई आधार बनाउँदा, देवगणहरुलाई दु:ख दिने महिषासुर दैत्यलाई महालक्ष्मीले वध गरेको खुसीयालीमा यो नाच देखाउने गरिन्छ। त्यस्तै, अर्को कथन अनुसार महादेवले गणेश र कुमारलाई सुमेरु परिक्रमा गरेर आउनुभन्दा, कुमार आफ्नो बहान मयुरलाई लिएर सुमेरु परिक्रमा गर्न निस्कन्छन् तर एउटा जङ्गलमा मयुर अड्किएको र राक्षसहरु आएर कुमारलाई सताउन थालेपछि गणेश र हनुमानले कुमारलाई उद्दार गरेर महादेव र पार्वती भएको ठाउँमा ल्याउँछन्। यसरी, देवताहरुको पारिवारिक मिलनको खुसीयाली स्वरुप पनि यो नाच मनाउन थालिएको हो भन्ने कथन प्रचलित छ। खोकनामा प्रत्येक वर्षको दुई पटक यो नाच देखाउने प्रचलन हालसम्म पनि रहिआएको छ।



रुद्रायणी मन्दिरमा अरु थुप्रै चाडपर्वहरु पनि विशेष गरि मनाइन्छ। किम्बदन्ती अनुसार एकपटक यो ठाउँमा महारानीको सवारी भएर गुथी चलिरहेको ठाउँमा, जान नहुने भएको तर उनी त्यहाँ गएकोले बिरामी भएर स्वर्गबास भएको हुँदा त्यहाँ गुथी बसेको ‘सलन खेत’ गुथीलाई दिएको भन्ने किम्बदन्ती प्रचलित छ।  जसकारण प्रत्येक नववर्षको दिन महारानीको सराद्दे गरिन्छ। त्यस्तै, फागुन महिनामा साहित जुराएर ‘देश भोज’ भनेर खोकनाका बासिन्दाहरुबाट दुई-दुई पाथिका दरले धान उठाएर भोज खुवाउने प्रचलन यहाँ रहेको छ। राम नवामी र दशैँको दिनमा भने मन्दिरमा बोकाको बलि दिने र त्यसको मासुलाई प्रसादको रुपमा प्रत्येक घर-घर गएर वितरण गर्ने गरिन्छ।

प्रत्येक वर्ष देशभरि दशैँको रौनक छाइरहेको समयमा, खोकना भने आफ्नै मौलिक, सांस्कृतिक र परम्परागत सिकाली जात्रालाई भव्य रुपमा मनाउन जुटिरहेको हुन्छ। यसरी, खोकनामा मात्र मनाइने सिकाली जात्रा र त्यहाँ देखाइने सिकाली नाचले हाम्रो मौलिक र परम्परागत संस्कृतिको रोचक चिनारी दिन सफल भएको छ।

Our Supporters


Discover exactly where it is on the map


Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments