Link is copied to clipboard.

Modi Beni Dham

27 people have read this story

0:00
/

Welcome to Modi Beni Dham, Kushma !

Modi Beni Dham is a sacred site located at the intersection of two rivers, Modi and Kaligandaki. This place is also known as Majhbeni Bhitramuni, which is home to the famous Narasimha temple and place where saligram is found. In this temple, Saligram Sila is considered as the main deity of the temple. The site is particularly popular with those making a pilgrimage to Muktinath. Many sages, sadhus, and religious visitors have been visiting this place for a long time, and they used to practice meditation, yoga, and engage in spiritual dialogues.

A Vaishnava sage Jairam Das Bairagi who had gone to the Muktinath from Vrindavan, stayed here while returning from his visit. During his stay, he saw Lord Narasimha appear from the Shaligram Vigraha and said, “I am Shaligram in the form of Narasimha.” Do not try take me away from this place, I will dwell here.” After this dream-like vision from the Shaligram he established the Ashram, Akhada and Narasimha Temple at this place and established the Sadavrata Annachetra. He is believed to have appointed a Bairagi priest to conduct daily worship and named his followers Bairagis.

Two hundred years old documents from 1805 B.S. are still here. The Modi Beni Dham temple seems to have been established in 1880 B.S. With a history of more than 300 years, Narasimha Mandir Bairagi Akhada Modibenidham is one of the oldest temples established by the Nimbarak Sampradaya and Bairagi Vaishnavas for social service. For the convenience of the many devotees who make pilgrimage to Muktinath, there has been a constant food pantry, a food storehouse and facility to Sidadan from the ancient times to present .

At present, the Modi Beni Dham premises has a variety of holy places that attract many pilgrims. Visitors can explore the Narasimha temple, 108 sacred taps, 108 tulasi mats, 64 jyotilingas, a small cave, and a space for performing kirtan. The rare Vaishnav bairagi akhada in Nepal is also located here. Additionally, there is an old age home operated by locals and religious organizations, providing shelter to the elderly and other vulnerable individuals who are physically handicapped, abandoned by their families, or feeling lost and lonely.

The main priest is the worshipper of Radha Krishna and lord vishnu. The temple is still revered and maintained in the Vaishnav bairagi culture. The priest must cleanse their body by taking a regular bath in the river before performing their duties. Vaishnavas wear kanthi malas made of Ocimum tenuiflorum (known as tulsi or tulasī), given to them by their guru during diksha or spiritual initiation. They also wear tilak on their forehead, indicating their affiliation with Vishnu. The priest begins by ringing the bells to awaken the lord, then cleanses the idol and saligram in the temple. Incense and diyos are burned, and different types of flowers are offered to the lord.

Afterward, the aarati commences with the priests and musicians playing kirtans, bhajans, and Narshimha stuti while accompanied by sankha and bells. At 6 pm, the temple prayer and evening aarati starts.The aarati concludes with the tilak, flowers, fruits, and sweets offered to the devotees. And after aarati and offering of prasad to the devotees, the temple door closes. 

The Narasimha temple holds daily worship, while special occasions such as Krishna Astami, Ram Navami, Shivaratri, Narasimha Chaturdashi, Guru Purnima, Thuli Ekadashi, Maghe Sakranti, and Nag Panchami attract many devotees to the temple. Since ancient times, there has been a tradition of holding a fair in the area of ​​Sri Narasimha temple starting from Maghesankranti and continuing till Chaitra and then going to the fair from ModiBeni to Baglung Kalika temple on Chaitrashtami.

Modi Beni Dham Aryaghat is also located nearby where pilgrims from Syangja’s Waling, Yayarghari, Kaski, Parbat, Baglung to cremate the dead. Here the cremated ashes are washed in the holy water of Kaligandaki river. This is one of the important cremation grounds of western nepal.

There is a history of visits made by the king of Parvat, Ranas of Nepal and kings of the Shah Dynasty in this region. In recent times, the temple has become a popular destination for sadhus, sanyasis, devotees, religious travelers, and even tourists who come to witness the confluence of two rivers, Modi and Kali Gandaki. Additionally, visitors also frequently visit the area to search for Shaligrams; special fossil stones that can be found mainly on the banks of the Kali Gandaki River. Shaligrams are not only significant for their religious importance, but also for geologists who believe that the spherical carvings are fossils of the now-extinct aquatic insect, ammonite.

Today the Modi Beni Dham is preserved and promoted by Modi Beni narasimha temple development committee. 

Read Stories of Places to Visit in Kushma …

Reference

Keshab Das Bairagi, Chairman, Modibeni Conservation and Religious Tourism Development Committee

मोदीबेनी धाममा यहाँहरुलाई स्वागत छ!

दुई नदी, मोदी र कालीगण्डकीको संगममा अवस्थित यस पवित्र स्थललाई मोदीबेनी धाम भनेर चिनिन्छ। यो ठाउँलाई माझबेनी भित्रमुनि पनि भनिन्छ, जुन प्रसिद्ध नरसिंह मन्दिर भएको थलो र शालिग्राम पाइने ठाउँ हो। यस क्षेत्रमा शालिग्राम शिलालाई नै मुख्य देवताको रुपमा मानिन्छ। यो क्षेत्र मुक्तिनाथको तीर्थयात्रा गर्नेहरूका लागि विशेष रूपमा लोकप्रिय छ। धेरै ऋषि, साधुहरू र धार्मिक आगन्तुकहरू लामो समयदेखि यस ठाउँको भ्रमण गर्दै आएका छन्, र उनीहरूले ध्यान, योग, अभ्यास र आध्यात्मिक संवादहरु गर्थे। 

वृन्दावनबाट मुक्तिनाथ जानु भएका वैष्णव ऋषि जयराम दास बैरागी, दर्शन गरेर फर्कने क्रममा यसै स्थानमा बास बस्दा साक्षात शालिग्राम विग्रहबाट नरसिंह भगवान प्रकट भइ, “म नरसिंह स्वरुपी शालिग्राम हुँ । मलाई यस ठाउँबाट लाने प्रयास नगर्नु, म यहिँ बास गर्नेछु” भनेर आफ्ना साथमा ल्याएका शालग्रामबाट सपनामा दर्शन दिएपछि महात्माले यसै स्थानमा आश्रम, अखडा र श्रीनरसिंह मन्दिर स्थापना गरी सदाव्रत अन्नक्षेत्र स्थापना गर्नुभएको किम्बदन्ती छ । उहाँले दैनिक पूजा सञ्चालन गर्न बैरागी पुजारी नियुक्त गर्नुभएको र आफ्ना अनुयायीहरूलाई ‘बैरागीहरू’ नामाकरण गर्नुभएको भन्ने मानिन्छ। 

अहिलेभन्दा दुई सय वर्ष पुरानो अर्थात् वि. सं. १८०५ को कागजात अहिले पनि यहाँ रहेको छ। वर्तमानको मन्दिर भने वि. सं. १८८० मा स्थापना भएको देखिन्छ। ३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको श्री नरसिंह मन्दिर, बैरागी अखडा मोदीवेनीधाम, निम्बारक सम्प्रदाय र बैरागी वैष्णवहरूद्वारा समाजसेवाका लागि स्थापित सबैभन्दा पुरानो मठ मध्ये एकको रूपमा चिन्न सकिन्छ । पुर्वकाल देखिनै सो स्थानमा मुक्तिनाथको तीर्थयात्रा गर्ने कैयौं श्रद्धालु भक्तजनको सुविधाका लागि सदाव्रत अन्नक्षेत्र, भोजन भण्डारा र स्वयंपाकी भक्तजनका लागि सिधादान, वर्तमानसम्म पनि वैष्णव वैरागी परम्पराबाट निरन्तर चल्दै आएको छ । 

हाल, मोदीबेनी धाम परिसरमा धेरै तीर्थयात्रीहरूलाई आकर्षित गर्ने विभिन्न पवित्र स्थानहरू छन्। आगन्तुकहरूले नरसिंह मन्दिर, 108 पवित्र धारा, 108 तुलसी मठ, 64 ज्योतिलिङ्ग, एउटा सानो गुफा, र कीर्तन प्रदर्शन गर्न ठाउँ अन्वेषण गर्न सक्छन्। थप रूपमा, यहाँ स्थानीय र धार्मिक संस्थाहरूद्वारा सञ्चालित वृद्धाश्रम छ जसले शारीरिक रूपमा अपाङ्गता भएका, आफ्नो परिवारबाट परित्याग भएका,वा हराएको र एक्लो महसुस गर्ने वृद्ध र अन्य कमजोर व्यक्तिहरूलाई आश्रय प्रदान गर्दछ।

यस मन्दिरमा राधाकृष्णको उपासकबाट नै मुख्य पुजा गरिन्छ । मन्दिरलाई अझै पनि वैष्णव वैरागी संस्कृतिमा कायम राखिएको छ। पुजारीले पुजा गर्नु अघि नदीमा नियमित नुहाएर शरीर सफा गर्नुपर्छ। वैष्णवहरूले तुलसीबाट बनेको कन्ठि मालाहरू लगाउँछन्, जुन उनीहरूलाई दिक्षा वा आध्यात्मिक दिक्षाको बेला उनीहरूका गुरुद्वारा दिइन्छ। तिनीहरूले आफ्नो निधारमा उर्द कुन्था टिका वा तिलक पनि लगाउँछन्, जसले विष्णुसँगको सम्बन्धलाई संकेत गर्दछ। पुजारीले घण्टी बजाएर भगवानलाई जगाउन थाल्छन्, त्यसपछि मन्दिरमा रहेको मूर्ति र शालिग्राम सफा गर्छन्। धूप र दियो जलाएर भगवानलाई विभिन्न प्रकारका फूल चढाइन्छ । त्यसपछि पुजारी र संगीतकारहरूले किर्तन, भजन र नरसिंह स्तुती गरेर अनि शङ्ख र घण्टी बजाएर आरती सुरु हुन्छ। साँझ ६ बजे मन्दिरको पुजा र साँझको आरती सुरु हुन्छ। तिलक, फूल, फलफूल र मिठाई भक्तहरूलाई प्रदान गरेर आरतीको समापन हुन्छ। भक्तहरूलाई आरती र प्रसाद दिएपछि मन्दिरको ढोका बन्द हुन्छ।

नरसिंह मन्दिरमा दैनिक पूजा हुन्छ, जबकि कृष्ण अष्टमी, रामनवमी, शिवरात्रि, नरसिंह चतुर्दशी, गुरु पूर्णिमा, ठुली एकादशी, माघे संक्रान्ति र नागपञ्चमी जस्ता विशेष अवसरहरूमा मन्दिरमा धेरै भक्तजनहरू आकर्षित हुन्छन्। परापूर्वकालदेखि नै श्री नरसिंह मन्दिर क्षेत्रमा माघेसंक्रान्तिबाट मेला लाग्न सुरु गरेर चैतसम्म लाग्ने र त्यसपछि चैत्राष्टमीमा मोदीवेनीवाट वागलुङ कालिका मन्दिरमा मेला जाने परम्परा समेत रहेको छ ।

मोदीबेनी आर्यघाट पनि नजिकै अवस्थित छ जहाँ मृतकहरूको दाहसंस्कार गर्न स्याङ्जाको वालिङ, ययरघारीदेखि कास्की, पर्वत, बाग्लुङ चारैतर्फबाट मनिसहरु आउने गर्दछन् । यहाँ दाहसंस्कारको खरानी कालीगण्डकी नदीको पवित्र पानीमा बगाइन्छ। यो पश्चिमान्चल कै महत्वपूर्ण घाटहरु मध्य एक हो ।

यस क्षेत्रमा पर्वतीय राजाहरू, नेपालका राणाहरू र शाहवंशका राजामहाराजाहरूको समेत आगमन भएको इतिहास छ । पछिल्लो समय मोदी र कालीगण्डकी नामक दुई नदीको संगम हेर्न आउने साधु, सन्यासी, भक्तजन, धार्मिक यात्रु तथा पर्यटकका लागि पनि मन्दिर लोकप्रिय गन्तव्य बनेको छ । यसबाहेक, आगन्तुकहरू शालिग्रामहरू खोज्नको लागि बारम्बार यस क्षेत्रमा आउँछन् । शालिग्राम भनेको चाहिँ विशेष जीवाश्म ढुङ्गाहरू हुन् जुन मुख्य रूपमा काली गण्डकी नदीको किनारमा पाइन्छन् । शालिग्राम धार्मिक महत्वका लागि मात्र नभएर, गोलाकार नक्काशीहरू भएको अहिले विलुप्त भइसकेको जलीय कीट र एमोनाइटको जीवाश्म हो भनि विश्वास गर्ने भूवैज्ञानिकहरूका लागि पनि महत्त्वपूर्ण छन् । हाल, मोदीबेनी नरसिंह मन्दिर विकास समितिले मोदीबेनी धामको संरक्षण र प्रवर्द्धन गरिरहेको छ।

 

सन्धर्भहरु

केशवदास बैरागी, अध्यक्ष, मोदीबेनी संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका 

Our Supporters

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments