In between the streets of Naxal, after you walk a little inside, you’ll find the entrance to Shankar Kirti Mahabihar. It is located in ward no. 1, Naxal of Kathmandu Metropolitan city. It is located near the Dhungedhara of Naxal.
BACKGROUND
Shankar Kirti Mahabihar is also known as an isolated Bihar of Kathmandu Valley. It is because, people do not visit this mahabihar for performing worship rituals as well as there are no any priests who conduct regular Pooja at this bihar. It is also believed that the rituals and Puja in this bihar used to be efficiently continued till Nepal Sambat 770. Furthermore, there is a prevalent belief that the essence and rituals of Shankar Kirti Mahabihar was degraded because the people who used to live inside the Bihar migrated from this area. The cause for migration is assumed to be the fire that was caused in area nearby Shankar Kirti Mahabihar. However, it is also believed that people migrated from this area because of certain diseases that were occurred at that time.
MAIN SHRINE OF THE BIHAR
Inside the Bihar, Kosta Pala Devata also known as Kwapa Dyo and Gyuwe Devta are placed. The Gyuwe Devta (also known as hidden god/secret god) is placed at the top of Mahabihar and only specific people such as priests of the bihar are allowed to visit the deity.
Apart from these, three of the idols of Shankar Kirti Mahabihar were stolen on the year 2033 B.S. Among the three idols, the idol of the Padmapani Lokeshwar idol has been found. However, the main idol of the mahabihar– Kopa Buddha and another of Laxmi Narayan is still missing from the temple premises.
NAMING AND HISTORY OF MAHABIHAR
Shankar Kirti Mahabihar is also called as “Nang: Sa Baha.” In this Shankar Kirti Mahabihar, one can see the name Shankar Dev carved around the monuments. According to Bhasha Bangshawali, it is mentioned that the Lichhavi King Shankar Dev built this Shankar Kirti Mahabihar. However, according to Gopal Rajbangshawali, the vihar was construted by the Lichhavi King Shiva Dev II and it is said that the bihar was called Nandishala Bahal.
Even though there are two names of this Mahabihar as derived from two different books, both the names refer to the same Mahabihar. While diving into the history of the Mahabihar, two kings are mentioned to be responsible for the construction of the Mahabihar. However, we can conclude that the Bihar was built in Lichchhivi period as both of the kings were from Lichchhivi dynasty. Furthermore, the designs and architecture of the monuments present there represent designs from the Lichhavi period. Thus, we can say that the bihar was constructed during the Lichhavi period.
WORSHIP RITUALS
The daily worship here was done every morning, afternoon, and evening. The ones who do the Puja used to dress like Bikshus (saints) while performing the rituals. Punhi Siwa Khala is a group of people who are dedicated to the service of Mahabihar. They conduct Puja and rituals in every Purnima. Punhi means Purnima and Khala means group of people.
FESTIVALS
Due to the belief in Budha Dharma, Buddha Jayanti is celebrated in Mahabihar by doing Bhajan, Kritan, and distributing Prasad.
Khat Parva is another festival celebrated in this area where it is celebrated for 3 days and 3 nights straight. Paanch charhe is the first day of the festival where guests are invited for celebration. Paa means guests and Charhe means celebrating. Ghode Jatra is the second day which is also called Aamai and the third day is called Titiya/Paaru which is also the last day of the festival.
CONCLUSION:
The hidden Mahabihar of the valley has been quiet for a long time. Although the locals say that they will start continuing to worship and do the rituals as before. However, due to various reasons, the regular worship has not been started yet. Even though there are no rituals done, locals have been taking care of the Mahabihar with the belief that the Mahabihar needs to be conserved.
REFERENCES:
Nareshman Bajracharya- Former Vice- Chancellor, Lumbini Buddhist University
Raj Kumar Shrestha
(Gopal Rajbanshawali) (Kathmandu Upatyakaka Mathmandirharu)
शंकर किर्ति महाविहार
नक्साल वडा नं. १ मा रहेको शंकर कृति महाविहारलाई स्थानीयहरुले नक्सालको भगवान बहाल भनेर पनि चिन्ने गर्दछन्। यो महाविहार नक्सालको मूल सडक चारढुंगेबाट उत्तर तर्फ अलिकति भित्र हिडेपछी पाउन सक्नुहुन्छ। यो महाविहार नक्साल ढुंगेधारा नजिकै अवस्थित छ।
पृष्ठभूमि:
शंकर किर्ति महाविहारलाई काठमाडौँ उपत्यकाको “लुकेको बिहार” भनेर पनि भन्ने गरिन्छ। त्यो भनिनुको कारण, अहिलेको समयमा महाबिहारमा पूजा अनुष्ठान गर्नलाई कोहि पनि नजाने भएकाले र यहाँ नियमित पूजाका लागि पूजा र पूजारी नहुने भएकाले हो। भनिन्छ कि, यस बिहारमा नेपाल संबत ७७० सम्म पुजाआजा सफलतापूर्वक हुने गर्दथ्यो। त्यसपछि बिहारभित्र बस्ने मानिसहरू यस क्षेत्रबाट बसाइँ सरेका कारण शंकर कीर्ति महाबिहारको नित्य पूजा र अनुष्ठानहरू हुन छोडेपछि महाविहार सुनसान भएको विश्वास गरिन्छ । शंकर कीर्ति महाबिहार नजिकैको क्षेत्रमा आगलागी भएको कारण त्यस क्षेत्रका मानिसहरुले बसाइँ सरेको हो भन्ने अनुमान समेत गरिन्छ। यद्यपि यो पनि भन्ने गरिन्छ कि त्यस समयमा भएका रोगहरूका कारण मानिसहरू यस क्षेत्रबाट बसाइँ सरेर गएका थिए।
बिहारको मुख्य स्थल:
बिहारभित्र एउटा कोस्ट पाला देवता जसलाई स्थानीय भाषामा “क्वापा ध्यो” पनि भन्ने गरिन्छ र गुइये देवतालाई पनि यहि स्थानमा स्थापना गरिएको छ। गुइये देवतालाई महाविहारको माथिको भागमा राखिन्छ र उनलाई लुकेको भगवान् पनि भन्ने गरिन्छ। गुइये देवतालाई राखिएको ठाउँमा पुजारीहरूलाई मात्र जाने अनुमति रहेको हुन्छ।
यसबाहेक बिक्रम संबत २०३३ सालको आसपासमा शंकर कीर्ति महाबिहारका तीनवटा मूर्ति चोरी भएका थिए। तीनवटा मूर्तिहरूमध्ये पद्मपाणि लोकेश्वरको मूर्ति फेला परेको छ। यद्यपि महाबिहारको मुख्य मूर्ति-कोपा बुद्ध र अर्को लक्ष्मी नारायणको मूर्ति अझै पनि फेला परेको छैन।
बिहारको नाम र इतिहास:
शंकर कीर्ति महाबिहारलाई “नाङः सा बहा” पनि भनिन्छ। यस शंकर कीर्ति महाविहारमा, स्मारकहरूको वरिपरि कुँदिएको शंकर देवको नाम देख्न सकिन्छ। भाषा वंशावली अनुसार लिच्छवीकालिन राजा शंकर देवले यो शंकर कीर्ति महाबिहार निर्माण गरेको उल्लेख पाइन्छ। त्यसकारण, महाविहारलाई शंकर किर्ति महाबिहार भन्ने गरिएको हो पनि भनिन्छ। यद्यपि, गोपाल राजवंशावली अनुसार विहारको निर्माण लिच्छवीकालिन राजा शिवदेव द्वितीयले गरेको उल्लेख छ। भनिन्छ कि, त्यो बेलामा यो बिहारलाई “नन्दीशाला” बहाल भन्ने गरिन्थ्यो।
यस महाबिहारका दुईवटा नामहरू, दुई फरक पुस्तकहरूबाट पाइए तापनि दुवै नामहरूले एउटै महाविहारलाई जनाउँछन्। महाविहारको इतिहास पल्टाई हेर्दा, दुई राजाहरूको नाम महाविहारको निर्माणका लागि उल्लेखनिय भूमिका रहेको थियो। महाविहार निर्माणको बारेमा कुरा गर्दा हामी यो भन्न सक्छौँ कि बिहार लिच्छवी कालमा नै स्थापना भएको हो। दुई राजाधी मध्य कुनै एक वा दुवैले महाबिहारको सम्पूर्ण निर्माण गरे तापनि दुवै राजाहरु लिच्छवी वंशका थिए। यसबाहेक, त्यहाँ अवस्थित स्मारकहरूको संरचना र वास्तुकला पनि लिच्छवी कालमा बनको प्रमाणित भैसकेको छ ।
पूजा विधिहरू :
यहाँ दैनिक पूजा हरेक बिहान, दिउँसो र साँझ गरिन्थ्यो। पूजा गर्नेहरूले अनुष्ठानहरू गर्दा भिक्क्षुहरु जस्तै लुगा लगाउँथे। “पुन्ही सिवा” खल महाबीहारको सेवामा समर्पित समूह हो। उनीहरूले प्रत्येक पूर्णिमामा पूजा र अनुष्ठानहरू गर्दछन्। पुन्हीको अर्थ “पूर्णिमा” र खलको अर्थ “मानिसहरूको समूह” भन्ने हुन्छ।
चाडपर्व र उत्सवहरू:
महाविहारमा बुद्ध जयन्तीको दिन भजन, किर्तन, र प्रसाद वितरण गरेर मनाइन्छ। यस क्षेत्रमा मनाइने अर्को चाड खट पर्व हो जहाँ यो ३ दिन र ३ रातसम्म मनाइन्छ। “पाँचर्हे” खट पर्वको पहिलो दिन हो जुन दिन आफन्तहरुलाई उत्सवका लागि निम्तो गरिन्छ। ‘पाँ’ को अर्थ पाहुना र ‘चर्हे’ को अर्थ उत्सव मनाउने भन्ने हुन्छ। घोडे जात्रा भने दोस्रो दिन हो जसलाई “आमई” पनि भनिन्छ। त्यसैगरी तेस्रो दिनलाई “तितिया/पारु” भनिन्छ जुन चाडको अन्तिम दिन पनि हो।
निष्कर्ष:
लुकेर बसेको यो महाविहारमा धेरै समयदेखी सुनसान रहेको छ। स्थानीय बासिन्दाहरुले फेरिपनि पहिलाजस्तै पूजाआजा गर्ने भनेतापनि विभिन्न कारणहरुले गर्दा त्यो काम सुरु भएको भने छैन। पूजाविधिहरु नभए पनि, महाविहारको संरक्षण गर्नुपर्छ भन्ने मान्यताले स्थानीय बासिन्दाहरुले यस महाबिहारको रेखदेख गर्दै आइराखेका छन्।
सन्दर्भहरु:
नरेशमान बज्राचार्य- पूर्व उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालय
राजकुमार श्रेष्ठ
गोपाल राजवंशावली
काठमाडौँ उपत्यकाका मठमन्दिरहरु
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Related stories