Link is copied to clipboard.

Dakshinkali Devsthal Temple


Devasthal is an original heritage with an ancient history. This temple is located in Ward No. 23 of Lalitpur Metropolitan City.  It is also famous by the name of Dakshinkali Devasthal among the locals. It can be also be seen that this temple has got its own distinct importance of existence among the communities here.

Puja is performed in the temple every day. Many devotees also come here to make vows as it is believed that their wishes will be fulfilled by taking vows here. Celebrations and pujas like weddings and rice-feeding ceremonies are also performed in the temple. The ancient existence of this temple is also indicated by the Shilapatra inscription of Nateshwor Dev inside the temple. There is great faith in this temple among the communities here.

Naming and history of the temple:
This temple is famous by two names. Some people also know it as the common place of many gods and goddesses- Devasthal. However, among others, it is also famous by the name of Dakshinkali Devasthal. According to legend, it is believed that Dakshinkali Devi stayed at this place for a day when she went south with her followers. Taking this legend as the basis, the name of this place has come to be Dakshinkali Devasthal.

It is believed that a Jogi named Ganje Babaji lived here a century ago. According to the same belief, he used to sit in this place and worship the gods and goddesses. Along with this, it is believed that he planted Amala, Gamala, Mango, Timur, Vyakur, Jaamur etc. in his hut and took care of this place.

Structure of the temple:
The temple is spread over 250 square meters. The location where this temple was situated was covered by bushes. Dakshinkali Devi and other deities were installed in the same location. The temple was built in the present pagoda style only in 2015 B.S. with the help of the local community.

1. Dakshinkali temple:
As soon as you enter the main gate of the temple, the temple of Dakshinkali Devi can be seen in front. This temple is built in Pagoda style. The exterior structure of the temple is similar to other Pagoda-style structures in the Kathmandu Valley. The temple doors and windows are made of Agra (sal) wood. However, small holes have been made in it like an eye window (Aankhijyal). Small flowers, deities and other shapes can also be seen engraved in the structure of the Aankhijyal.

Inside this temple it can be seen that the idols of Shree Dwarpal, Shree Bangla Devi Mai etc. are kept in order. An Ashtamandal thali is placed below each idol.

2. Nateshwor Idol (Murti)
While visiting the temple of Dakshinkali Mai, one can see an inscription installed as a symbol of Nateshwor Dev on the left side of the wall. The temple holds a long history of more than 600 years old. According to the stone inscription depecting Nateshwor in the temple, its recorded history is estimated to be from 1385 B.S. A triangular shaped hollow structure signifying nothingness can be seen on the lower part of the inscription. The inscriptions are written in Sanskrit or Devanagari (Nepali) language. Ancient dance and music artists worshiped this symbol of Nateshwor as their guru.

It is believed that devotees and artists learning ancient art come here secretly every Thursday to worship the idol of Nateshwor Dev. When the devotees come, they bring a photo of Nateshwor’s idol from home. There is a belief here that if you don’t fulfill the vow or said promise, you can go crazy under the influence of Nateshwor. Devotees also come for establishing the symbol of Nateshwor as their Guru.

Temple of Saraswati:
One can see the temple of Saraswati in the left corner of the temple complex while taking a circumambulation of the Dakshinkali temple passing the Nateshwor idol. According to local residents, this is an ancient idol of Saraswati that was lost and found. A space near the idol can be seen where the visitors light Dhup and Batti. An idol of Hanumanji can also be seen near the entrance of Saraswati’s temple.

Beliefs and festivals:
According to the popular name of the temple i.e. Devasthal, the temple is a common place of many deities. Many deities are worshiped here. Different gods and goddesses are worshiped here on special days. According to the popular legend here, it is believed that a person with a pure heart can see bright light around the Dakshinkali idol of this temple.
There is also a tradition of offering vows and sacrifices in the Dakshinkali temple. People who are unable to go to the main temple believe that it is equivalent to worship the Dakshinkali here and the Dakshinkali of Kathmandu. A big fair is held in this temple complex on the day of Phagu Purnima (Holi). On the day of Shravan Sankranti, people from different communities come here to offer offerings and worship.

Gula festival is also celebrated here from the day of eating Teej’s dar  till one month before the Ghatasthapana of Dashain. From the day after Gathemangal, the Newari community enjoy singing bhajans till 10 pm along with lights and decorations. This festival is also known as “Nyola”.

Many people and Jhankris come here to remember all the dead in Gaijatra. Every year, Gaijatra worship starts from this temple. Likewise, everyone gathers and dances whereas, certain people perform Lakhe Naach (Lakhe Dance) and start Gaijatra. Here, on the night of Shivratri, the entire community comes together and sings hymns, prepares rice pudding and various prasad, and enjoys together.


