Hello! Welcome to Baudhi Mai Temple.
A long time ago, a man from the Kano community in Pipara Pasichyari Tol was ordered by the Goddess to appear in her form and begin her worship. According to the same order, a small shrine was built in the present Pasichyari Tol and the worship of the Goddess was started. Therefore, Baudhi Mai is also known as the goddess worshipped by the people of the Kano community. Many locals also worship Baudhi Mai as Aurajya Devi. Recently, the fully built temple was inaugurated by Anand Jha.
Devotees with many types of physical and mental problems come to Baudhi Mai Temple. According to the locals here, it is believed that if they come to the temple and tell their sorrows and problems to the Mother, they will be solved. The locals also believe in the stories of how all these problems were solved by the grace of the Mother.
Daily pujas are performed in this temple, but on the seventh day of the Chaitra Shukla Paksha, there is a crowd of devotees who make vows, offer chunari, and receive prasad. After 10:30 pm, Tantric puja begins here, in which more than 300 gods and goddesses are invoked and offered food. After performing Gayatri rituals, Chhag Bali and Kushmand Bali are offered.
References
Anand Jha- President of Pachrukhi Shivalaya Temple
नमस्कार! हजुरलाई बउधी माई मन्दिरमा स्वागत छ।
धेरै समय अघिको कुरा हो, पिपरा पशिचयारी टोलमा एउटा कानो समुदायको मानिसलाई देवीले आफ्नो स्वरूपमा प्रकट भएर आफ्नो पूजा सुरु गर्ने आदेश दिनुभयो । सोहि आदेश अनुसार, हालको पशिचयारी टोलमा, एउटा सानो गवार बनाएर देवीको पूजा आराधना गर्न सुरु गरियो । त्यसैले गर्दा, कानो समुदायको मानिसहरुले पूजा गर्ने देवीको रुपमा पनि बउधी माईलाई चिनिन्छ । थुप्रै स्थानीय वासीले पनि बउधी माईलाई औराज्य देवीको रुपमा पूजा गर्ने गर्दछन् । पछिल्लो समय, पुर्णरुपमा बनाइएको मन्दिरको प्राण प्रतिष्ठान भने आनन्द झाद्वारा भएको थियो ।
बउधी माई मन्दिरमा धेरै किसिमका शारीरिक र मानसिक समस्या भएका भक्तजनहरु आउने गर्दछन् । यहाँको स्थानीयवासी अनुसार मन्दिरमा आएर आफ्नो दु:ख र समस्याहरु मातालाई सुनायो भने समाधान हुने विश्वास रहेको छ । माईको कृपाले यी सबै समस्याको समाधान भएको प्रसङ्गहरुप्रति पनि स्थानीयहरुको आस्था रहेको छ ।
यस मन्दिरमा दैनिक रुपमा पूजा चलाइन्छ भने चैत्र शुक्लपक्षमा पर्ने सप्तमीको दिन भाकल गर्ने, चुनरी ओडाउने, प्रसाद लिने भक्तजनहरुको भीड लाग्ने गर्छ । रातको १०:३० बजे पछि भने यहाँ तान्त्रिक पूजा सुरु हुन्छ जसमा ३०० वटा भन्दा बडी देवी देवता हरुलाई आह्वान गरेर भोजन आर्पन गराइन्छ । त्यसपछि गायत्री संस्कार दिएपछि छाग बलि र कुश्मांड बलि अर्पण गरिन्छ ।
सन्धर्भहरु
आनन्द झा- पचरुखी शिवालय मन्दिर अध्यक्ष