Link is copied to clipboard.

Tamreshwor Mahadev Temple

0:00
/

The Tamreshwor Mahadev Temple in Nawali Tole is located between Jay Bagheshwori and Sifal Tole. The temple is facing westwards and it is adorned with copper roof which gives it an attractive and artistic look. This temple originally had stone walls with its roof made up of bushes which added to its aesthetic appeal. Subsequently, stone walls resembling terracotta were added to the temple. In response to a request from the Pashupat Kshetra Bikash Kosh, the Department of Archaeology reconstructed the temple in 2047 BS, adding gold plating and pinnacle made up of copper to further enhance its artistic appeal. Inside the sanctum of the Tamreshwor Temple lies a Shivalinga which is believed to have been made during the medieval period. The architectural style and decoration of the Shivalinga inside the temple suggest that it was constructed between the 11th and 12th centuries, with some attributing its creation to the 9th or 10th century AD.

Inside the temple stands a four-faced Shivalinga made of copper. It is believed that the temple got its name as ‘Tamreshwor’ due to the presence of Copper’s Shivalinga inside the temple. An inscription from 1735 B.S. has referred this temple as ‘Tamralinga.’ Although, there is no written proof regarding the construction of the temple, it is estimated to be as ancient as the Pashupatinath Temple. Additionally, the tradition of bringing chariots for traditional Jatras around the Tamreshwar Temple is still prevalent. It is customary to circumambulate Tamreshwor Mahadev temple during all the Khat Jatra that take place in the Pashupat area. Otherwise, the Jatras aren’t marked successfully completed.

Inside the Tamreshwor Temple, there are various statues of different deities in the four corners of the Shivalinga. A statue of Surya is in the eastern corner, Ganesh in the southern corner, Durga in the western corner and Vishnu in the northern corner. Hence, it’s evident that the Tamreshwor shrine is made by following the Shivapanchayan method. In this temple, there are four doors in each direction of the temple. Apart from the eastern door, one can see toran above all the four doors of this temple. Furthermore, there are thirty two tundals in this temple. Additionally, there are different pictures on the base of the temple’s sanctum. All the deities, including Shiva and Parvati, are depicted with power in this.

According to records, in the year 798 Nepal Sambat (1735 B.S.), one of the famous Bharadars of Malla dynasty, added pinnacle to the temple by collecting money by performing fire rituals at different places. It is believed that he formed Guthi at that time and thus for a long period of time, his descendants have been maintaining the temple’s maintenance and performing daily worship there. However, now the daily worship of this temple is being done by the Vaidyas of Devpatan as well as Guthis have formed so as to conduct the daily worship here at this temple.

Local residents come to worship at this temple during various special occasions. However, from a religious, cultural, and archaeological perspective, this temple has its own uniqueness. This temple is considered the final destination for the chariots procession brought from Pashupatinath area during the traditional Jatra. Most of the processions brought from Pashupati return from here. None of the Jatras and processions are marked completed before circumambulating the Tamreshwor Temple.

जयबागेश्वरी र सिफल टोलको बिचमा रहेको नवाली टोलमा ताम्रेश्वर महादेव मन्दिर रहेको छ| धातुका पाताले छाइएको पश्चिमाभिमुख, यो मन्दिर आकर्षक तथा कलात्मक देख्न सकिन्छ| यो महादेव मन्दिर मूल रुपमा पहिले झिँगटीको छाना रहेको थियो| त्यसपछि, जिर्णोद्वारको क्रममा मन्दिरमा जस्तापाताको छाना राखिएको थियो| पशुपति क्षेत्र विकास कोषको अनुरोधमा वि.सं. २०४७ सालमा मन्दिरको पुनर्निमाण पुरातत्त्व विभागद्वारा तामाको छाना तथा स्वर्ण जलपयुक्त गजुर हालिएको थियो, जसले गर्दा पनि मन्दिरलाई थप कलात्मक र आकर्षक बनाएको छ|

ताम्रेश्वर मन्दिरको गर्भगृहमा भने तामाको पाताले ढालिएको एउटा शिवलिङ्ग रहेको छ, जुन मध्यकालमा बनेको मानिन्छ। मन्दिरभित्रको शिवलिङ्गको शैली तथा बनोट हेर्दा यसको निर्माण एघारौं-बाह्रौँ शताब्दीतिर भएको अनुमान गरिन्छ भने कोहि-कोहिले यो शिवलिङ्गलाई ईस्वीको नवौँ-दशौँ शताब्दीको पनि मान्ने गर्दछन्|

मन्दिरभित्र तामाद्वारा निर्मित चतुर्मुख युक्त शिवलिङ्ग छ। जसकारणले गर्दा पनि यो मन्दिर ‘ताम्रेश्वर’ नामले प्रसिद्ध भएको हो। वि.सं. १७३५ को एक अभिलेखमा यो मन्दिरलाई ‘ताम्रलिङ्ग’ नामले सम्बोधन गरिएको छ । मन्दिर कसले र कहिले निर्माण गरेको हो भन्ने थाहा नभएतापनि यो मन्दिर पशुपति मन्दिर जति नै प्राचीन रहेको हुनसक्ने अनुमान गरिन्छ| साथै, पशुपति क्षेत्रमा मनाइने तथा नवाली टोल पुऱ्याइने कुनै पनि परम्परागत यात्राको रथ वा खटलाई ताम्रेश्वर मन्दिरको परिक्रमा गराइने प्रचलन हालसम्म पनि रहिआएको छ|

ताम्रेश्वर मन्दिरभित्र शिवलिङ्गको चारतिर चार कुनामा विभिन्न देवीदेवताका प्रतिमाहरु रहेका छन्। यसको आग्नेय कोणमा सूर्य, नैऋत्य कोणमा गणेश, वायव्य कोणमा दुर्गा र इशान कोणमा विष्णुको मूर्ति राखिएका छन् । तसर्थ, ताम्रेश्वर शिवालय शिवपाञ्चायन पद्धतिमा बनेको स्पष्ट हुने गर्दछ । यस मन्दिरको चार दिशामा चारवटा द्वारहरू रहेका छन्| यो मन्दिरको पूर्व द्वारको तोरण चोरी भएका कारण, यसको पूर्व द्वारबाहेक अन्य तीन द्वारमाथि तोरण रहेको देखिन्छ। त्यस्तै, मन्दिरको तल्लो छानामा सोह्र वटा, माथिल्लो छानामा आठ वटा गरी चौबिसवटा टुँडालहरु रहेका छन्| यसका साथै, दुई तलाका चार कुनामा रहेका आठ वटा टुँडालहरु गरी, यो मन्दिरमा जम्मा बत्तिस वटा टुँडालहरू प्रयोग गरिएको देख्न सकिन्छ। मन्दिरको पश्चिममा एउटा नन्दी र उत्तर फर्केको हनुमानको मूर्ति राखिएको देखिन्छ। मन्दिरको गर्भगृहका भित्तामा विभिन्न मातृकालगायतका देवीदेवताहरूका आठवटा भित्तेचित्रहरू रहेका छन् । यसमा शिवपार्वतीलगायत सबै देवताहरूलाई शक्तिसहित देखाइएको छ।

ने. सं. ७९८ (वि.सं. १७३५) तिर मल्लकालका प्रसिद्ध भारदार चिकुटीका दाजु माधेजुले हरिनाथ उपाध्यायको आचार्यत्वमा अहोरात्र यज्ञ गरी यो मन्दिरमा गजुर हालिदिएको कुरा अभिलेखमा पाइन्छ| मानिन्छ कि, उनले त्यस समयमा गुठी राखिदिएका थिए, जसकारणले गर्दा उनका सन्तानहरूले केही दशक अगाडिसम्म पनि त्यहाँ पूजाआजालगायत मन्दिरको मर्मतसम्भार गर्दथे भन्ने कथन प्रचलित छ| हाल भने, यो मन्दिरको नित्यपूजा गर्न अमालकोटबाट खटिएका कर्माचार्य (आचाजु) बाट नित्यपूजा हुँदै आइरहेको छ।
स्थानीय बासिन्दाहरू विभिन्न पर्व विशेषमा यो मन्दिरमा आएर पूजाआजा गर्ने गर्दछन्। यद्यपी, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक दृष्टिकोणले यो मन्दिरको आफ्नै किसिमको विशेषता छ| यस मन्दिरलाई पाशुपत क्षेत्रमा मनाइने परम्परागत जात्राको रथ वा खटलाई अन्तिम परिक्रमा गराइने स्थान मानिन्छ। पशुपतिबाट ल्याइएका अधिकांश जात्राहरू यहीँबाट फर्काउने परम्परा छ। ताम्रेश्वर मन्दिरको परिक्रमा नगराउन्जेल कुनै पनि पशुपति क्षेत्रका कुनै पनि जात्रा परम्परा सम्पन्न नहुने प्रचलन छ| यसका साथै, ताम्रेश्वर महादेवलाई पशुपतीनाथका गुरुदेव भनेर पनि पुज्ने चलन रहेको छ|

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments