Link is copied to clipboard.

Bhimsen Temple

0:00
/

Namaste! Welcome to Bhimsen Temple.

The Bhimsen (Bhindeu) Temple is one of the oldest and most respected temples in Pokhara. Locally people call it Bhimsen, but its true and original name is Bhindeu, which means a pure and good deity. People believe the god here protects goodness and brings well-being to everyone.

The temple is located at the center of Ward No. 2, in Bhairav tole. It sits in the middle of a small square surrounded by narrow lanes, old Newari-style houses, and the everyday life of the neighborhood. The area is peaceful, with greenery and views of Machhapuchhre Himal in the background, making the temple’s surroundings calm and spiritual.

When visitors enter the temple, they see old wooden doorways, bells, stones, and ancient plates that show its long history. The air smells of incense made from Indrakamal flowers, adding to the peaceful feeling. Nearby, the local market brings together daily life, culture, and spirituality.

There are several stories and myths about the temple. Some people believe the Pandavas stayed here during their exile and that Bhim once showed his strength on the nearby stones. Others tell a story of an old priest who dreamed of a divine message telling him to build the temple at this location. Over time, the name Bhindeu slowly changed to Bhimsen among the community.

People believe that worshipping here brings success in business, family, and personal life. Inside the temple, many old sacred objects are preserved. One of the most important is the Sati plate, kept safely since the old days of the Sati tradition. A naturally formed sacred stone and other relics also add to the temple’s spiritual value.

The surroundings—old houses, narrow alleys, the smell of tea and jeri, and the soft scent of incense—create a warm and traditional atmosphere. Devotees bring flowers, rice, bel leaves, and other offerings. The sound of bells, hymns, and prayers gives the place a soothing and holy environment.

Throughout the year, many festivals and rituals keep the temple lively. Special worship is done on Saturdays and Thursdays, and the temple is especially important during Maghe Ekadashi. On this night, people light oil lamps and stay awake in prayer. The next day is celebrated as Bhimsen Dwadashi, with big offerings and ceremonies. Many devotees make vows here, believing that wishes asked with true devotion are fulfilled.

Earlier, Bhairav Naach was performed every 12 years, but now it is held every 6 years. It is believed that the Bhairav and Bhimsen temples were built on the same day, and the dance tradition must begin from the Bhimsen Temple.

A Newar Guthi has always taken care of the temple—cleaning it, performing rituals, and protecting its heritage. Long ago, the temple’s idol was stolen, but the community worked together to bring it back. This shows how deeply people value this temple.


In Conclusion

The Bhimsen (Bhindeu) Temple is not just a religious place—it is a symbol of culture, history, and identity for the people of Bhimsen tole and all of Pokhara. Its legends, rituals, festivals, and ancient objects keep the community connected to their roots. Visitors feel peace, positive energy, and a strong spiritual connection when they come here.

भीमसेन (भिन्: ड्य ) मन्दिर : ऐतिहासिक, धार्मिक सांस्कृतिक केन्द्र

 

परिचय 

पोखराको समग्र भौगोलिक इतिहास हेर्ने हो भने आजको पोखराको धरातलको इतिहास केवल ७७० वर्ष मात्र पुगेको प्रमाण भेटिन्छ । बि.सं १३१२ साउन ४ गते गएको ठूलो भूकम्प पछि अन्नपूर्ण चौथो हिमालको टुप्पोको करिव ५०० मिटरको भाग हिमपहिलोले चोइटिएर तल खस्दा साब्चे उपत्यकामा बिशाल हिमताल बन्न गएको थियो । केही समयको अन्तराल पछि सो बिशाल हिमताल बिस्फोट हुँदा आएको बाढीले सेती नदी बग्ने सबै भूभागहरुमा क्षति पुर्याउँदै पोखरा उपत्यकालाई बिशाल तालमा परिणत गरेको थियो । साथै यहाँ करिव ४० मिटर बाढीले बगाएर ल्याएको ढुङ्गा, माटो, गेगर, लेँदो, तथा रुखपातले भरिएको थियो । कालान्तरमा पानी सुकेपछि यहाँ बञ्जन जमिन रहन गयो । यसरी पन्ध्रौौ शताव्दीमा बल्ल पोखरामा बस्तिको शुरुवात भएको थियो । शुरुमा पश्चिम नेपालबाट आएका ब्राम्हण, क्षेत्रीले बसोबास गर्न थाले पनि मुख्य उपत्यका भने खासै बस्ति योग्य हुन सकेको थिएन । बिस्तारै अठारौ शताव्दी पछि काठमाडौ उपत्यकाबाट बिभिन्न कारणले बाहिरिएका नेवाःहरुको आगमनले पोखरा उपत्यकामा फाट्टफुट्ट बस्तिको शुरुवात भएको थियो ।

खासगरि हाल पुरानो बजारका रुपमा परिचित भिमसेनटोल, भैरवटोल नै पोखरामा नेवाःहरुको बस्ति आरम्भ भएको स्थान हो । जहाँ नेवाःको बसोबास हुन्छ त्यहाँ भिन्: ड्य को स्थापना गरिएको हुन्छ । जसको प्रमाण हाल पनि पुरानो बजारको बिचमा रहेको भिमसेन मन्दिरले प्रस्ट बनाउँछ ।

भीमसेन मन्दिर

पोखरा महागनगरपालिका वडा नं. २ को भीमसेनटोलमा अवस्थित भीमसेन मन्दिर, जसलाई नेवाःहरूले भिन्:ड्य भन्ने गर्दछन् । कार्य सफल गरिदिने तथा सधै भलो गर्ने असल देवता भएको हुँदा नेवाः भाषामा भिन्: ड्य भन्ने गरिएको हो । भिःको अर्थ असल र द्यःको अर्थ देवता असल देवतानै भिन्: ड्य हुन् । पोखरा बजारमा रहेका मन्दिरहरुमा सबैभन्दा पुरानो मन्दिर नै यस मन्दिर हो । यो मन्दिर केवल धार्मिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक सामाजिक महत्व बोकेको मन्दिरका रूपमा पनि परिचित छ। यहाँको स्थापत्य कला, वरिपरिको वातावरण, पूजा परम्परा पौराणिक कथाहरूले यसलाई पोखराको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग बनाएको छ।                 

भौगोलिक अवस्था                                                                                                                                                                                                                                                

भीमसेन मन्दिर पोखरा महानगरपालिकाको वडा नं. मा अवस्थित छ। पोखराको पुरानो बजारको मध्यभागमा रहेको यस मन्दिरले सो समयको बजारको उपस्थितिको परिचय दिने गर्दछ ।  मन्दिर सडकको छेउमा रहेको हुँदा वरिपरिको पुरानो बजार पुराना नेवारी शैलीका घरहरूले मन्दिरको ऐतिहासिक सांस्कृतिक वातावरणलाई अझ बलियो बनाएको छ। मन्दिरको प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा इँटाका दिवालहरु र कुँडिएका काठका झ्याल ढोकाले भक्तपुरका मन्दिरहरुको अनुभुति दिन्छ । छानो सहित दुइ तले गजुर रहेको यस मन्दिरमा ढुङ्गाको छानोले पोखरेली परिचय दिने गर्दछ । उपत्यकामा झिंगटीहरुको छानो भएका मन्दिरहरु रहनेमा बढी बर्षात हुने पोखरामा ढुङ्गाको स्लेटको छानो राखेर बनाइएको छ । मन्दिरमा रहेका पुराना ढोकाहरू, घण्ट तथा किल्लाले ठोकिएका थालहरुले यस मन्दिरको ऐतिहासिक महत्त्वलाई उजागर गरेको पाउँदछौ।

   

किम्वदन्ती 

भीमसेन मन्दिर स्थापनासंग जोडिएका केही किंवदन्तीहरु छन् । स्थानीय बृद्धहरूका अनुसार यस मन्दिर रहेको ठाउँ पहिलो समथर र खुला भाग रहेको हुँदा यस स्थानमा धान, कोदो मकैहरु सुकाउने गरिन्थ्यो । यसरी अन्न सुकाइएको स्थानको एक भागमा भने अन्नहरुमा हलचल हुने गरेको स्थानीयहरुले देखे पछि जिज्ञासा र कौटुहलताले त्यस स्थानमा खनेर हेर्दा एउटा कालो ढुङ्गा भेटियो । सोहि कालो ढुङ्गालाई सानो स्थान बनाएर पूज्न थालियो । जुन स्थानमा पूजा गर्दा कार्य सफलता र मनले चिताएको पुरा भए पछि भिः द्यः (असल देवता)का रुपमा लिन थालियो ।  

यसरी जे जस्तो किम्वदन्ती प्रचलित भए पनि वास्तविकतामा जहाँ नेवाःहरुको बसोबास हुन्छ, त्यहाँ रहेका नेवाःहरुले भिन्:ड्याको स्थापना गरेको हुन्छ । पोखरामा पनि नेवाःहरुको बसोबासको शुरुवात देखि नै भिन्:‌ड्याको स्थापना भएको हुन सक्ने हामी अनुमान गर्न सक्दछौ । शुरु तिर यस स्थानलाई भिमस्यनथान भनिन्थ्यो । यसको स्थापना १९ शताव्दीको शुरुवात तिर भएको अनुमान गरिएको छ । 

मन्दिर निर्माण

पुराना कागजातका आधारमा हेर्दा यहाँ पुरानो देवल १८४२ अगाडि नै रहेको देखिन्छ । बि.सं. १८४२ मा त्यस समयका चौधराइ पद पाएका शिव भान्सारीलाई भिमसेन मन्दिर देखि दक्षिण तथा बाटो देखि पश्चिमको जमिन ब्यापार गर्नका लागि बिर्ता दिएको देखिन्छ । सो लालमोहरमा भिमसेन मन्दिर उल्लेख भएको हुँदा हालको मन्दिर बन्नु अगाडि नै मन्दिरका रुपमा रहेको बुझ्न सकिन्छ ।

हाले हामीले देख्ने मन्दिरको निर्माण बि.सं. १८४९ जिताराम नेवाःले गरिदिएको भन्ने देखिन्छ । उनले मर्स्याङ्दी देखि पश्चिम तथा भेरी देखि पूर्वका सम्पूर्ण खानीको ठेक्का पाएको हुँदा उनले भिःद्यःको भव्य मन्दिर बनाइदिएको भन्ने देखिन्छ । यसरी हेर्दा यो मन्दिर करिव २३३ वर्ष भइसकेको देखिन्छ । यस मन्दिरको निर्माण उपत्यकामा रहेका मन्दिरहरुकै शैलीमा भएको हुँदा यस मन्दिर निर्माणका लागि मजदुरहरु उपत्यकाबाट नै ल्याइएको भन्ने अनुमान गर्न सकिन्छ । 

मन्दिर निर्माणसंगै भिमसेनको ढलोटको मुर्ति स्थापना गरिएको थियो । तर सो मुर्ति बि.सं. २०३१ पुस २१ गते राति चोरी भए पछि नयाँ मुर्ति बनाइ २०३३ सालमा स्थापना गरियो । जुन मुर्ति हाल पनि देख्न सकिन्छ । मन्दिरमा नियमित पूजा तथा भजनका लागि बि.सं. १९०८ मा मन्दिर वरपर बसोबास गर्ने ३४ श्रद्धालुहरु मिलेर भिमसेन द्वादश गुठीको स्थापना गरेका थिए। 

 

धार्मिक विविधता 

यस भीमसेन मन्दिरको पछाडी नासः द्यः पनि रहेको छ । विशेष गरि नृत्य तथा संगीतको देवताका रुपमा पूजिने नासः द्यः पोखराको एक मात्र नासः द्यः हो । पोखराको अन्यत्र नासः द्यः स्थापना गरिएको देखिदैन । भीमसेन मन्दिरको पछाडी खोपाका रुपमा रहेको सानो प्वाल नै नासः द्यःका रुपमा पूजिने स्थान हो । अनुहार विनाको देवता भएको हुँदा नासःद्यःको कुनै मुर्ति बनाइएको हुदैन । खोपालाई नै नासःद्यःका रुपमा पूजिने गरिन्छ ।

भीमसेन मन्दिरको निर्माण सुब्बा जिताराम नेवारले गरे पनि त्यस मन्दिरको शिखरमा रहेको गजुर भने उनका मित जमदार खाँगे गुरुङले राखिदिएका थिए । यसले धार्मिक मात्र होइन जातिय सामाजिक सद्भाव र भाइचारा सो समय देखि नै रहेको देखिन्छ ।

यस मन्दिरमा थालहरु किल्लाले ठोकेर राखिएको देखिन्छ । यि थालहरु मृत ब्यक्तिको सम्झनामा उनकै नाम लेखेर राखिएको पाइन्छ । उपत्यकामा पनि बिभिन्न मन्दिरमा मृत ब्यक्तिले प्रयोग गर्ने थाल, कचौराहरु मृत्यु पछि पनि परलोकमा प्रयोग गरुन भनेर परिवारले मन्दिरका भित्ता, वा दलिनमा टाँस्ने चलन रहेको छ । यस किसिमको कार्य पोखराको भीमसेन मन्दिरमा मात्र देख्न सकिन्छ । 

विशेषता 

पोखरामा निस्कने अधिकांश जात्रा वा नृत्यहरु भीमसेन मन्दिरसम्म लैजानु पर्ने वा भनौ भीमसेन महाराजलाई देखाउनु पर्ने चलन अध्यावधी रहेको पाउँछौ । यसै मन्दिरको पछाडि बिभिन्न सांस्कृतिक कर्म गर्नका लागि अति आबश्यक नाउहरुलाई पोखरा ल्याइ बिर्ता दिएर राखिएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पक्ष एकादशीको दिन विशेष पूजा गरिन्छ, जसमा रातभरि पानसमा बत्ती बालेर जाग्राम बस्ने परम्परा छ। भोलिपल्ट भीमसेन द्वादशीमा भव्य पूजा आयोजना गरिन्छ। गुठीयारहरु जम्मा भएर पूजा गर्ने तथा सामुहिक भोज खाने परम्परा आज पनि रहेको छ ।

पोखराको सबैभन्दा पुरानो सांस्कृतिक नृत्य भैरव नृत्य पनि शुरुमा यसै मन्दिर प्राङ्गणमा देखाउने गरिन्छ । भीमसेन मन्दिरको गुठी भीमसेन द्वादश गुठीले मन्दिरको सरसफाइ, पूजा, आवश्यक सामग्री व्यवस्थापनको जिम्मा सम्हाल्छ। यसले मन्दिरलाई लामो समयदेखि संरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको छ।   

अन्त्यमा,

पोखरा महानगरपालिका वडा नं २, भीमसेनटोलमा अवस्थित भीमसेन (भिःद्यः) मन्दिर केवल एक पूजा स्थल मात्र होइन। यो पोखराको पुरानो बजारको सांस्कृतिक, ऐतिहासिक आध्यात्मिक केन्द्र पनि हो । यहाँको वास्तुकला, वरिपरिको वातावरण, पौराणिक कथा, पूजा परम्परा, मेलापर्व, जात्रा, गुठीको संरक्षण ऐतिहासिक संरचनाहरूले यस मन्दिरलाई नेपाली सांस्कृतिक धार्मिक पहिचानको अमूल्य धरोहर बनाएको छ। यहाँ आउने भक्तजनहरूले केवल श्रद्धा मात्र होइन, शक्ति, सकारात्मक ऊर्जा सांस्कृतिक अनुभव पनि प्राप्त गर्छन्।   

सन्दर्भ श्रोत

सुनिल उलक तथा भीमसेन गुठीका पूर्व नायो सनकमान बाटाजूत्

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments

Related stories

Discover more enchanting stories