Link is copied to clipboard.

Durlungkot Temple

104 people have read this story

0:00
/

Welcome to DurlungKot Temple,

Durlungkot is a beautiful hill-town located just 11 km from Kushma Bazar, with an altitude of 1700 m above sea level. It is said that this place was named as Durlung after the Gurungs who moved here from Dure village of Lamjung.

Before Parbat unification, Parbat consisted of small hill states like Pang, Durlung, Ramja and Pakuwa. Out of these small hill states, Durlung kot was important because the Malla kings had made this place their summer kingdom. There used to be a “Kot” here belonging to the Malla Kings where the custom of keeping weapons in the palace and worshiping according to religious rituals was continued at that time. Hence, this place was named Durlungkot.

There is also a temple called Durlungkot Bhume Temple. From the reigns of the Baise and Chaubise Rajya, the Bhume Temple in Durlungkot has been considered to be an important Shakti Peeth. Every year during Bada dashain and Chaite Dashain many animals are sacrificed for the god and many people of Parbat and surrounding districts visit this historical place. The worshiping of the temple has been regular since 1911 BS (1855 AD). There has been a priest in the temple since then and they were offered land for staying near the temple. There are main priests and helping pandits.

The main celebration and worshiping is done in the month of Mangsir and Jestha on the respective occasion of Udhauli and Ubhauli. 

There is also a view tower form where one can enjoy the beautiful sceneries of Dhaulagiri, Machhapuchhre and Annapurna mountain range along with the hill range of neighboring districts and Parbat. 

Prithivi Narayan Shah started the unification of Nepal by occupying many eastern kingdoms. After his death,Rajendra Laxmi and Bahadur Shah started expansion in the west. Durlung was a small hilltop kingdom. There are no official records to tell who ruled Durlung kot. Pang, Durlung, Ramja and Pakuwa were small hilltop kingdoms.

These small kingdoms were situated on a hill for the protection and security of their place. The old relics and remains of the kingdom were found here which helped to determine that the Mallas captured these small hilltop kingdoms and formed Parbat. Kirtibam Malla was the last king of Parbat. Tarekot is a place nearby believed to be the site of practice for firing arrows.

There is also a place called Dal Pokhari which is believed to be the site where the army paraded. Similarly, there is a water fountain named ‘Rani Padheri’ nearby where the queen of small hilltop kingdoms used to come to fetch water. 

This place not only tells the story of Durlungkot but the history of parbat itself. Durlungkot holds great potential for tourism activities due to its geography and history. The possibility of taking tourists to Durlungkot and connecting Chanoute village, Tamakhani Cave, Canyoning, Chanoute Homestay and Ambot-Durlung-Halle-Kyang-Ghorepani footpath are being explored. 

Read More Stories of Kushma …

References

Balkrishna Sharma, secretery, DurlungKot management committee

दुर्लुङकोटमा तपाइलाई स्वागत छ!

दुर्लुङकोट कुश्मा बजारबाट करिब ११ किलोमिटरको दूरीमा समुद्र सतहबाट १७०० मिटरको उचाइमा अवस्थित एउटा सुन्दर पहाडी सहर हो। 

लमजुङको दुरे गाउँबाट आएका गुरुङहरूको नामबाट यस ठाउँको नामकरण दुर्लुङ  रहन गएको मान्यता छ। पर्वत एकीकरण हुनु अघि पर्वतमा पाङ, दुर्लुङ, रम्जा र पकुवा जस्ता स-साना पहाडी राज्यहरू थिए। यी सब मध्ये दुर्लुङकोट महत्वपूर्ण थियो किनभने मल्ल राजाले यस ठाउँलाई आफ्नो ग्रीष्म कालीन राज्य बनाएका थिए। दुर्लुङकोटमा पहिले मल्ल राजाहरूको दरबार हुने गर्दथ्यो। त्यसबेला मल्लहरुले यस ठाउँमा हात -हतियार राखेर धार्मिक विधि अनुसार पूजा गर्ने गरेकाले र यो ठाउँमा कोट भएकाले यो ठाउँलाई दुर्लुङकोट नामले चिनिन थालियो । दुर्भाग्यवश, अभिलेख नभएको कारण, यहाँ कुन मल्ल राजाले शासन गर्थे भनेर भन्न सकिन्न । 

यहाँ दुर्लुङ भुमि मन्दिर नामक मन्दिर छ जुन मल्ल राजाहरू अनि बाइसे र चौबिसे राज्यको पालादेखि नै महत्वपूर्ण शक्तिपीठ मानिएको थियो । प्रत्येक वर्ष यहाँ बडादशैं र चैते दशैंको अवसरमा धेरै पशुहरुको बलि दिइने गरिन्छ। मंसिरमा उधौली र जेठमा उभौलीलाई यहाँ भब्य रुपमा मनाइन्छ। यस ऐतिहासिक स्थलको दर्शन गर्न स्थानियहरु, पर्वत र आसपासका जिल्लाहरुका बासिन्दा आउने गर्दछन्। वि.सं. १९११ (सन् १८५५) देखि मन्दिरमा पूजाआजा नियमित हुँदै आएको छ। त्यतिबेला देखि नै पुजारीलाई मन्दिरमा पुजाआजा गर्न सजिलो हुन्छ भनेर नजिकैको जग्गा दिएर राखिएको छ। त्यहाँ मुख्य पुजारी र सहयोगी पण्डितहरू पनि छन्।

त्यसै गरी यहाँ धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालसँगै छिमेकी जिल्ला र पर्वतको पहाडी शृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने भ्यू टावर पनि छ।

पृथ्वीनारायण शाहले धेरै पूर्वी राज्यहरू कब्जा गरेर नेपालको एकीकरण सुरु गरेका थिए । उनको मृत्युपछि राजेन्द्र लक्ष्मी र बहादुर शाहले एकीकरणलाई पश्चिममा विस्तार गर्न थाले। दुर्लुङकोट भने एउटा सानो पहाडी राज्य थियो। यहाँ कुन राजाको शासन थियो भनेर आहिले सम्म पत्ता लगाउन सकिएको छैन। 

पाङ, दुर्लुङ,रम्जा र पकुवा साना पहाडी राज्यहरू थिए। यी साना राज्यहरू आ-आफ्नो संरक्षण र सुरक्षाको लागि पहाडको टाकुरामा बसेका थिए। यहाँ भुरे राज्य र अन्य राज्यका पुराना अवशेषहरू फेला परेका थिए जसले मल्लहरूले यी साना पहाडी राज्यहरू कब्जा र पर्वतको स्थापना गरेका भनेर निर्धारण गर्न मद्दत गर्यो। पर्वतका अन्तिम राजा कीर्तिबम मल्ल थिए। तारेकोट दुर्लुङकोटको नजिकैको स्थान हो जहाँ तीरहरू चलाउने अभ्यास गरिन्थ्यो भन्ने विश्वास छ। त्यहाँ दल पोखरी नामक ठाउँ पनि छ जहाँ सेनाले परेड गर्थे भन्ने पनि विश्वास छ। त्यसैगरि रानी पँधेरी नामक धाराले पनि यहाँ भुरे राज्यका रानीहरु पानी लिन आउने गर्थे भन्ने संकेत गर्दछ ।  

यो ठाउँले दुर्लुङको कथा मात्र होइन, पर्वतको इतिहास पनि बताउँछ। भूगोल र इतिहासका कारण दुर्लुङकोटमा पर्यटन गतिविधिको ठूलो सम्भावना छ। पर्यटकलाई दुर्लुङकोटसम्म पुर्‍याउने र चनौटे गाउँ, तामाखानी गुफा, क्यान्योइङ, चनौटे होमस्टे र आमबोट–दुर्लुङ–हले–क्याङ–घोरेपानी फुटपाथ जोड्ने सम्भावनाको खोजी भइरहेको छ ।

 

सन्दर्भ: 

बालकृष्ण शर्मा

सचिव, दुर्लुङकोट व्यवस्थापन समिति

 

Our Supporters

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments