May Shiva bless all seekers.
Sharanye Tryambike Gauri Narayani Namostute:
Hello! You are welcome to the Durga Bhagwati Temple.
According to ancient texts and books, Durga Bhagwati Mata is also described by another name of Shakti and Aparajita. Religious people also call Durga Mata by the names “Sherawali Maa”, “Maa Durga” etc. Durga – who is attained through difficult means in the form of Ashtanga Yoga, Karma and Worship, is called ‘Durga’ by Jagadambika. In Durga Saptashati (Devi Mahatmya/Chandi Path), Durga Mata is worshipped by 11 different names. Since she killed Mahishasura and restored happiness, peace and prosperity, the story of the mother is considered as the main example of the proof that truth always triumphs. The locals here have a special reverence and devotion towards Goddess Durga.
History and Background of Durga Bhagwati Temple
A long time ago, due to the continuous effects of epidemics and diseases and natural disasters like floods, most of the people of this village had given up. Moreover, the sad thing is that there was no alternative solution for the villagers suffering from all those problems. Some had to lose all their property and land, while others even lost their lives. Some elders and intellectuals of this village came together and suggested that a temple of Durga Devi should be built by worshipping Shakti as a remedy.
On the other hand, when Durga Devi or Durga Temple was established, there was also a risk that if the conditions required for worship and worship were not suitable, there would be a greater disaster. For the same reason, there was not a single temple of Durga Mata in the entire district. Coincidentally, this village, blessed with the blessings of Goddess Saraswati, has been successful in establishing the Goddess and arranging all the rituals and the necessary priests, making this place famous as the second largest pilgrimage site in this region after Janakpurdham. Looking at the development and progress so far, one can clearly feel the blessings of Goddess Durga in this village.
The complete evidence of the history of the Durga Bhagwati temple, which was established about 103 years ago, has not been found yet. According to one of incomplete evidences, it is said that this temple was shifted here from the old Matsari village even before the Goddess was installed at the current location. Therefore, the local belief here is that the exact date when the worship of Goddess Durga started is much earlier. Due to the great flood, the temple along with the village has also been shifted many times and it has been about 103 years since the Goddess was installed at the current location. Therefore, for the locals and devotees, the temple of the goddess is not only important for worship and fulfillment of desires, but is also deeply intertwined with their existence and identity.
Daily Worship
In the Durga Bhagwati temple, worship is performed using the book Durga Saraswati. The sources of worship in the temple are the first chapter, fourth chapter, fifth chapter, Ekadeshi chapter, other stotras such as Ratnawali, Shiva Tandav, Shiva Panchakshar, Rudrastaka, Saraswati Bajika Stotra, Kshama Prathana, Kaal Bhairav Prathana, etc. Aarti is also performed every day in the Durga temple. The aarti of each day is different.
Daily Praise Schedule
Sunday :- Kanakadharastotram, Annapurnastotram, Devyaparadhakshamapanastotram,
Monday:- Panchamodhyaya, Devyaparadhakshamapanastotram, Vedasarashivastava:
Tuesday:- Ekadashoadhyaya, Devyaparadhakshamapanastotram
Wednesday:- Devyaparadhakshamapanastotram, Bhavanyashtakam, Sivatandavastotram
Thursday:- Siddhasaraswatistotram, Devyaparadhakshamapanastotram, Srisatyanarayanashtakam, Kalbhairavashtakam
Friday:- First Chapter, Devyaparadhakshamapanastotram, Achyutashtakam, Rudrashtakam
Saturday:- Chaturthoadhyaya, Devyaparadhakshamapanastotram,
Special date:-
Ashtami date:- Chaturthoadhyaya
Navmi date:- Ekadashodadhyaya
Trayodashi date:- Siddhasaraswatishtotram
Chaturdashi date:- Rudrashtakam
In this Durga Bhagwati temple, the entire Shiva family is worshipped as per the Srimad Devi Bhagwat Granth. Here, Lord Shankar, Parvati, Lakshmi, Saraswati, Jaya, Vijaya, Brahma, Brahmami, Mahakal, etc. are worshipped, while there are also temples of Ganesha, Kartikeya, Revanth, Hanuman, Gram Devta, Gram Devi, Dhaneshwari, Vishhara, etc.
Apart from this, there is a Yagya Mandapa for worship rituals and Yagya in the temple premises, and a Dharamshala that can be used socially has also been established.
Fairs and Important Pujas
Mainly, the main pujas in the Durga Bhagwati temple are worshipped in four main Navratri. Two pujas are held in Asoj and Chaitra, while the remaining two are held in Asar and Magh, which are also called Gupta Navratri. The Navratri of Asoj and Chaitra is considered grand. In Chaitra, eighteen Puranas are recited, which is celebrated for nine days like Asoj with worship and havan. In Magh and Asar, there is a concentrated Durga path, in which special pujas are performed on the days of Saraswati and Shivaratri. Apart from that, special Vishhara puja is also performed in this temple. In this temple, Durga is worshipped on the seat of the goddess, and on special occasions, idols of the goddess are made and immersed after the puja is completed.
Suitable Kumaris are selected by a meeting of the committee priests to perform puja throughout Dashain. Kumari puja is performed at intervals of three days from Pratipada to the day of Navami. Kumari food is also served every day after Kumari puja. After each puja, three more Kumaris are added and they are worshipped. Girls aged 2 years and above and under 10 years of age are given the name of Bhagwati.
सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके।
शरन्ये त्रयम्बिके गौरी नारायणी नमोस्तुते :
नमस्कार! हजुरलाई दुर्गा भगवती मन्दिरमा स्वागत छ ।
पुरानो ग्रन्थ र पुस्तकहरुअनुसार दुर्गा भगवती मातालाई शक्ति र अपराजिताको अर्को नामले पनि व्याख्या गरिन्छ।धर्मावलम्बीहरूले “शेरावाली माँ” “माँ दुर्गा” आदि नामले पनि दुर्गा मातालाई पुकार्छन । दुर्गा – जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका ‘दुर्गा’ कहलाउँछिन् । दुर्गासप्तशती (देवीमहात्म्य/चण्डी पाठ) मा दुर्गामातालाई ११ विभिन्न नामले बन्दना गरिएको छ । महिषासुरको वध गरेर फेरि सुख, शान्ति र सम्वृद्धिको पुर्नस्थापना गर्नुभएकोले माताको गाथालाई सत्यको जहिले पनि विजय हुने प्रमाणको मुख्य उदाहरणको रुपमा लिइन्छ। यहाँका स्थानियबासीहरुको मनमा दुर्गामाता प्रति विशेष श्रद्धा र भक्तिको भावना रहेको छ ।
दुर्गाभगवती मन्दिर इतिहास र पृष्ठभुमि
धेरै समय पहिलाको कुरा हो , निरन्तर रुपमा कहिले महामारी र रोगको बिघबिघी त कहिले बाढी जस्तो प्राकृतिक प्रकोपको असरले गर्दा, यस गाउँका प्राय मानिसहरु हार मानिसकेका थिए । अझ, दुखलाग्दो कुरा त्यो सबै समस्याबाट ग्रसित गाउँबासीको वैकल्पिक समाधान पनि केही थिएन। कत्तिले आफ्नो सारा सम्पत्ति र जग्गा गुमाउनु पर्यो भने कत्तिले आफ्नो ज्यान समेत गुमाउनभयो। यहि गाउँका केही अग्रज र बुद्धिजीवी मिलेर, उपाय स्वरूप शक्तिको आराधना गरी दुर्गा देवीको मन्दिर बनाउनु पर्ने सल्लाह दिनुभयो।
अर्को तर्फ, दुर्गा देवी वा दुर्गा मन्दिरको स्थापना गर्दा, असिम शक्तिको प्रवाह हुने र पूजाका लागि चाहिने उपयुक्त अवस्था र पूजा नभएमा अझ ठूलो अनर्थ हुन सक्ने जोखिम पनि उत्तिकै थियो। सोहि कारणले गर्दा पनि जिल्ला भरि नै दुर्गा माताको मन्दिर एउटा पनि थिएन। संयोगवस्, सरस्वती माताको वरदान प्राप्त यो गाउँले माताको स्थापना गरेर सबै पूजाविधि र निपुर्ण पुजारीहरुको व्यवस्था मिलाउन सफल भएका कारण यो ठाउँ, यस क्षेत्रमा जनकपुरधाम पछिको दोस्रो ठुलो तिर्थस्थलको रुपमा प्रख्यात छ। हालसम्मको विकाश र उन्नतिलाई हेर्दा, यस गाउँमा दुर्गा भगवतीको आशिर्वाद रहेको कुरा स्पष्ट अनुभव गर्न सकिन्छ।
करिब १०३ वर्ष अघि स्थापना भएको दुर्गा भगवती मन्दिरको इतिहासको सम्पूर्ण प्रमाण भने हालसम्म पनि पुर्ण रुपले भेटिएको छैन। त्यही अधुरो प्रमाण मध्ये एक मान्यता अनुसार, हालको स्थानमा माता बिराजमान हुनुभन्दा पहिले नै यो मन्दिर पुरानो मत्सरी गाउँबाट यहाँ सारिएको हो भनिन्छ । त्यसैले पनि दुर्गा माताको पूजा हुन सुरु भएको ठोस मिति भने धेरै अघि रहेको यहाँको स्थानीय विश्वास रहेको छ। बाढीको बिघबिघीको कारणले गर्दा धेरै पटक गाउँसंगै माताको मन्दिर पनि सारिएको र हालको स्थानमा माता बिराजमान हुनुभएको करिब १०३ वर्ष भइसकेको छ। त्यसैले, यहाँको स्थनीयबासी र भक्तजनहरुको लागि माताको मन्दिर पूजाआजा र मनकामना पुर्तिको हिसाबले मात्र महत्वपुर्ण नभएर आफ्नो अस्तित्व र पहिचान संग पनि गहिरोरुपमा गाँसिएको छ।
दैनिक पूजाआजा
दुर्गा भगवती मन्दिरमा दुर्गा सरस्वती नामक ग्रन्थद्वारा पूजा हुने गर्दछ। मन्दिरमा हुने पूजाको श्रोतहरु प्रथम अध्याय, चौथो आध्याय, पंचम अध्याय, एकादेशी अध्याय, अरु स्तोत्र रत्नावाली, शिव ताण्डव , शिव पंचाक्षर, रुद्रास्टक, सरस्वती बजिका स्तोत्र, क्षमा प्राथना, काल भैरव प्राथना आदिबाट पाठ गरिन्छ। दुर्गा मन्दिरमा हरेक दिन आरती पनि हुने गर्दछ। हरेक दिनको आरती बेग्लै हुन्छ।
दैनिक स्तुति तालिका
रविवार :- कनकधारास्तोत्रम्, अन्नपुर्णास्तोत्रम्, देव्यपराधक्षमापनस्तोत्रम्,
सोमवारः- पञ्चमोध्याय, देव्यपराधक्षमापनस्तोत्रम्,वेदसारशिवस्तवः
मंगलवारः- एकादशोअध्याय,, देव्यपराधक्षमापनस्तोत्रम्
बुधवारः- देव्यपराधक्षमापनस्तोत्रम्, भवान्याष्टकम्, शिवताण्डवस्तोत्रम्
बिहिवारः- शिद्धसरस्वतीस्तोत्रम्, देव्यपराधक्षमापनस्तोत्रम्, श्रीसत्यनारायणाष्टकम्, कालभैरवाष्टकम्
शुक्रवारः- प्रथमोअध्याय, देव्यपराधक्षमापनस्तोत्रम्,अच्युताष्टकम्, रुद्राष्टकम्
शनिवारः- चतुर्थोअध्याय, देव्यपराधक्षमापनस्तोत्रम्,
विशेष तिथि:-
अष्टमी तिथिः- चतुर्थोअध्याय
नवमी तिथि :- एकादशोअध्याय
त्रयोदशी तिथि :- शिद्धसरस्वतीस्तोत्रम्
चतुर्दशी तिथि :- रुद्राष्टकम्
यस दुर्गा भगवती मन्दिरमा श्रीमद् देवी भागवत ग्रन्थको अनुरुप सारा शिव परिवारको पूजा हुन्छ । यहाँ शंकर भगवान, पार्वती, लक्ष्मी, सरस्वती, जया, बिजया, ब्रम्हा, ब्रम्हामी, महाकाल, आदि देवी देवताहरुको पूजा हुन्छ भने यहाँ गणेश, कार्तिकेय, रेवन्त, हनुमान, ग्राम देवता, ग्राम देवी, धनेश्वरी, विषहरा, आदि मन्दिरहरु पनि रहेका छन् ।
यसबाहेक मन्दिर परिसरमा पूजा अनुष्ठान र यज्ञको लागि यज्ञमण्डप रहेको छ भने सामाजिक रुपमा उपयोग गर्न मिल्ने धर्मशाला पनि स्थापित गरिएको छ ।
मेला र महत्वपूर्ण पूजाविधिहरु
मुख्यतः दुर्गा भगवती मन्दिरमा मुख्य पूजाहरुलाई चार मुख्य नवरात्री मानेर पुजिन्छ । दुईवटा पूजा असोज र चैत्रमा हुन्छ भने बाँकी दुईवटा चाहिँ असारमा र माघ महिनामा गरिन्छ, जसलाई गुप्त नवरात्र पनि भनिन्छ। असोज र चैत्रको नवरात्रलाई भब्य रुपले मानिन्छ। चैत्रमा अठार वटा पुराणको पाठ हुन्छ जसमा असोज जस्तै नौ दिन सम्म पूजा र हवन गरेर मनाइन्छ। माघमा र असारमा एकाग्रित दुर्गा पाठ हुन्छ जसमा सरस्वती र शिवरात्रिको दिन विशेस पूजा हुन्छ। त्यसबाहेक, विशेष विषहराको पूजा पनि यो मन्दिरमा गरिन्छ। यो मन्दिरमा दुर्गाको आसनमा पूजा हुन्छ भने विशेष उपलक्ष्यमा देवीको मुर्ति बनाएर पूजा सकिएपछि विशर्जन गरिन्छ।
दशैं भरी पूजा गर्नलाई समितिको पूजारीहरुबाट बैठक गरेर उपयुक्त कुमारीहरु छानिन्छन्। प्रतिपदा देखि तीन तीन दिनको फरकमा नवमीको दिनसम्म कुमारी पूजा हुन्छ। कुमारी पूजा भएको हरेक दिन कुमारी भोजन पनि गरिन्छ। हरेक पूजा सकिएपछि तीन वटा कुमारीहरु थपिंदै उहाँहरुको पूजा गरिन्छ। २ वर्ष देखि माथि र १० वर्षभन्दा मुनिको उमेर भएको बालिकाहरुलाई भगवतीको रुप मानेर पूजा गरिन्छ। कुमारी पूजा सकिएपछि कुमारी विसर्जन भएर आरती गरिन्छ। त्यही रात, भगवतीको पुष्पान्जली हुन्छ अनि हवन पनि गरिन्छ। दुर्गा भगवतीको पूजा गर्ने पुजारी र पूजा संग सम्बन्धित् भगवती उपासकहरुले सिन्दुर रङ्गको टिका लगाउने चलन रहेको छ।
दशैं वा दशेरामा देवीको पूजा हुन अघि प्रतिपदाको दिन नै दशैंको पूजाको तयारी गरिन्छ। दशैंको लागि चाहिने सबै पूजा सामग्रीहरु र मन्दिरका पुजारी, पण्डित र पुरोहितहरुको संकल्प हुन्छ। पूजाविधि र माताको आराधना, समयमा र प्रक्रिया पुर्याएर गर्ने भगवानसंग गरिएको बाचा वा प्रतिज्ञालाई नै संकल्प भनिन्छ। जम्मा ४ जना पूजा पाठआर्थीद्वारा गणेश जप, भगवतीको जप, रुद्री पाठ हुन्छ। प्रतिपदाको दिनमा नै धोती, कुर्था, गन्जी, गम्छा, सारी, नरिवल, चामल, आदि जस्ता पूजा गर्दा कर्तालाई चाहिने सामग्री पनि तयार गरिन्छ । प्रतिपदादेखि सुरु भएको यो पूजा, घटस्थापनामा पण्डित र पुरोहितबाट षोडशोपचार पूजा हुन्छ भने दितीयामा विशेष रेवन्त भगवानको (सुर्य पुत्र) पूजा हुन्छ। रेवन्तलाई भगवतीको अस्त्र-शस्त्रको रक्षक मानिन्छ। तृतीयाको दिन पनि विशेष पूजा भने केही नभएपनि भगवतीको दुर्गा सरस्वती ग्रन्थको पाठ हुन्छ जसलाई चण्डी पाठ पनि भनिन्छ। चौथो दिन गणेश भगवानको पूजा गरिन्छ भने पंचमीको दिन पनि भगवतीको नै आराधना हुन्छ।
षष्ठीको दिन बेल निमन्त्रण पूजा हुन्छ। पूजाको लागि एउटै हाँगामा फलेको दुईवटा बेल चाहिन्छ। त्यस्तो बेललाई मन्त्रद्वारा पहेंलो कपडाले बेरिन्छ। त्यसको आरती हुन्छ र भोलिपल्ट बेल ब्रिक्ष्यको पूजा हुन्छ र त्यसलाई काटेर मन्दिर ल्याइन्छ । अनि, नवदुर्गाको स्थापना हुन्छ । नौवटा लोटामा जल राखेर नौवटा विभिन्न सामग्री राखिन्छ। बेलको हाँगा, केराको बोट, धानको बोट, अपराजिताको फुल, अशोकको हाँगा, …..र जमरा गरेर जम्मा नौ वटा सामग्री हुन्छ ।
त्यसपछि द्वार पूजा हुन्छ। जसमा पाँच वटा आरती हुन्छ। घिउले, पानीले, पन्च पल्लवले, कपडाले र पाँच वटा……ले आरती गरिन्छ । त्यसपछि, त्यो सबै लोटा भएको सामग्री एकै स्थानमा राखेर भगवतीलाई गरगहना लगाइन्छ। भगवतीको मुर्तिलाई स्वरूप दिने कार्य गरिन्छ। बेलको पत्तामा काजलको आकार दिएर, त्यसलाई भगवतीको आँखाको नानी बनाउन प्रयोग गरिन्छ। माताको आँखा बनेपछि तीन बलि दिन्छ जसमा कुबिन्डो, बोका र मानग्ष बलि दिइन्छ। यस बलिमा मासको गेडा, दही, चिनी, फलफुल आदि राखेर बलिको स्वरुपमा राखेर पूजा गरिन्छ। त्यही दिन, फूलपातीको पूजा, द्वार पूजा र निशा पूजाको बेलामा पनि यो बलि दिने गरिन्छ। भगवती सहित सबै देवीदेवताको र उहाँहरुको वाहन अनि महिषासुर पनि पूजा गरिन्छ।
गज पूजा हुन्छ। ३२ वटा चक्र र एउटा गजको पूजा हुन्छ। खोडस दल नामक चक्रको पूजा हुन्छ। त्यसबेला, एउटा चक्रमा दुईवटा पूजा गरिन्छ। हात्तीको आकार भएको मुर्तिको पनि पूजा गरिन्छ। ३२ वटा देवताको चक्रमा आव्हान गरेर यो पूजा हुन्छ। महाअष्टमीको रातमा निशा पूजा हुन्छ अनि चौसट्ठी योगिनीको पूजा पनि गरिन्छ। नवमीमा भने विशेष यहाँको मन्दिरबाट चार वटा बोकाको बलि दिइन्छ । त्यसपछि, अरु मानिसहरुले ल्याएको बलि चढाइन्छ। नवमीमा भगवतीको पूजा सकिएपछि मसान पूजा गरिन्छ। यो पूजा भगवतीलाई दिइने बलिको अन्त्य गरेर देवीको नाममा दिइने बलिको अन्त्येस्टी स्वरूप मातालाई केही मिठो कुरा खुवाएर बिदा गरिन्छ । यो पूजा भने अरु मानिसहरुबाट टाढा ठाउँमा गुप्त रुपले गरिन्छ।
दशैंको नवौं दिन मुख्य दुर्गा पूजा भइसकेपछि दशमीको दिन विसर्जन हुन्छ। पूजाको समापन पछि भगवतीको प्रसादको रुपमा अपराजिता ग्रहण गर्ने चलन रहेको छ। दुर्गा भगवतीको अर्को नाम ‘अपराजिता’को अर्थ कहिल्यै पराजय नभएको, हुनाले माताको प्रसाद स्वरूप यो पहेंलो रङ्गको कपडा आफ्नो हातमा बानेर यहाँ आउने दर्शनार्थीले माताको आशिर्वाद लिन्छन् । अर्को चाख लाग्दो पक्ष भनेको भगवतीको पूजा पछि लगाउने अपराजिता लगाएपछि कुनै प्रकारको पनि अकाल मृत्यु, अचानक आइ पर्ने सङ्कट र अन्य रोगब्याधबाट पनि जोगिन्छ भन्ने विश्वास गरिन्छ ।
दान र पूजा
यहाँ आउने दर्शनार्थीहरुले शुद्ध मनले मागेको मनकामना पुर्ति हुने विश्वास गरिन्छ। धेरै जनाले माताको नाममा बलि दिएर प्रसन्न बनाएपनि साधारण रुपमा भाकल र प्रतिज्ञाको लागि प्रसाद चढाउने, गरिबलाई खाना खुवाउने लुगा दिने र यहाँ मन्दिरको विकासको लागि दान दिने र कुमारीलाई खाना खुवाएर पनि मातालाई प्रसन्न बनाउने गरिन्छ। मुख्यतः ठूलो यज्ञ, साधारण पूजा, सङ्कटमोचन पूजा, अनिस्ट अन्त्य गर्न पूजा, आदि जस्ता पूजा वा यज्ञ गर्दा पनि यस्तो शुभ कार्य र दान दिने चलन यहाँ रहेको छ।
अन्त्यमा
कालान्तरमा, मत्सरी गाउँ र दुर्गाभगवती गाउँपालिका क्षेत्र वरिपरी नै विभिन्न देवीदेवताहरुको मन्दिरहरुको स्थापना भयो। यसरी यो पुरै क्षेत्र नै देवी देवताहरुको मन्दिरले घेरिएकोले, कुनै आकस्मिक वा ठूलो विघ्नबाधाहरुबाट सुरक्षित रहेको विश्वास गरिन्छ। जसरी हाम्रो संस्कृति र धर्मअनुसार भगवानलाई दुखहरता र पालनहारता भन्ने गरिन्छ, त्यसरी नै दुर्गा भगवतीको स्थापना पछि यो गाउँमा त्यस्ता धेरै बिघ्न बाधाहरुको नष्ट भएको विश्वास गरिन्छ।
। । अस्तु । ।
सन्धर्भहरु
बागेश झा मूल पुजारी , श्री दुर्गा मन्दिर मत्सरी
पवन कुमार झा मूल पुरोहित, श्री दुर्गा मन्दिर मत्सरी
अभिषेक मुकार झा अधक्ष्य, श्री दुर्गा मन्दिर मत्सरी
पुर्णानन्द लाल झा, सेवक तथा पूजा संजोयक, श्री दुर्गा मन्दिर मत्सरी)
नन्द लाल झा सदस्य , श्री दुर्गा मन्दिर मत्सरी
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Related stories