Link is copied to clipboard.

Jal Binayak Temple



Welcome to the Jal Binayak Temple located in Ward No. 20, Pimbahal of Lalitpur Metropolitan City. Jal Binayak is also known as “Koyana Dhyo” in Newari. Additionally, the main temple of Jal Binayak is in Chobar. Jal Binayak is named so as the body of god is found to be submerged under water at Chobar.

Among the eight priests of Jal Binayak, when six of those priests migrated to this area, they established the deity Jal Binayak here as well. Those aajus who migrated here, aimed to keep their culture, lifestyle, and traditions alive. Thus, the worship and festivals of Jal Binayak also begun here, which have strengthened the local traditions and culture, making them more vibrant than ever before.

Structure of the Temple

The three storied Jal Binayak Temple is built in the Pagoda style. On the first floor, there is a Khat of Jal Binayak’s which is taken out during different Jatras and festivals to carry Jal Binayak by placing there. On the second floor, the deity is enshrined. After taking few stairs from the main door of the first floor, one can see a smaller Jal Binayak Temple where the deity is enshrined, on the second floor. Locals circumambulate the temple from the right side and then have the go to worship the deity. Worshipping Jal Binayak is believed to fulfill desires and bless childless couples with children. The toran that is placed above the temple’s entrance is adorned with attractive images. Unlike other temples, on the toran of this temple’s gate, one can see the image of Lord Ganesh carrying Bhairav on his shoulder. Inside the temple, there is a gold-plated copper statue of Jal Binayak. The older statues of Jal Binayak are also kept safely- within the temple premise. Jal Binayak, is believed to have been immersed in water, thus only the head of the deity Jal Binayak can be seen inside the temple, symbolizing the deity’s presence in water. A garland of snake can be seen around the deity’s neck. Similarly, a smaller statue of Jal Binayak is placed nearby the main statue inside the temple. This statue is taken on a procession during festivals and Jatras of Jal Binayak.

Other deities such as Hanuman and Saraswati can also be seen in the temple premises. Additionally, various artistic sculptures and tundals add to the attractiveness of the temple. Although the history of the worshipping the deity inside the temple dates back to approximately forty years ago, the worship of Jal Binayak has been ongoing since ancient times.

History and Background of the Temple

In the past, prior to the construction of Jal Binayak Temple, the deity was kept at the eldest aaju’s home among the six aajus (priests). As mentioned above, six among the eight aaju who used to reside in that area migrated to this place and settled here for various reasons. Therefore, to keep their traditions and culture alive, they established Jal Binayak in their settlement, where daily worship and festivals are conducted traditionally. The main temple of Jal Binayak is located in Chobhar, where various worships and festivals are held in honor of the deity.

The Jal Binayak Jatra is believed to have been originated from the reign of King Shrinivas Malla in Patan. The festival is celebrated on “Sakimanaa Punhi” or the full moon day of Mangsir (November–December).

Festivals and Jatras of Jal Binayak

On the night of Shiva Ratri, eight aajus of Jal Binayak are invited by the Pala of Chobhar to serve them a meal. On this day, Jal Binayak is worshipped as Lord Shiva. People make tridents symbol with colors in the idol of Jal Binayak and worship Jal Binayak as Lord Shiva by offering incense, lamps and prayers to the deity. Similarly, on the day of Indra Jatra, eight aajus are invited to have a meal and offer worship to Jal Binayak by the Pala.

Moreover, on the day of Sithinakha, special prayers are performed with great enthusiasm. Especially, people from the Newar community come here to worship. They believe that Jal Binayak removes all obstacles, including injuries while planting rice. Therefore, people worship Jal Binayak even on the day of Sithinakha with great devotion.

The Jatra of Jal Binayak is believed to have been started by the Malla King Shri Niwas Malla. The Jatra of Jal Binayak has been ongoing for about 300–400 years. The festival is celebrated on the full moon day of Mangsir, also known as “Sakimani Punhi”. On this day, Jal Binayak is taken in a palanquin to various neighborhoods, and the festival concludes when the deity is brought back to the Jal Binayak Temple. At that time, the deity is taken inside the temple by the priest and a grand celebration can be observed there. The day before the full moon, all the eight aajus go to Chobhar and celebrate “Chhoyelabhu.” At that time, all the priests are treated to a feast.

A day before the full moon, the statue of Jal Binayak is taken out of the temple and the temple is cleaned, and then it is placed on a palanquin to be taken to Chobhar. The statue of Jal Binayak is taken through a certain route to Chobhar. During that time, “malaja” is served, which is a special meal that is served at midnight. At that time, rice had special significance. Thus, aajus used to go to Chobar, meditate and then cook food which then used to be brought back to Pulchwok and was distributed among the devotees in the form of Prasad. People used to come to Chobhar, do meditation, cook rice and bring them here at Pimbahal to distribute as Prasad. At that time, there was a tradition of offering sacrifice of goat and offering its horn during the fire ritual. However, this tradition isn’t prevalent now. Initially, people from the Manka clan come here to worship Jal Binayak at first and then other people worship at this temple.

जल विनायक मन्दिर


ललितपुर महानगरपालिका वडा नं २० न: टोलको जल विनायक मन्दिरमा हजुरहरुलाई स्वागत छ| जल विनायकलाई स्थानीय भाषामा क्वयना द्य पनि भनिन्छ| साथै, चोभारका जल विनायक र न:टोलका जल विनायकलाई पर्याय मानेर पूजा गरिन्छ|

जल विनायकका आठवटा पुजारीहरू मध्ये, छ जना पुजारीहरू न: टोलमा बसाई सरेर आएपछि यहाँ पनि, जल विनायकलाई स्थापाना गरियो | बासईं सरेर आएका आजुहरुले आफ्नो संस्कृति, रहनसहन र परम्परालाई जीवन्त राख्ने उद्देश्यले चोभारमा हुने जल विनायकका पूजाहरु, जात्राहरु यहाँ पनि मनाउन सुरु गरे | जसको फलस्वरुप: ती जात्राहरु यहाँको परम्परा र संस्कृतिको बलियो आधार बन्न पुगे, जुन आजसम्म पनि विभिन स्वरुपमा जीवन्त चलिआएका छन् |


मन्दिरको वनावट

जल विनायक मन्दिर तिन तले प्यागोडा शैलीमा निर्माण गरिएको छ| पहिलो तलामा जल विनायकको जात्रा गर्दा जल विनायकलाई बोक्नका लागि प्रयोग हुने खट राखिएको छ भने, दोस्रो तलामा भगवानलाई विराजमान गराइएको छ| मन्दिर बाहिरको मुख्य प्रवेशद्वारा हुँदै अगाडी बढेपछि जल विनायक मन्दिर देख्न सकिन्छ | त्यहिं रहेको द्वारबाट केहि खुड्किला माथि उक्लिएपछि जल विनायकलाई विराजमान गराइएको सानो मन्दिर देख्न सकिन्छ| स्थानीयहरु दोस्रो तल उक्लिनासाथ मन्दिरलाई दायाँतिरबाट एक पटक परिक्रमा गरेर भगवानको दर्शन गर्न जाने गर्दछन् | जल विनायकलाई पूजा गर्नाले मनोकामना पुरा हुने साथै सन्तान नभएकाहरुलाई सन्तान प्राप्ति हुने जनविश्वास छ| मन्दिरको द्वारमाथि रहेको तोरणमा आकर्षक चित्रहरु कुँदिएका छन् | अन्य मन्दिरहरु भन्दा फरक, भगवान गणेशले भैरवलाई काँधमा बोकेको दृश्य यो तोरणमा देख्न सकिन्छ | मन्दिरभित्र जल विनायकको तामाको मूर्ति रहेको छ | हालको मूर्ति भन्दा पहिले पहिलेका मूर्तिहरूलाई मन्दिरमा नै सुरक्षित राखिएको छ | जल विनायक, जलमा रहेका विनायक हुनाले शरीर जलमा नै डुबेको भन्ने प्रतिकात्मक रुपमा भगवानको मूर्तिको शिर मात्र छ | भगवानको गलामा नागको माला लगाइएको छ | त्यस्तै, ठुलो मूर्तिको छेवैमा भित्तामा जल विनायकको सानो मूर्ति छ, जुन मूर्तिलाई जात्रा पर्वहरुमा पूजा लिन लाने गरिन्छ |

जल विनायक मन्दिर परिसरमा हनुमान, सरस्वती लगायतका देवताहरुको मूर्ति पनि देख्न सकिन्छ| त्यस्तै, मन्दिरमा रहेका विभिन्न कलात्मक टुंडालहरुले मन्दिरलाई थप आकर्षक बनाएको छ | मन्दिरको इतिहास करिब चालिस वर्षजति पुरानो भएतापनि यहाँ जल विनायकको पूजा भने परापूर्वकालदेखि नै चल्दै आएको थियो |


मन्दिरको इतिहास र पृष्ठभूमि

जल विनायक मन्दिर स्थापना हुनु अघिसम्म आजुहरु मध्ये सबैभन्दा थकाली (सबैभन्दा जेष्ठ) आजुको घरमा भगवानलाई राखेर पूजाआजा हुने गर्दथ्यो | तत्कालीन समयमा चोभारमा बसोबास गरिरहेका आठ जना आजुहरु मध्ये, छ जना आजुहरु खेतीपाती, व्यापार, व्यवसाय आदिको कारणले यहाँ बसाईं-सराई गरेर पाटनमा आएका थिए भने दुई जना चोभारमा रहेका छन् | त्यसैले, आफ्नो परम्परा, संस्कृतीलाई जीवन्त राख्न जल विनायकलाई आफू बसेकै ठाउँमा स्थापना गरेर नित्य पूजा, जात्राहरु यथावत् रुपमा नै संचालन गर्न थाले | जल विनायकको मुख्य मन्दिर भने चोभारमा छ, जसकारणले गर्दा पनि विभिन्न पूजा, जात्राहरुमा यहाँका विनायकलाई चोभारमा लगेर जात्रा, पर्वहरु मनाउने गरिन्छ |

पाटनमा जल विनायकको जात्रा राजा श्रीनिवास मल्लको पालाबाट सुरु भएको मानिन्छ | जल विनायकको जात्रा ‘सकिमना पुन्ही’ अर्थात् मङ्गसिर पूर्णिमाको दिन मनाउने गरिन्छ |


जल विनायकको जात्रा तथा पर्वपूजाहरु

यो मन्दिरमा शिव रात्रीको दिनमा आठ जना आजुलाई चोभारका पालाले भोज खुवाउन आउने गर्दछन्| त्यस दिन, यहाँ जल विनायाकलाई महादेवको रुपमा पूजा गर्ने गरिन्छ| चन्दनले विनायकको मूर्तिमा त्रीशुल बनाएर, महादेव जस्तो बनाइदिएर मानिसहरुले जल विनायकलाई महादेव सम्झेर धुप, बत्ती बालेर पूजा गर्ने गर्दछन्| त्यस्तै, इन्द्र जात्राको दिनमा पनि आठ जना आजुहरुलाई चोभारका पालाले भोज खुवाएर पूजा गर्ने प्रचलन छ|

त्यस्तै, सिठीनखको दिन यहाँ विशेष रुपमा धुम धामक साथ पूजा हुने गर्दछ| विशेष गरि, यहाँका नेवारी समुदायका मानिसहरु आएर पूजा गर्ने गर्दछन्| धान रोप्ने बेला घाउ/चोट नलागोस, सबै विघ्न वाधाहरु, जल विनायकले पन्छाइदिने विश्वास भएकाले मानिसहरु उनलाई सिठीनखको दिनमा पनि पूजा गर्ने गरिन्छ|

यहाँको जल विनायकको जात्रा श्री निवास मल्लको पालादेखि सुरु भएको मानिन्छ| जात्रा सुरु भएको करिब ३००, ४०० वर्ष भैसकेको छ| ‘सकीमना पुन्ही’ अर्थात्  मंसिर पूर्णिमाको दिन जल विनायकको जात्रा गरिन्छ| त्यस दिन, विनायकलाई खटमा बोकेर विभिन्न टोल परिक्रमा गराएर अन्तिममा जल विनायक मन्दिरमा ल्याएर नै भगवानलाई विराजमान गराएपछी जात्रा सम्पन्न हुन्छ| दुलही भित्राएको जसरी भगवानलाई बज्राचार्यद्वारा मन्दिरमा भित्राइन्छ| पूर्णिमाको दुई दिन अघि आठ जना आजुहरु चोभारमा गएर ‘छोएलाभु’ मनाइन्छ| त्यस समयमा सबै आजुहरुलाई भोज खुवाइन्छ|

पूर्णिमाको एक दिन अघि यहांको मूर्तिलाई निकालेर, मन्दिरलाई सर सफा गरेर, यहाँको जलविनायकको मूर्तिलाई खटमा बोकेर चोभार लगिन्छ| निश्चित बाटोबाट जल विनायकको मूर्तिलाई चोभारमा लगिन्छ| मूर्तिलाई यहाँबाट लैजाने बेला मलजा खुवाइन्छ| मलजा भनेको मध्ये रातमा खुवाइने भोज| तत्कालिन समयमा भातको अझ विशेष महत्व भएकाले, आजुहरुले चोभारमा गएर साधना गरेर भात पकाएर, यहाँ ल्याएर प्रसाद स्वरुप वितरण गर्ने प्रचलन थियो| त्यस समयमा चोभारमा बोका काटेर त्यसको टाउको होम गरिन्थ्यो| अचेल भने बोका काटेर टाउको होम गर्ने प्रचलन रहेको छैन| राती न:त्वा मंका खल:ले सर्वप्रथमत: पूजा गर्ने प्रचलन छ| त्यसपछि, मात्र अरु मानिसहरुले पूजा गर्ने प्रचलन छ| ललितपुर महानगरपालिका वडा नं २० न:टोलमा रहेको जल विनायक मन्दिरमा आठ जना आजुहरुमध्ये जेठो आजु पुजारीको रुपमा बस्दछन्|


पदम लाल महर्जन: जल विनायक मन्दिर

दिपना शर्मा ; नेवारी भाषा अनुवादक; नेपाल भाषा अनुसन्धानकर्ता



Discover exactly where it is on the map


Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments