Parbati Gufa is one of the sacred sites of Pang, the birthplace of Goddess Parbati. The cave is said to be from the Satyayuga because it has been mentioned in the Skanda Purana, a holy Hindu text. This cave is also called the Bhawani Cave because Goddess Parbati also goes by the name Bhawani.
According to the legend, this Parbati Gufa is believed to be the place where goddess Parbati performed deep meditation to get Lord Shiva as her husband. Thus, devotees believe that visiting and worshiping in the cave guides them to finding their soulmate.
The maximum height of the cave is said to be 90 meters and has an average diameter of 69 meters. In the rainy season a river flows through the cave. There is an opening on the ground of the cave that leads to the deeper cavern inside.The cave is the home to many bats of various species.Literar Prem Chota had studied the ancient cultural and structural aspects of the cave during his study of the cultural heritages of Dhaulagiri.
It is also believed that in the ancient times the astrologers used to hold their big conferences here for the counting of planets, constellations and stars along with the announcements of solar and lunar eclipse.
During Yogi Narharinath’s visit to different sites related to Goddess Parbati in Pang, he recognized this cave as the place where the goddess Parbati used to play hide and seek with her companions. Some of the other sites related to Parbati are Parbati Ganga, Parbati Chaur, Parbati Garo and Parbati Snangar Sahasra Dhara which can be found in the Pang area.
Read More Stories from Kushma …
References:
Chabilal paudyal, Parbati cave development comittee
Sadananda paudyal, Professor, Saraswati Campus
नमस्कार, पार्वती गुफामा तपाईंलाई स्वागत छ!
पार्वती गुफा, देवी पार्वतीको जन्मस्थल पाङको पवित्र स्थलहरू मध्य एक हो। स्कन्द पुराणमा उल्लेख भएकोले यो गुफा सत्ययुग कालिन हो भनेर विश्वास गरिन्छ। देवी पार्वतीलाई भवानी नामले पनि चिनिने हुँदा यस गुफालाई भवानी गुफा पनि भनिन्छ ।
पौराणिक कथाका अनुसार यस गुफालाई देवी पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न गहिरो तपस्या गरेको स्थल मानिन्छ। तसर्थ, भक्तहरूले यहाँको दर्शन र पूजाले आफ्नो जीवनसाथी पाउन मार्गदर्शन मिल्छ भन्ने आस्था राख्दछन् |
गुफाको अधिकतम उचाइ ९० मिटर र औसत व्यास ६९ मिटर रहेको बताइएको छ। वर्षायाममा गुफाबाट खोला बग्छ। गुफाको जमिनमा अझै गहिरो भित्री गुफाको मुख छ । गुफा विभिन्न प्रजातिका चमेरोहरूको घर पनि हो। धौलागिरीको सांस्कृतिक सम्पदाको अध्ययन गर्दा साहित्यकार प्रेम छोटाले यस गुफाको प्राचिन सांस्कृतिक र संरचनात्मक पक्षमा केन्द्रित अध्ययन गरेका थिए ।
प्राचीन कालमा भने ज्योतिषीहरूले सूर्य र चन्द्रग्रहणको घोषणा तथा ग्रह, नक्षत्र र तारा गणनाका लागि यहाँ ठूला सम्मेलन गर्ने गरेको जनविश्वास पनि छ।
योगी नरहरिनाथले पाङमा देवी पार्वतीसँग सम्बन्धित विभिन्न स्थानहरूको भ्रमण गर्दा, उनले यस गुफालाई देवी पार्वती आफ्ना साथीहरूसँग लुकामारी खेल्ने ठाउँको रूपमा पहिचान गरेका थिए। पार्वतीसँग सम्बन्धित अन्य ठाउँहरु पार्वती गंगा, पार्वती चौर, पार्वती गारो र पार्वती स्नागार सहस्रधारा हुन् जुन सबै पाङ क्षेत्रमा नै पर्दछन्। यी सबै ठाउँहरु पार्वती गुफा परिसर वरपर भ्रमण गर्दा भेट्न सकिन्छन्।
सन्धर्भहरु:
छबिलाल पाैड्याल, पार्वती गुफा विकास समिति
षडानन्द पौड्याल, प्राध्यापक, सरस्वती क्याम्पस
Maps
Discussions
Related stories