Devasthal tathaa Samaj Sewa Samiti

दक्षिणकाली देवस्थल

देवस्थल एक प्राचिन इतिहास बोकेको मौलिक धरोहर हो। यो मन्दिर ललितपुर महानगरपालिका वडा नं २३ मा अवस्थित छ। यहाँका स्थानिय बासीहरुमा यो दक्षिणकाली देवस्थलको नामले पनि प्रख्यात छ। यस मन्दिरले, यहाँको समुदायहरुमा आफ्नै एउटा छुट्टै महत्व र अस्तित्व पाएको देख्न सकिन्छ।
मन्दिरमा हरेकदिन पूजा अर्चना हुने गर्दछ। यहाँ भाकल गर्दा मनोकामना पुरा हुने विश्वास भएकाले धेरै भक्तजनहरु यहाँ भाकल गर्न पनि आउने गर्दछन् ।

मन्दिरमा विवाह र अन्न प्रासन जस्ता उत्सव र पूजाहरु पनि भइरहेको पाइन्छ। यस मन्दिरको प्राचिन आस्तित्व यहाँ भित्र रहेको नाटेश्वर देवको शिलापत्रले पनि दर्शाउँछ। यहाँको समुदायमाझ यस मन्दिरको ठूलो आस्था रहेको छ।

मन्दिरको नामाकरण इतिहास
यो मन्दिर दुईवटा नामले प्रख्यात छ। कसैले यसलाई अनेकौँ देविदेवताको साझा स्थल-देवस्थल भनेर पनि चिन्ने गरेको पाइन्छ। तथापि अरु जनमानसमा यो दक्षिणकाली देवस्थलको नामले पनि प्रख्यात छ।किम्बदन्ती अनुसार यहाँ दक्षिणकाली देवि आफ्ना गणहरुसँग दक्षिणतर्फ लाग्दा यो स्थालमा एक दिन बास बस्नु भएको भन्ने विश्वास छ।

त्यसै किम्बदन्तीलाई आधार मानेर यो स्थलको नामाकरण दक्षिणकाली देवस्थल रहन गएको हो।

यहाँ एक सताब्दी अघि गंजे बाबाजी नामक जोगी बस्नु भएको विश्वास छ। सोहि विश्वास अनुसार उहाँले यही स्थानमा बसेर देविदेवताहरुको पूजा आराधना गर्ने गर्नुहुन्थ्यो। यो सँगसँगै उहाँले अमला, गमला,आँप, टिमुर, भ्याकुर, ज्यामुर आदि आफ्नो कुटीमा रोपेर यस ठाउँको हेरचाह गरेर बस्नुभएको थियो भन्ने विश्वास छ।

मन्दिरको बनावट
मन्दिर २५० वर्ग मिटरमा फैलिएको छ। यो मन्दिरमा पहिला एउटा सानो झुप्रो मात्रै थियो। त्यहि झुप्रोमा दक्षिणकाली देवि र अरु देविदेवताहरुको स्थापना गरिएको थियो। यो मन्दिर अहिलेको प्यागोडा शैलीमा वि. सं.  २०१५ मा मात्रै समुदायको साथ सहयोगमा बनाइएको हो।

. दक्षिणकाली देवस्थल
मन्दिरको मुख्य ढोकाबाट पस्ने बित्तिकै दक्षिणकाली देवीको मन्दिर अगाडि देख्न सकिन्छ। यो मन्दिर प्यागोडा शैलिमा बनाइएको छ। मन्दिरको बाहिरी बनावट काठमाडौँ उपत्यकाका अरु प्यागोडा शैलीको बनावट जस्तै छ I मन्दिरको ढोका र झ्याल अग्रा (साल) काठबाट बनाइएको छ। तथापी यसमा आँखिझ्याल जस्तै स-साना प्वालहरु बनाइएको छ l त्यो आँखिझ्यालको बनावटमा पनि स-सना फूल, देविदेवता र अरु आकार पनि कुँदिएको देख्न सकिन्छ l
यस मन्दिर भित्र श्री द्वारपल, श्री बंगला देवी माई आदिको मूर्ति क्रमश: राखिएको देख्न सकिन्छ l हरेक मूर्तिको तल अष्ठमण्डल थाली राखिएको छ।

. नाटेश्वर मूर्ति
दक्षिणकाली माईको मन्दिर घुम्ने क्रममा त्यहाँको बायाँ भागको पर्खालतर्फ नाटेश्वर देवको प्रतिकको रुपमा स्थापित गरेको शिलापत्र देख्न सकिन्छ l यो मन्दिर छ सय वर्षभन्दा बढि पुरानो रहेको पाइन्छ। मन्दिरको इतिहास करिब करिब वि. सं. १३८५ बाट सुरु भएको नाटेश्वर देवको प्रतिकको रुपमा स्थापित शिलापत्रमा देख्न सकिन्छ। शिलापत्रको तल्लो भागमा त्रिकोण कुँदिएको देखिन्छ। शिलापत्र संस्कृत या देवानागरी (नेपाली) भाषामा लेखिएको छ l प्राचिन नृत्य र संगीतका कलाकारहरुले यो नाटेश्वरको प्रतीकलाई गुरुको रुपमा पूजा गरको पाइन्छ l

नाटेश्वर देवको प्रतिमामा पनि पूजा गर्न हरेक बिहिबार श्रद्धालु र प्राचिन कला सिकिरहेका कलाकारहरु यहाँ गुप्त रुपमा आउने गर्दछन् भन्ने विश्वास छ। श्रदालुहरु आउँदा नाटेश्वरको प्रतिमाको फोटो आफैँ  घरबाट लिएर आउने गर्दछन्। भाकल वा भनिएको वाचा पुरा नगरेमा नाटेश्वरको प्रभावले पागल पनि हुन सक्ने यहाँ विश्वास देखिन्छ l नाटेश्वरको प्रतीकमा भक्तजनहरु गुरु मानेर थापनाको लागि पनि आउने गर्दछन्।

. सरस्वतीको मन्दिर
नाटेश्वर मूर्ति हुँदै दक्षिणकाली मन्दिरको एक परिक्रमा गर्दा मन्दिर परिसरको बायाँ कुनामा सरस्वतीको मन्दिर देख्न सकिन्छ l

यहाँका स्थानिय बासीहरुको अनुसार यो हराएर भेटिएको सरस्वतीको पुरानो मूर्ति हो l
मूर्ति नजिकै धुपबत्ति गर्ने ठाउँ देख्न सकिन्छ l सरस्वतीको मन्दिरको प्रवेशद्वार नजिकै हनुमानजीको मूर्ति पनि देख्न सकिन्छ।

विश्वास चाडपर्वहरु
मन्दिरको प्रचलित नाम अनुसार मन्दिर धेरै देवताको साझा स्थान हो l यहाँ धेरै देविदेवताहरुको आराधना गरिने गरिन्छ। यहाँ विभिन्न देविदेवताको विशेष दिनहरुमा पूजा हुने गर्दछ।
यहाँ प्रचलित किम्बदन्ती अनुसार यस मन्दिरको दक्षिणकाली देवी मूर्ति वरिपरि शुद्व मन भएका व्यक्तिले उज्यालो प्रकाश जस्तै तेज देख्न सकिन्छ भन्ने विश्वास छ l

यहाँ दक्षिणकालीको मन्दिरमा भाकल र बलि पनि दिने चलन छ l मुख्य मन्दिरमा जान असमर्थ भएका मानिसलाई यहाँको दक्षिणकालीलाई पुज्न र काठमाडौँको दक्षिणकालीलाई पूज्न बराबर हो भन्ने मान्यता पनि यहाँको समुदायमा प्रचलित छ।

यस मन्दिर परिसरमा फागु पूर्णिमाको (होलि) दिन ठूलो मेला लाग्ने गर्दछ। यहाँ श्रावण संक्रान्तिका दिन विभिन्न समुदायबाट मानिसहरु भेटि चढाउन र पूजाआजा गर्न आउने गर्दछन् l
यहाँ तीजको दर खाने दिनदेखि दशैंको घटस्थापनाको एक महिना अगाडिको दिनसम्म गुला पर्व पनि मनाउने गरिन्छ। नेवारी समुदायबाट गठेमंगलको भोलि पल्टदेखि बत्ति तथा बाजागाजा सहित राति १० बजेसम्म भजन गरी रमाइलो गर्दछन्। यस चाडलाई “ञ्योला” पनि भनिन्छ।

गाईजात्रामा सम्पूर्ण मृतकहरुको सम्झनामा मनिसहरु र झाँक्रीहरु आउने गर्दछन्। हरेक साल गाईजात्रामा पूजाको सुरुवात यहि मन्दिरबाट हुने गर्दछ। त्यसैगरि सबैजना जम्मा भई भजन तथा नाटक मण्डलीहरु कुरुप भएर लाखे नाच गरी सुरुवात गर्दछन्। यहाँ शिवरात्रीको रात पनि सम्पूर्ण समाज सँगै आएर भजन किर्तन गरेर, खीर तथा विभिन्न प्रसाद बनाई, एकजुट भएर रमाइलो गर्दछन्।



देवस्थल तथा समाज सेवा समिति

Our Supporters


Discover exactly where it is on the map


Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments