Link is copied to clipboard.

Laxmi Narayan Narayansthan

0:00
/

Namaste! Welcome to Laxminarayan Temple, Narayansthan. 

Shri Ganeshaya Namah

Om Shree Paramatmane Namah

Om Namo Bhagavate Vasudevay

Laxminarayan Temple is in Pokhara Metropolitan City Ward No. 3 Nadipur, Narayansthan of Kaski District in Gandaki Province. Ganesh Giri founded the temple in 1937 B.S. This Laxmi Narayan Temple was not only in Pokhara but also in districts such as Kaski, Parbat, Baglung, Myagdi, Syangja, Palpa, Tanahun, Lamjung, Gorkha, and various districts of Nepal and various bases, pilgrimage sites, and dhams of India. 

Narayansthan of Pokhara was the shelter for the pilgrims, saints, and Mahatma returning from and going to Muktinath. Located on the banks of the holy Shukla Gandaki (Seti River), which originates from the Annapurna and Machhapuchhre glaciers and flows through this Narayansthan of Pokhara, this temple area has its own uniqueness. Everyone’s head bows down to the meaning of Narayansthan Temple. Initially, Prithvi Narayan Campus, Kanya Secondary School, and National Higher Secondary School were established and operated in Narayansthan. Similarly, in the same Narayansthan area, Awal Brahmachari Balkrishna Subedi established and operated Brahmacharyashram and Maharishi Gurukul Ved Vidyaashram in 1997 BS. The first government office in Pokhara was established and operated in this same area by the Government of Nepal.

The founder of the temple, Firanta Brahmachari Ganesh Giri, arranged 120 muri fields and 40 mato muri pakho guthi at different places for Narayansthan Guthi and made Devi Datta Padhya Parajuli of Nadipur of Pokhara Ward no. 3 as the priest of the temple.  

After Firanta Brahmachari Ganesh Giri became Brahmalin in 1943 B.S., Shree 3 Maharaja Bir Shumsher and Commander In Chief General Dev Shumsher organized ‘Sanad Sawal’ for regular worship in the temple on Paush 01, 1945. Similarly, according to the complaint, on June 7, 1958, the then Maharaja Dev Samsher and Commander-in-charge Chandra Samsher made similar arrangements. According to the ‘Sanad Sawal’ by the Shree 3 Government and the donation letter given by Nij Awal Brahmachari Ganesh Giri in the name of Narayansthan Temple, it is stated that there must be daily worship of the temple, celebrations, and ceremonies in festivals and Shree Krishna Jatras, serving the pilgrims, sages and fixing any repairs in the temple whenever necessary to continue these activities in the temple every day. 

Shree Narayansthan Vishisht Mahayagya 2063 was organized here under the chairmanship of Rudranath Adhikari for religious awakening and all-around development of the Narayansthan area. Donations were collected in the presence and participation of a large number of devotees in this mahayagya for the noble work. 

References: 

Mahesh Parajuli: Chairman, Narayansthan Dharmik Chetra Bikas Samiti

Contact 9856021755

Ram Chandra Poudel: Advisor, Narayansthan Dharmik Chetra Bikas Samiti

Contact 9846053752

Govinda Bahadur Tamrakar: Secretary, Maitri Sangh, Pokhara 3 

Mobile No. 9846061142

Prakash Man Udas: Ward Chairman

Mobile No. 9856003003 

नमस्ते ! हजुरलाई लक्ष्मीनारायण मन्दिर नारायणस्थानमा स्वागत छ।

 

श्री गणेशाय नमः

ॐ श्री परमात्मने नमः

ॐ नमो भगवते वासुदेवाय

 

लक्ष्मीनारायण मन्दिर नारायणस्थान

 

गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर नारायणस्थान स्थित लक्ष्मीनारायण मन्दिर वि.सं. १९३७ पूर्व फिरन्ता व्रह्मचारी गणेश गिरीले स्थापना गरेका थिए । यो लक्ष्मीनारायण मन्दिर पोखरामा मात्र नभई सम्पूर्ण कास्की जिल्ला, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङजा, पाल्पा, तनहुँ, लमजुङ, गोरखा लगायत नेपालका विभिन्न जिल्लाहरू र भारतका विभिन्न अखडाहरू, तीर्थस्थल, धामहरूमा प्रचार प्रसारमा रहेको थियो । मुक्तिनाथ जाने र फर्कने तीर्थयात्रीहरू साधु सन्तहरू, महात्माहरूको आश्रय स्थल पोखराको नारायणस्थान नै थियो । अन्नपूर्ण, माछापुच्छ्रे हिमश्रृखलाबाट उत्पत्ती भई पोखराको यस नारायणस्थान हुँदै वग्ने पवित्र शुक्ला गण्डकी (सेती नदी) को तटमा अवस्थित यो क्षेत्रको आफ्नै नैशिष्ठता रहेको छ । नारायणस्थान मन्दिर भन्ने वित्तिकी सबैको शिर निहुरिन्छ । सुरुमा नारायणस्थानमा नै पृथ्वीनारायण क्याम्पस, कन्या मा.वि., राष्ट्रिय उच्च मा.वि. को स्थापना र सञ्चालन भएको थियो । त्यस्तै यही नारायणस्थानमा आवल ब्रह्मचारी बालकृष्ण सुवेदीबाट वि.सं. १९९७ सालमा ब्रह्मचर्याश्रम तथा महर्षि गुरुकुल वेद विद्याश्रमको स्थापना र सञ्चालन गरेका थिए । नेपाल सरकारबाट पोखरामा पहिलो सरकारी कार्यालय प्रहरी र घरेलु कार्यालय यही स्थापना र सञ्चालन गरिएको थियो । 

 

मन्दिर संस्थापक फिरन्ता व्रह्माचारी गणेश गिरीले नारायणस्थान गुठीको रूपमा विभिन्न स्थानमा १२० मुरी खेत र ४० माटो मुरी पाखो गुठी व्यवस्था गरी पोखरा – ३, नदीपुरका देवीदत्त पाध्या पराजुलीलाई मन्दिरको पुजारी तुल्याई पुजा आजा सञ्चालन गराएका थिए ।

 

वि.संं १९४३ सालमा फिरन्ता ब्रह्मचारी गणेश गिरी ब्रह्मलीन (परलोक) भएपछि वि.सं. १९४५ पौष १ गते तत्कालिन श्री ३ महाराज वीरशम्शेर र कमाण्डर इन्चीफ जनरल देव शम्शेरबाट नित्य नैमित्तिक पुजाका लागि सदन सवाल भएको देखिन्छ । त्यसैगरी जाहेरी अनुसार वि.सं. १९५८ जेष्ठ ७ मा तत्कालिन श्री ३ महाराज देव शम्शेर र कमाण्डर इन्चीफ चन्द्र शम्शेरबाट समेत सदन सवाल भएकोे थियो । उल्लेखित सनद सवाल र निज आवाल ब्रहमचारी गणेश गिरीले नारायणस्थान मन्दिरका नाममा गरी दिएको दानपत्र बमोजिम नारायणको नित्य नैमित्तिक र पर्वपर्वमा दरी चलि आए बमोजिम पूजा आजा, श्री कृष्ण जात्रा र जो आएका साधुसन्तहरूलाई सिदा सदावर्त जो दिनु पर्ने दिई, मन्दिर भत्के विग्रेको समेत सजी बनाइ पुजा आजा सूचारु रुपले गर्नु भन्ने सनद सवाल भएको थियो । 

 

यस मन्दिरलाई संस्थागत गर्ने उद्देश्यले रुद्रनाथ अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता नं. १३४४ ०६१।०६२ मिति २०६१।०४।३१ मा नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नामक संस्था दर्ता भयो । त्यसपछि समाज कल्याण परिषद् ऐन अनुसार यस संस्थालाई आवद्धता नं. २२७६०।०६३/६४ मिति २०६४।०३।१२ मा विधिवत दर्ता गरिएको छ । संस्थापक अध्यक्ष रुद्रनाथ अधिकारीको कार्यरत रहँदै २०७०।०४।०४ मा स्वर्गारोहण भएपछि बसेको संस्थाको दोस्रो अधिवेशनबाट महेश पराजुली अध्यक्ष चयन भई गठित समितिबाट विभिन्न कार्यहरू सम्पादन हुँदै आएका छन् । 

 

धार्मिक जागरण र नारायणस्थान क्षेत्रको सर्वाङ्गीण विकासको लागि रुद्रनाथ अधिकारीको अध्यक्षतामा श्री नारायणस्थान विशिष्ट महायज्ञ २०६३ आयोजना गरियो । यस महायज्ञमा अत्यधिक भक्तजनहरूको उपस्थिति र सहभागितामा दान रकम सङ्कलन गरिएको थियो । 

 

सन्धर्भहरु र थप जानकारीका लागि: 

महेश पराजुली: अध्यक्ष, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति

सम्पर्क ९८५६०२१७५५

 

रामचन्द्र पौडेल: सल्लाहकार, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति

सम्पर्क ९८४६०५३७५२

 

गोविन्द बहादुर ताम्राकार: सचिव, मैत्री संघ, पोखरा ३

मोवाईल नं ९८४६०६११४२

 

प्रकाश मान उदास: वडा अध्यक्ष

मोवाईल नं ९८५६००३००३ 

 

मैत्री चैत्य तथा करुणामय मन्दिर 

नारायण स्थान, पोखरा ३

 

पोखरामा बुद्ध धर्म दर्शनको प्रतिष्ठापन नदीपुर नारायण स्थान स्थित ‘मैत्री चैत्य’ निर्माणबाट भएको स्पष्ट देखिन्छ। सम्भवतः अहिलेसम्म प्राप्त जानकारी अनुसार वि.सं. १९६० को दशकमा निर्मित यो चैत्य पोखरामा हालसम्म उपलब्ध भएका चैत्यहरूमा सबैभन्दा पुरानो हो।

 

वि.सं. १९३० सालमा पोखराको तेर्सापट्टीमा जन्मनुभएका स्व. खरदार रत्नमान उदास जसले मैत्रीचैत्य स्थापना गर्नुभएको थियो । वहाँ एक विशुद्ध आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो।

 

स्व. रत्नमान खरदार युवा अवस्था देखि नै गहिरो आध्यात्मिक रूचि आस्था र चिन्तन भएको व्यक्तिको रूपमा चिन्ह सकिन्छ । उहाँमात्र २५÷३० वर्षको उमेर हुँदा हाल पुनः निर्माण भएको मैत्रीचैत्य निर्माण गर्नुभएको देखिन्छ । मैत्रीचैत्यको निर्माणबाट उत्साहित भै. वि.सं. १९७२ सालमा तेर्सापट्टीकै सिद्धिमान, जुजुमान श्रेष्ठसँग उनीहरूको मातहत रहेको कोदालेपाटन (स्व. खरदारको आफ्नै घर अगाडिको चौर) मागी मैत्रीचैत्यभन्दा ठूलो आकारमा चैत्य र त्यससँगै एकतल्ले पाटी बनाउनुभएको देखिन्छ। 

 

तिनै स्व. रत्नमान खरदारको आध्यात्मिक चिन्ताबाट निस्रित नदीपुर नारायणस्थान स्थित मैत्रीचैत्य तथा करुणामयको मन्दिर वि.सं. १९६० को दशमा त्यस्तै १९६३ देखि १९६५ को आसपासतिर निर्माण भएको देखिन्छ । त्यसको उत्तरतर्फ राधाकृष्ण मन्दिरको मूल ढोकाको दाहिनेतिर झुण्ड्याईएको एउटा काँसको घन्टामा उल्लिखित मिति अनुसार वि.सं. १९९४ सालमा उक्त घण्टा चढाएको देखिन्छ। यस मैत्रीचैत्य निर्माणको लामो समयपश्चात् वि.सं. १९९० को दशकतिर अर्घौ झाझरमारेका मुरमर्दन नामक व्यक्ति र गणेशबहादुर डिट्टाको खर्च र अनुरोधमा स्व. रत्नमान खरदारकै रेखदेखमा राधाकृष्ण मन्दिर र सो अगाडिको एकतल्ले पुजारी वस्नेघर निर्माण भएको बुझिन्छ।

 

वि.सं. १९६० को दशकमा मैत्री चैत्यको निर्माणपछि यहाँ भएका बहुसंख्यक बौद्धमार्गीहरू नित्यपूजागर्न यस चैत्यमा आउने गरेको कुरा बूढापाकाहरूबाट अद्यावधि सुन्नमा आउँछ । चैत्य तथा करुणामयको मन्दिर भग्नावशेषको रूपमा रहेको बेला पनि सिठी नखः को दिन पाटनबाट आएका नेवार तथा बरेजुसमुदाय यहां आई पूजाआजा गर्ने गरेको यस लेखकले प्रत्यक्ष देख्ने अवसर पाएको छ । मैत्रीचैत्य तथा करूणामयमा नित्य पूजागर्ने सम्बन्धमा लेखक स्वयम पनि पनि बाल्यकालमा आफ्ना पितासंग नित्य पूजामा सरिक हुने गरेको अनुभव छ। यस गौरवमय भूमिमा अवस्थित मैत्रीचैत्य तथा करूणामयमन्दिर भग्न भएपछि यसको अस्तित्व संरक्षणको लागि बेलाबेलामा सोच्ने कामहरू नभएको होइन तर कामको सही थालनी २५३९ औं गौतम बुद्धजयन्तीको पावन दिन २०५२ वैशाख ३१ गते पोखरा नगरपालिकाका मेयर भोला थापाबाट शिलान्यास भै उहांबाटै २०५२ आषाढ २८ गते आषाढ पूर्णिमाको पावन दिनमा अनावरण भयो । पुनः निर्माणको काम स्वयम् स्व. रत्नमान खरदारकै छोरा शिवमान उदासको अध्यक्षतामा गठित दूतमान उदास, राजेन्द्र उदास, भैरवबहादुर उदास, धनबहादुर उदास, चोकनारायण ताम्राकार, दीपक उदास, गोविन्द ताम्राकार र रन्जन बैद्य सदस्य रहुनुभएको एउटा पुनः निर्माण समितिबाट भएको थियो । 

 

 मैत्रीचैत्य तथा करुणामय मन्दिरको नमूना मैत्री संघका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले तयार गर्नु भै  निर्माण अवधिभरि  रेखदेख गर्नु भएको थियो । यस प्रकार पोखराको सन्दर्भमा बुद्ध धर्म, दर्शनको प्रतिष्ठापनार्थ सिङ्गो इतिहास बोकेको यस चैत्यको पुनः निर्माणमा विशेष गरी पो.न.पा. वडा नं. ३ का वडाअध्यक्ष रञ्जन बैद्य, पुनः निर्माण समितिका सदस्य गोविन्द ताम्राकार र दीपक उदासले श्रद्धापूर्वक जुन उत्साह जाँगर देखाउनु भयो पोखराको बौद्धगतिविधिमा एउटा उल्लेखनीय उदाहण बन्न पुगेको छ ।

 

वि.सं १९६० दशकमा निर्मित यस चैत्य तथा करुणमय मन्दिरको वि.सं २०५२ मा पून निर्माण पछी नामाकरण भएको यस मैत्री चैत्य तथा करुणमय मन्दिरको संरक्षण र सम्वर्धन साथ साथै सामाजिक सेवाको माध्यमबाट समाजमा दया , मैत्री तथा करुणाभाव जागृत गराउने उल उद्धेश्य लिएर मैत्री संघ , पोखराको २०५३ साल विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । 

 

वि.सं २०५७ सालमा मैत्री संघको सकृयतामा चैत्य अगाडी भएको पुरानो पाटी भएको ठाउंमा मैत्री भवन निमार्ण गरेको छ ।  मैत्री संघको आफनो उद्धेश्य अनुसार मैत्री चैत्य तथा करुणामय मन्दिरको सम्रक्षण सम्वर्धन  साथै व्यवहारिक बुद्ध शिक्षाको प्रचार प्रसार गर्दै आएको छ । 

 

मैत्री संघले  स्थापनाकाल देखिनै निशुल्क वाल शिक्षा कार्यक्रम संचालन गर्दै आएको छ । निशुल्क वाल शिक्षा कार्यक्रम अन्तरगत अध्ययन गरिरहेका  वाल वालवालीकाहरु लाई निशुल्क शैक्षिक सामग्री वितरण, स्थानिय विभिन्न सरकारी स्कूलहरुमा सम्र्पक गरि निशुल्क पठन पाठन व्यवस्या गर्दै आएको छ । 

 

मैत्री संघको सकृयतामा निमार्ण भएको यस  मैत्री भवनमा दैनिक योग साधना अभ्यास , विहान ७ वजे देखि विहान ९ वजे सम्म दैनिक  निशुल्क वाल शिक्षा कार्यक्रम , ध्यान अभ्यास कार्यक्रम संचालन हुदै आएको छ ।  साथै यस मैत्री भवनमा बुद्ध जयन्ती समारोह समितिको सचिवालय पनी संचालन हुदै आएको छ । 

 

सम्पर्क थप जानकारीका लागि:

गोविन्द बहादुर ताम्राकार

सचिव 

मैत्री संघ, पोखरा ३

मोवाईल नं ९८४६०६११४२

 

निलकंन्ठ महादेब मन्दिर

 

नारायण स्थान , पोखरा ३

 

ऐतिहासिक नारायणस्थान धार्मिक क्षेत्रमा अवस्थित श्री निलकण्ठ महादेव मन्दिर, आनन्द गिरि (अन्ना बाबा) ले २०३२ सालमा मुक्तिनाथ यात्रामा जाँदा अवलोकन, २०४६ सालबाट अखण्ड (ध्वनी) धोनि र अखण्ड दीप प्रज्वलन गरी २०४९ सालमा शिव मन्दिरको शिलान्यास गरी २०६७ सालमा सम्पन्न भएको यस शिव मन्दिरमा नर्मदेश्वर शिलाद्वारा निर्मित विशाल शिवलिङ्ग, ललितादेवी, गणेश, हनुमान, राम सिता लक्ष्मण, नवग्रह, गंगामाता, सूर्यदेव, शनिदेव, राधाकृष्ण, भैरव, चिताईमाता लगायतका भगवानका विग्रह अवस्थित रहेका छन् ।

 

यस निलकण्ठ महादेव मन्दिर (आश्रम) मा नित्य पूजापाठ, हवन, जप, अनुष्ठान, साधु सन्यासीलाई भोजन, सार्वजनिक दुर्गा पूजा, हनुमान आराधना, ग्रहशान्ति, शनिपूजा, विवाह, व्रतवन्ध, जन्मोत्सव, रुद्री, सत्यनारायण, १८ पुराण आदि सम्पूर्ण जन्ममरण पर्यन्तका पूजापाठ साथै चिना हेर्ने बनाउने आदि यस पवित्र धार्मिक क्षेत्रमा साउन महिना शिवरात्री विशेष भक्तजनहरुको घुईचो र आफ्नो मनोकामना पूर्ण हुने विश्वास रहेको छ ।

 

यस संस्थाका संस्थापक संरक्षक आनन्द गिरि (अन्ना बाबा) र अहिले उहाँका चेला महन्त सदा शिव गिरि र नीलकण्ठ महादेव समितिद्वारा सञ्चालन रहेको छ ।

 

यस मन्दिरका मुख्य पण्डित गुरु ज्यो.पं. रामकृष्ण पौडेलले नित्य पूजापाठ गरी आएको कुरा उल्लेख रहेको छ ।

 

सम्पर्क थप जानकारीका लागि:

९८०२८२४१९३

 ९८४६६२१९९७ 

 

राधाकृष्ण मन्दिर

नारायण स्थान , पोखरा ३

वि.सं. १९९७ सालमा आबाल ब्रह्मचारी बालकृष्ण सुवेदी धनकुटाबाट फिरन्ते जोगीको रुपमा आएर ब्रह्मचर्याश्रम स्थापित गरेर त्यतिबेलाका राजा महाराजाहरुले गुठी जग्गा प्रदान गरेर त्यहाँ रहेको शिव मन्दिर र राधाकृष्ण मन्दिरमा दैनिक पुजा प्राथना र रुद्री, पाठ हवन आदि कार्य नित्य ब्रह्मचर्याश्रमबाट हुँदै आएको थियो । पछि आएर संस्थापकको ब्रह्मलिन पछी उहाँका शिष्य महेश्वर सुवेदीद्वारा पुजा, प्रार्थना हुँदै आएको थियो । वि.सं. २०४४ सालमा ब्रह्मचर्याश्रम समिति नामक संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भई ब्राह्मचार्यश्रम समितिको मात्र रेखदेख गर्ने कार्यमा आश्रम व्यस्त रहेर राधाकृष्ण मन्दिरको रेखदेखमा ओझेल परेकोले राधाकृष्ण मन्दिरको पुजा प्रार्थना गर्न वि.सं. २०४४ साल पछि गणेश प्रसाद अधिकारीलाई राधाकृष्ण मन्दिरमा पुजा प्रार्थना गर्नु भनी जिम्मा लगाएर सोही बमोजिम निज गणेश प्रसाद अधिकारी मन्दिर नजिकको पौवामा (टिनको छानो भएको घर) बसी मन्दिरको रेखदेख र पुजा प्रार्थना गरेका थिए । त्यसपछि २०६४ सालमा यिनै पुजा प्रार्थना गर्ने व्यक्ति गणेश प्रसाद अधिकारीको अध्यक्षतामा राधाकृष्ण संरक्षण तथा सम्बद्र्धन सेवा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर कार्य गर्दै आएको थियो । नीज गणेश प्रसादको २०७१ सालमा मृत्यु पश्चात समितिद्वारा ब्राह्मणको व्यवस्था गरी दैनिक पूजाआजा गरिदै आएको छ । 

 

२०६४ सालमा दर्ता भएको समितिले जिर्ण मन्दिरलाई जिर्णोद्वार गरी राधाकृष्ण मन्दिरलाई हालको स्वरुप दिएर उक्त मन्दिरमा विधिवत पुजा प्रार्थना हुँदै आएको व्यहोरा अनुरोध छ । उक्त कार्य बाहेक कृष्णजन्माष्टीका दिनमा मन्दिरमा भव्य रुपमा बाजागाजा, पुजा, प्रार्थना, प्रसाद वितरण र कृष्ण भगवानको बारेमा प्रवचन समेत गरिदै आएको एवम् सोही दिनमा भगवान श्रीकृष्णको जन्मोत्सव यस समितिले मनाउँदै आईरहेको छ । यस कार्यबाहेक बेलाबेलामा जेष्ठ नागरिकहरुलाई भेला गराएर भगवान श्रीकृष्णको महिमाको गुणगान एवम् प्रवचन गर्ने कार्य पनि यस समितिले गर्दै आएको छ । हाल आएर मन्दिरमा सेवा गरेवापत गौतम गुरुङलाई समितिले संरक्षक र बन्धुराज पराजुलीलाई समितिको अध्यक्ष बनाई कार्यभार सुम्पिएको छ । उक्त समितिले ब्राह्मण पुजारीको व्यवस्था गरी दैनिक पुजा प्रार्थना एवम् हवन गरिदै आएको छ । 

 

ब्रह्मचर्याश्रम तथा महर्षि गुरुकुल वेद विद्याश्रम

श्री

श्री मन्मङ्गलमूर्तये नमः

ॐ नमः शिवाय

ब्रह्मचर्याश्रम तथा महर्षि गुरुकुल वेद विद्याश्रम 

 

प्राकृतिक सुन्दरताले ओतप्रोत अन्नपूर्ण हिमशृङ्खला माछापुच्छ«े हिमालयको काखमा शुक्लागण्डकी (सेती नदी) को किनारमा पोखरा महानगरपालिका वडा नं. ३, नदीपुर स्थित नारायणस्थान पवित्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक धरोहर रही आएको छ । 

 

मुक्तिनाथ दर्शनका सिलसिलामा आबाल ब्रह्मचारी बालकृष्ण सुवेदी वि.सं. १९९६ सालमा पोखराको नारायणस्थानमा आउनु भएको रहेको रहेछ । सिद्ध पुरुष आबाल ब्रह्मचारी बालकृष्ण सुवेदीको दर्शन सत्संग गरी ज्ञान प्राप्त गर्न भक्तजन तथा पोखराका भद्र भलादमी साहु महाजनहरू आउने जाने क्रम बढ्न गएछ । नारायणस्थानमा रहँदै गर्दा नारायणस्थानमा ब्रह्मचर्याश्रम गुरुकुल सञ्चालन गरी संस्कृत शिक्षाको वेद बेदाङ्ग अध्ययन अध्यापनको केन्द्रको रूपमा विकसित गर्ने इच्छा जागृत भएछ । वि.सं. १९९७ सालमा नारायणस्थान मन्दिरको उत्तर तर्फ पर्ने हालको कि.नं. १३१ क्षेत्रफल १२५०.८० वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरी सोही जग्गामा वि.सं. १९९७ सालमा ब्रह्मचर्याश्रम स्थापना गरी महर्षि गुरुकुल वेद विद्याश्रम सञ्चालन गर्नु भएको थियो । यस आश्रम सञ्चालनमा अल्मोडा भारतबाट आएका प्रेम चैतन्य ब्रह्मचारीको पनि योगदान रहेको बताइन्छ । आबाल ब्रह्मचारी बालकृष्ण सुवेदीका शिष्य मौनी महाराज ब्रह्मचारी पनि यस आश्रम सञ्चालन गर्न लागि परेको पाइन्छ । भिक्षाटन र दानदाताको सहयोगमा सञ्चालित यस ब्रह्मचर्याश्रम महर्षि गुरुकुल वेद विद्याश्रममा ५० देखि १०० जना सम्म बटुक ब्रह्मचारीहरू पठनपाठन गर्दथे । आश्रममा दैनिक वेदपाठ, रुद्री पाठ, हवन, कार्तिक र वैशाख महिनामा गायत्री पुरस्चरण शतरुद्री, शतचण्डी जस्ता यज्ञहरू पनि गरिन्थे । यस आश्रम सञ्चालनका लागि १५।२० जना ब्रह्मचारीहरू प्रत्येक वर्ष मंसिर देखि माघसम्म पहाड तथा तराई तिर भिक्षाटन गर्न जाने परम्परा रहेको बताइन्छ । उनीहरूले भिक्षाटनका दौरानमा सङ्कलन गरेको दान तथा चन्दा आदि नगद एवं अन्य दैनिक उपभोग्य वस्तुहरू धान, चामल समेत सङ्कलन गरी आश्रममा पठाउने तथा आफूहरू आउँदा ल्याउने गर्दथे । यो क्रम मूलतः आश्रम सञ्चालनकै आधार अन्तर्गत पर्दथ्यो । यो ब्रह्मचर्याश्रम गुरुकुलको व्यवस्थित रूपले सञ्चालन होस् भन्ने ध्येयले वि.सं. २०१४ सालमा पोखरा ८ सिमलचौर निवासी धनपति उपाध्याय बरालले पोखरा ८ मा रहेको हाल कि.नं. ८३ क्षेत्रफल १९९५.३० वर्ग मिटर) र कि.नं. ८२ २३६९.२० वर्ग मिटर) क्षेत्रफलको जग्गा गुठीको रूपमा राखी दिएको देखिन्छ । स्वयम् आबाल ब्रह्मचारी बालकृष्ण सुवेदीले आफूले भिक्षाटन तथा दान दाक्षिणाबाट जम्मा गरेको रकमबाट साबिक अर्घाै ८ को कित्ता नं. १२ क्षेत्रफल १०–८–१०–० जग्गा खरिद गरी आश्रमको नाममा गुठी राखी दिएको पाइन्छ । 

 

प्रस्तोता थप जानकारीका लागि

रामचन्द्र पौडेल

अध्यक्ष

ब्रह्मचर्याश्रम समिति तथा महर्षि गुरुकुल वेद विद्याश्रम

पोखरा–३, नारायणस्थान

सम्पर्क ९८४६०५३७५२

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments

Related stories

Discover more enchanting stories