Link is copied to clipboard.

Ratna Mandir

रत्न मन्दिर, पोखरा 

नमस्कार, आज तपाईँहरूले जान्नुहुनेछ पोखरामा स्थित रत्न मन्दिरको बारे,

परिचय र जियोग्राफी

पोखरा–लेक्ससाइडमा अवस्थित रत्न मन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको एक ऐतिहासिक स्थल हो। यसको उत्तरमा मेन रोड, पूर्वमा सेना घर, पश्चिमतर्फ प्रवेश ढोका र दक्षिणतर्फ फेवाताल र हावा घर रहेको छ। मन्दिर वरिपरि बन्तरी, वेद, आँप, कदम, कमल, वर, पिपल, स्वामी पैयु, डुम्री र अन्य वृक्षहरूले घेरिएको छ। यहाँको चराचुरुङ्गीहरूको गुनगुन, फेवातालको चिसो हावा र शान्त वातावरणले आगन्तुकलाई प्राकृतिक र आध्यात्मिक अनुभूति दिन्छ।

इतिहास र नामको उत्पत्ति

रत्न मन्दिरको इतिहास राजा महेन्द्रको जीवन र नेपालको राजनीतिक परिवेशसँग घनिष्ठ रूपमा जोडिएको छ। वि.स २०१२/१३ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नराज्य लक्ष्मी देवी शाहको सम्मानमा यो महल निर्माण गरी विसं २०१५ सालदेखि पोखरा र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको सवारीको वेला तथा जाडो मौसममा सपरिवार यस महलमा बस्ने गरेको पाइन्छ। पोखरा यहाँको विशेष प्राकृतिक वातावरणका कारण राजा र रानीका लागि आदर्श स्थल मानिन्थ्यो। यहाँ न धेरै गर्मी न धेरै जाडो हुने गर्छ, जसले वर्षा र चाडबाडमा आराम र निजी समय बिताउन उपयुक्त बनाउँछ र बनाउने गर्थ्यो ।

यो जग्गा पहिले राजा वीरेन्द्रको व्यक्तिगत सम्पत्ति थियो। राजा ज्ञानेन्द्रको शासनकालमा यसलाई सरकारीकरण गरिएको थियो र हाल नेपाल ट्रस्टको कार्यालयले यसको संरक्षण गर्दै आएको छ। प्रारम्भमा राजा महेन्द्रले यसलाई “रत्न दरबार” नाम दिने सोच बनाउनुभएको थियो, तर  उहाँलाई लाग्यो कि “दरबार” शब्दले यसको सौन्दर्य र शान्त वातावरणको सम्पूर्ण भाव व्यक्त गर्न सक्दैन। त्यसैले  यसलाई “रत्न मन्दिर” नाम दिनुभयो।

राजनीतिक र सांस्कृतिक महत्त्व

रत्न मन्दिर केवल निजी महल मात्र होइन, यो राजनीतिक र सांस्कृतिक केन्द्र पनि रह्यो। राजा महेन्द्रले यहाँ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो। दक्षिणपट्टि रहेको हावा घरमा बेलायतकी महारानी एलिजाबेथ पनि बस्नुभएको इतिहासमा उल्लेख छ। त्यस्तै, तत्कालीन प्रधानमन्त्री बीपी कोइराला पनि यहाँ बस्नुभएको स्थानीयहरूको भनाइ छ। यसको दक्षिणमा रहेको ग्यारेजमा पुरानो ढुङ्गाहरू राखिएको छ। पुरानो भएतापनि ती ढुङ्गा अहिलेको लागि आधुनिक छन् । त्यो समयमा राजाले आफ्ना अन्तर्राष्ट्रिय पाहुनाहरूलाई त्यो ढुङ्गामा राखेर फेवाताल घुमाउने गर्नुहुन्थ्यो।

संरचना र वास्तुकला

रत्न मन्दिर तीन तलाको छ र यसको निर्माणमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा, माटो र काठ प्रयोग गरिएको छ। यसको बलियो संरचना र स्क्वायर डिजाइनले निर्माणकला र सौन्दर्यलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। मन्दिरको बीचमा मुख्य संरचना रहेको छ र दायाँ–बायाँ दुवै क्षेत्रमा बराबरको जग्गा प्रयोग गरिएको छ।

मन्दिर परिसरमा पाहुनाहरू भेट्ने कक्ष, सानो चिया खाने घर, हावा घर र नानी तरा भनेर चिनिने खेल्ने/घाम ताप्ने क्षेत्र अवस्थित छ। राजकुमार–राजकुमारीलाई खेलाउने र घाम ताप्ने व्यवस्था, पाहुनाका लागि विशेष सुविधाहरू, र दैनिक जीवनका साधारण आवश्यकता (सोफा, कुर्सी, बिस्तारा, किचन उपकरण)ले यसलाई सशक्त ऐतिहासिक महलको रूपमा चिनाएको छ।

प्राकृतिक सौन्दर्य र बोटबिरुवा

मन्दिर वरिपरि विभिन्न वृक्ष र फूलहरू छन्—बन्तरी, वेद, आँप, कदम, कमल, वर, पिपल, स्वामी पैयु, डुम्री आदि। फेवातालको नजिकको शान्त वातावरण, चराचुरुङ्गीको गुनगुन, र तालबाट आउने चिसो हावा आगन्तुकलाई प्रकृति र इतिहासको मिश्रित अनुभव दिन्छ। यहाँका बोटबिरुवाहरूलाई संरक्षण गर्न विशेष ध्यान दिइएको छ, जसले पर्यावरण र ऐतिहासिक सौन्दर्य दुवै कायम राखेको छ।

धार्मिक र सांस्कृतिक गतिविधि

यस मन्दिरमा राजा र पाहुनाले धार्मिक अनुष्ठान, पूजा र पर्वहरूमा सहभागी हुने गर्थे। यसले रत्न मन्दिरको सांस्कृतिक महत्त्व झनै बढाएको छ। यहाँ चाडबाडको बेला राजा गोरखा दरबारबाट आएर केही दिन बस्ने गर्थे। यसले मन्दिरलाई केवल ऐतिहासिक स्थल नभएर, सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा समेत स्थापित गरेको छ।

सञ्चालन र संरक्षण

मन्दिरको संरक्षण नेपाल ट्रस्ट कार्यालयले गर्दै आएको छ। दैनिक सञ्चालन, सुरक्षा, ऐतिहासिक वस्तुहरूको संरक्षण, बोटबिरुवा र वातावरणको व्यवस्थापनमा पूर्ण ध्यान दिइएको छ। यसले रत्न मन्दिरलाई पोखराको ऐतिहासिक र पर्यावरणीय गन्तव्य बनाएको छ।

महत्व र भ्रमणको कारण

रत्न मन्दिर ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अतुलनीय स्थल हो। यहाँ राजा महेन्द्र र रानी रत्नको व्यक्तिगत जीवनको स्मृति, ऐतिहासिक भेटघाट, पाहुनाको स्वागत र राजनीतिक निर्णयको वातावरण भेटिन्छ। साथै, फेवातालको नजिकको हरियाली, चराचुरुङ्गीको गुनगुन, शान्त वातावरण र ऐतिहासिक संरचनाले आगन्तुकलाई अत्यन्त रमाइलो अनुभव दिन्छ।

सन्दर्भ सामग्री 

रत्न मन्दिर संरक्षण कर्मचारी शान्तिदेवी 

रत्न मन्दिर, पोखरा 

 

नमस्कार, आज तपाईँहरूले जान्नुहुनेछ पोखरामा स्थित रत्न मन्दिरको बारे,

 

परिचय र जियोग्राफी

पोखरा–लेक्ससाइडमा अवस्थित रत्न मन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको एक ऐतिहासिक स्थल हो। यसको उत्तरमा मेन रोड, पूर्वमा सेना घर, पश्चिमतर्फ प्रवेश ढोका र दक्षिणतर्फ फेवाताल र हावा घर रहेको छ। मन्दिर वरिपरि बन्तरी, वेद, आँप, कदम, कमल, वर, पिपल, स्वामी पैयु, डुम्री र अन्य वृक्षहरूले घेरिएको छ। यहाँको चराचुरुङ्गीहरूको गुनगुन, फेवातालको चिसो हावा र शान्त वातावरणले आगन्तुकलाई प्राकृतिक र आध्यात्मिक अनुभूति दिन्छ।

 

इतिहास र नामको उत्पत्ति

रत्न मन्दिरको इतिहास राजा महेन्द्रको जीवन र नेपालको राजनीतिक परिवेशसँग घनिष्ठ रूपमा जोडिएको छ। वि.स २०१२/१३ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नराज्य लक्ष्मी देवी शाहको सम्मानमा यो महल निर्माण गरी विसं २०१५ सालदेखि पोखरा र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको सवारीको वेला तथा जाडो मौसममा सपरिवार यस महलमा बस्ने गरेको पाइन्छ। पोखरा यहाँको विशेष प्राकृतिक वातावरणका कारण राजा र रानीका लागि आदर्श स्थल मानिन्थ्यो। यहाँ न धेरै गर्मी न धेरै जाडो हुने गर्छ, जसले वर्षा र चाडबाडमा आराम र निजी समय बिताउन उपयुक्त बनाउँछ र बनाउने गर्थ्यो ।

यो जग्गा पहिले राजा वीरेन्द्रको व्यक्तिगत सम्पत्ति थियो। राजा ज्ञानेन्द्रको शासनकालमा यसलाई सरकारीकरण गरिएको थियो र हाल नेपाल ट्रस्टको कार्यालयले यसको संरक्षण गर्दै आएको छ। प्रारम्भमा राजा महेन्द्रले यसलाई “रत्न दरबार” नाम दिने सोच बनाउनुभएको थियो, तर  उहाँलाई लाग्यो कि “दरबार” शब्दले यसको सौन्दर्य र शान्त वातावरणको सम्पूर्ण भाव व्यक्त गर्न सक्दैन। त्यसैले  यसलाई “रत्न मन्दिर” नाम दिनुभयो।

 

राजनीतिक र सांस्कृतिक महत्त्व

रत्न मन्दिर केवल निजी महल मात्र होइन, यो राजनीतिक र सांस्कृतिक केन्द्र पनि रह्यो। राजा महेन्द्रले यहाँ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो। दक्षिणपट्टि रहेको हावा घरमा बेलायतकी महारानी एलिजाबेथ पनि बस्नुभएको इतिहासमा उल्लेख छ। त्यस्तै, तत्कालीन प्रधानमन्त्री बीपी कोइराला पनि यहाँ बस्नुभएको स्थानीयहरूको भनाइ छ। यसको दक्षिणमा रहेको ग्यारेजमा पुरानो ढुङ्गाहरू राखिएको छ। पुरानो भएतापनि ती ढुङ्गा अहिलेको लागि आधुनिक छन् । त्यो समयमा राजाले आफ्ना अन्तर्राष्ट्रिय पाहुनाहरूलाई त्यो ढुङ्गामा राखेर फेवाताल घुमाउने गर्नुहुन्थ्यो

 

संरचना र वास्तुकला

रत्न मन्दिर तीन तलाको छ र यसको निर्माणमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा, माटो र काठ प्रयोग गरिएको छ। यसको बलियो संरचना र स्क्वायर डिजाइनले निर्माणकला र सौन्दर्यलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। मन्दिरको बीचमा मुख्य संरचना रहेको छ र दायाँ–बायाँ दुवै क्षेत्रमा बराबरको जग्गा प्रयोग गरिएको छ।

मन्दिर परिसरमा पाहुनाहरू भेट्ने कक्ष, सानो चिया खाने घर, हावा घर र नानी तरा भनेर चिनिने खेल्ने/घाम ताप्ने क्षेत्र अवस्थित छ। राजकुमार–राजकुमारीलाई खेलाउने र घाम ताप्ने व्यवस्था, पाहुनाका लागि विशेष सुविधाहरू, र दैनिक जीवनका साधारण आवश्यकता (सोफा, कुर्सी, बिस्तारा, किचन उपकरण)ले यसलाई सशक्त ऐतिहासिक महलको रूपमा चिनाएको छ।

 

प्राकृतिक सौन्दर्य र बोटबिरुवा

मन्दिर वरिपरि विभिन्न वृक्ष र फूलहरू छन्—बन्तरी, वेद, आँप, कदम, कमल, वर, पिपल, स्वामी पैयु, डुम्री आदि। फेवातालको नजिकको शान्त वातावरण, चराचुरुङ्गीको गुनगुन, र तालबाट आउने चिसो हावा आगन्तुकलाई प्रकृति र इतिहासको मिश्रित अनुभव दिन्छ। यहाँका बोटबिरुवाहरूलाई संरक्षण गर्न विशेष ध्यान दिइएको छ, जसले पर्यावरण र ऐतिहासिक सौन्दर्य दुवै कायम राखेको छ।

 

धार्मिक र सांस्कृतिक गतिविधि

यस मन्दिरमा राजा र पाहुनाले धार्मिक अनुष्ठान, पूजा र पर्वहरूमा सहभागी हुने गर्थे। यसले रत्न मन्दिरको सांस्कृतिक महत्त्व झनै बढाएको छ। यहाँ चाडबाडको बेला राजा गोरखा दरबारबाट आएर केही दिन बस्ने गर्थे। यसले मन्दिरलाई केवल ऐतिहासिक स्थल नभएर, सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा समेत स्थापित गरेको छ।

 

सञ्चालन र संरक्षण

मन्दिरको संरक्षण नेपाल ट्रस्ट कार्यालयले गर्दै आएको छ। दैनिक सञ्चालन, सुरक्षा, ऐतिहासिक वस्तुहरूको संरक्षण, बोटबिरुवा र वातावरणको व्यवस्थापनमा पूर्ण ध्यान दिइएको छ। यसले रत्न मन्दिरलाई पोखराको ऐतिहासिक र पर्यावरणीय गन्तव्य बनाएको छ।

 

महत्व र भ्रमणको कारण

रत्न मन्दिर ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अतुलनीय स्थल हो। यहाँ राजा महेन्द्र र रानी रत्नको व्यक्तिगत जीवनको स्मृति, ऐतिहासिक भेटघाट, पाहुनाको स्वागत र राजनीतिक निर्णयको वातावरण भेटिन्छ। साथै, फेवातालको नजिकको हरियाली, चराचुरुङ्गीको गुनगुन, शान्त वातावरण र ऐतिहासिक संरचनाले आगन्तुकलाई अत्यन्त रमाइलो अनुभव दिन्छ।

 

सन्दर्भ सामग्री 

रत्न मन्दिर संरक्षण कर्मचारी शान्तिदेवी 

 

 

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments