वि स २०१३ सालमा मन्दिरको छेउमा रहेको पाटिमा लिच्छविकालिन शिलापत्रमा शिला पत्र भेटिन्छ, जसलाई राष्ट्रगुरु योगि नरहरिनाथले प्रथमतः प्रकाशित गर्नु भएको थियो! संवत् ४२५ अर्थात मागशुक्ल पुर्णिमादिन, वि स ५६० मा राजराजेश्वरी विजया स्वामिनिले राजसुयज्ञ सम्पन्न गरि पलाञ्चोक शहरको शिरोभागमा पलाञ्चोक गढि नेर स्थापना गरेको बिजेश्वरी भगवतिलाई आज भोलि हामी पलाञ्चोक भवति भनेर नाम करार गरिरहेकाछौ यो गलत हो!
शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२साग्र बर्षशतमाज्ञायत: सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवि बिजेयश्वरी
अनुवाद-संवत् ४२५ माघ शुल्क पुर्णिमादिन भट्टारक (गद्दीनशिल) महाराज श्रिमानदेवले सय भन्दा बढि बर्षसम्म( लामोकालसम्म( आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नि बिजयास्वामिनिले भवति विजेश्वरी देविको प्रतिष्ठा गरियो!
यी बिजेश्वरी भगवतिलाई पलाञ्चोक शहरमा नेपालको राजधानी बनाएका तत्कालीन शासक मदन सिंहरामले काठमाडौको इटुङ बहालमा शिलालेख थापना गरि वि स १४३९ मा पलाञ्चोकको किल्ला नेर त्रिपुरेश्वरीदेविको जिवर्णद्वार गरेको उल्लेख गरेका छन सो शिलापत्रमा स्वयम्भूनाथ चैत्यको पुन निर्माण गरेको समेत प्रसङ्ग जोडिएको छ !स्मरण रहोस वि स १४०६ मा मुसलमानले काठमाडौ उपत्यका आक्रमण गरि धोस्त बनाएका मठ मन्दिर पलाञ्चोकका शासकले निर्माण गरेको प्रमाण यथेष्ट छन, त्यसको अर्को प्रमाण वि स १४१७ को पशपतिनाथको जयसिहरामवर्दनको शिलालेख हो , मुसलमानको आक्रमण बाट वि स १४०६ मा धोस्त भएको पशुपतिनाथ मन्दिर र वर्तमानको शिवलिङ्ग समेत पलाञ्चोकका शाससकले निर्माण गरेको पशुपतिनाथ भित्रको शिलालेखले पुष्टि गर्छ! क्रमशः
Reference:
पलाञ्चोक भगवती हैन ,बिजेश्वरी भगवती काभ्रेपलाञ्चोक हो!