Link is copied to clipboard.

The Cliff

48 people have read this story

0:00
/

Welcome to The Cliff, Kushma

The Cliff is the world’s second-highest bungee jump, standing at a height of 228 meters alongside the world’s first highest swing. Established in October 2020, the Kushma bungee jump and swing are managed by The Cliff and have quickly become a key highlight of this destination.

As you make your way to The Cliff, the first thing you’ll see is a 520 m long bridge connecting Parbat and Baglung district. This stepwise steel bridge, made in the model of Sochi, Russia, is different from other suspension bridges in nepal. It has the capacity to carry up to 1100 tons and is suspended in the air by 8 steel core stranded cables.

As you step onto the platform, you can take a moment to savor the breathtaking views that surround you. The clear blue skies, the lush green forests, and the winding river far below create a picture-perfect setting for your leap of faith.

As you strap on your safety harness and prepare to take the plunge, the adrenaline will begin to flow, and your heart will race with anticipation. And then, with a final deep breath, you’ll step off the edge and feel the rush of wind as you plummet towards the earth.

With the state-of-the-art equipment and expert instructors, you’ll be safely enjoying your bungee jumping experience. So you can initiate the plunge and feel the thrill. It welcomes you to the world of bungee jumping and the adventure that follows with it. 

The Cliff was founded in 2013 by a team with both adventure lovers and nepali entrepreneurs. After years of researching various parts of Nepal, the team arrived in Kushma at the end of 2013 and were immediately struck by the uniqueness and beauty of its landscapes, particularly the giant canyons and gorges. It was then that they decided to build bridges as a base for bungy jumping.

The team began their research, which included a geographical study of the land, developing a business plan, and seeking investments. They also worked to build strong relationships with the local inhabitants, who were keen on welcoming an international scope tourism project. The Cliff is located on the border of Narayansthan Baglung district, and with investors, local support, and tourism prospects, the construction of the bridge began in 2016. It was a challenging project on many levels and took four years to complete. In 2020, the luxury resort was also finished.

It is approximately 57 km away from Pokhara and 500 meters from kushma bazar. Here you can experience the ultimate adventure activities like – bungee jumping, Swing, sky cycling and many more. This is a unique opportunity to enjoy a thrilling activity while viewing the stunning world’s deepest kali gandaki gorge. 

Bungee is an adventure activity that involves jumping off a high platform while attached to a long elastic cord that stretches and bounces back. It creates a feeling of free falling which is a thrilling and adrenaline-filled experience for the jumper. Bungee jumping is the perfect activity for thrill-seekers and adventure enthusiasts. 

Bungee jumping has a fascinating history. Many people believe that the ancient ritual performed on the Pentecost Island in Vanuatu, where young men would jump from tall wooden towers with vines tied to their ankles, inspired the practice of bungee jumping. However, the modern form of bungee jumping originated in the late 1970s, when a group of Oxford University students formed the Dangerous Sports Club and began experimenting with jumping from bridges using elastic cords. Their first public jump took place from the Clifton Suspension Bridge in Bristol, England in 1979.

Bungee jumping gained popularity in the early 1980s and the first commercial bungee jumping operation was established in New Zealand in 1988. Since then, safety standards have been established to ensure the safety of participants, and bungee jumping is now a popular activity in many countries, often offered as a tourist attraction.

In 1999, the first bungee jumping operation was established in Nepal by David Allardice and Bishnu Nepane. The Cliff, which was started in 2013, happens to be the world’s second highest bungee jumping destination.

The giant ping is another exciting activity, where you can swing with a harness attached. The sky cafe offers you the chance to enjoy breakfast or lunch with breathtaking views of the world’s deepest Kali Gandaki gorge. 

For those who love a challenge, the crazy bridge activity is a must-try, where you have to carefully step on a plank of wooden bridges attached to a steel wire while balancing it. The wooden bridge is wobbly and makes it even more challenging. If you prefer something less adventurous, there’s also horse riding activity available.

The Cliff team believes in the power of local business and takes pride in being a 100% Nepali-funded enterprise. From sourcing materials to building the team, all are done by the local inhabitants. While the Cliff caters to the needs of thrill-seekers, they also aim to enhance the local economy, protect the environment, and its inhabitants. To that end, Cliff provides free passes for some local inhabitants to use the bridge.

Read More Stories from Kushma …

References: Ishow Karki, CEO The Cliff

 ‘द क्लिफ’ मा तपाईंहरुलाई स्वागत छ !

द क्लिफमा, तपाईंले संसारको दोस्रो-अग्लो बन्जी जम्पको अनुभब लिन सक्नुहुन्छ, जसको उचाई २२८ मिटर छ। यो संसारमै पहिलोपटक स्थापना भएको अग्लो स्विङ्ग पनि हो । अक्टोबर २०२० मा स्थापना भएको, कुश्मा बन्जी जम्प र स्विङ्ग, द क्लिफ द्वारा व्यवस्थापन भइरहेको छ जुन हाल कुश्माको मुख्य आकर्षण बनेको छ। विश्वको सबैभन्दा गहिरो कालीगण्डकी खोंच अवलोकन गर्दै रोमाञ्चक र साहसिक गतिविधिको आनन्द लिने यो एउटा उत्कृस्ट ठाउँ हो ।  

द क्लिफमा पुग्ने बित्तिकै तपाईले देख्नुहुने पहिलो कुरा पर्वत र बाग्लुङ जिल्ला जोड्ने ५२० मिटर लामो पुल हो। रुसको सोचीमा भएको बन्जी जम्पको मोडलमा बनेको यो स्टेपवाइज स्टेप ब्रिज यस क्षेत्रका अन्य झोलुङ्गे पुलभन्दा फरक छ। यसमा ११०० टनसम्म बोक्ने क्षमता छ र ८ वटा स्टिल कोर स्ट्रेन्डेड केबलहरूद्वारा हावामा निलम्बन गरिएको छ।

तर वास्तविक उत्साह द क्लिफबाटै सुरु हुन्छ, जहाँ तपाईं पुलको बीचबाट बन्जी जम्पिङ र स्विङ्गको थ्रिल अनुभव गर्न सक्नुहुन्छ। बन्जी एक साहसिक गतिविधि हो जसमा लामो लचिलो डोरीमा बाँधिएर अग्लो स्थानबाट हाम फालिन्छ र पछाडि उछालिन्छ। यसले फ्रि फलिंगको अनुभूति प्रदान गर्छ जुन जम्परका लागि रोमाञ्चक र येड्रेनालिन भरिएको अनुभव हो। बन्जी जम्प थ्रिल खोज्नेहरू र साहसिक उत्साहीहरूका लागि एउटा उत्तम गतिविधि हो।

सन् २०१३ मा साहसिक प्रेमी र नेपाली उद्यमीहरूको टोलीद्वारा ‘द क्लिफको’ स्थापना भएको थियो। नेपालका विभिन्न भागहरूमा वर्षौंसम्म अनुसन्धान गरिसकेपछि, उक्त टोली सन् २०१३ को अन्त्यमा कुश्मा आइपुग्यो र त्यहाँको परिदृश्यको विशिष्टता, सौन्दर्य त्यसमापनि विशेष गरी विशाल खोंचहरूले गर्दा छक्क पर्यो । त्यसपछि उक्त टोलीले बन्जी जम्पिङका लागि आधारको रूपमा पुलहरू निर्माण गर्ने निर्णय गर्यो ।

जतिबेला टोलीले आफ्नो अनुसन्धान सुरु गर्यो, त्यतिबेला त्यो अनुसन्धानमा भूमिको भौगोलिक अध्ययन, व्यापार योजना विकास र लगानीको खोजी पनि समावेश थियो। द क्लिफले अन्तर्राष्ट्रिय स्थरको पर्यटन परियोजनालाई स्वागत गर्न अत्यन्तै उत्सुक स्थानीय बासिन्दाहरूसँग बलियो सम्बन्ध निर्माण गरेर काम गर्यो। द क्लिफ, नारायणस्थान बाग्लुङ जिल्लाको सिमानामा अवस्थित छ जसको निर्माण पर्यटन सम्भाभ्याताका साथ साथै, लगानीकर्ता र स्थानीय सहयोगका साथ, सन् २०१६ मा पुलको निर्माणकार्य सुरु भएको थियो । बिभिन्न तहमा चुनौतीले भरिएको यो परियोजना पूरा हुन करिब चार वर्ष लाग्यो। सन् २०२० मा, द क्लिफ लक्जरी रिसोर्टको निर्माण पनि समाप्त भयो।

बन्जी जम्पिङको आफ्नै रोचक इतिहास छ। धेरै मानिसहरूको विश्वास अनुसार बन्जी भानुआटु नामक देशको पेन्टेकोस्ट भन्ने टापुमा प्रदर्शन भएको पुरातन संस्कारबाट प्रेरित थियो, जहाँ युवाहरू अग्लो काठको टावरहरूबाट आफ्नो खुट्टामा डोरी बाँधेर हाम फाल्ने गर्थे। तर, बन्जी जम्पिङको आधुनिक रूप भने सन् १९७० को दशकको उत्तरार्धमा अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूको एउटा समूहले खतरनाक खेलकुद क्लब गठन गरि लचिला डोरीहरू प्रयोग गरेर पुलहरूबाट हाम फाल्ने परीक्षण गरेपछि सुरु भएको हो । उनीहरुको पहिलो सार्वजनिक जम्प सन् १९७९ मा बेलायतको ब्रिस्टलको क्लिफ्टन सस्पेन्सन ब्रिजबाट भएको थियो।

सन् १९८० को प्रारम्भमा बन्जी जम्पिङले लोकप्रियता प्राप्त गर्यो र पहिलो व्यावसायिक बन्जी जम्पिङ सन् १९८८ मा न्युजिल्यान्डमा स्थापना भएको थियो। त्यसबेलादेखि, बन्जी गर्नेहरुका लागि सुरक्षा सुनिश्चित गर्न बिभिन्न सुरक्षा मापदण्डहरू स्थापना गरिएको छ, र बन्जी जम्पिङ अहिले धेरै देशहरूमा लोकप्रिय गतिविधि भएको छ।  नेपालमा भने सन् १९९९ मा डेभिड एलार्डिस र विष्णु नेपानेले पहिलो पटक बन्जी जम्पिङ अपरेशन स्थापना गरेका थिए। सन् २०१३ मा सुरु भएको द क्लिफ विश्वको दोस्रो अग्लो बन्जी जम्पिङ गन्तव्य हो।

पर्वत जिल्लाको कुश्मा नगरपालिकामा अवस्थित ‘द क्लिफ’ पोखराबाट करिब ५७ किलोमिटर र कुश्मा बजारबाट ५०० मिटरको दूरीमा अवस्थित छ। यहाँ तपाईंले जस्तै – बन्जी जम्पिङ, स्विङ्ग, स्काई साइक्लिङ र अन्य धेरै साहसिक गतिविधिहरूअनुभव गर्न सक्नुहुन्छ।

विशाल पिंग(The giant ping) अर्को रोमाञ्चक गतिविधि हो, जहाँ तपाइँ जोडिएको हार्नेसको साथ स्विंग गर्न सक्नुहुन्छ। स्काई क्याफेले तपाईंलाई विश्वको सबैभन्दा गहिरो काली गण्डकी खोंचको मनोरम दृश्यहरूको साथ बिहानको खाजा वा खानाको आनन्द लिने अवसर प्रदान गर्दछ।

चुनौती मन पराउनेहरूका लागि, ‘क्रेजी ब्रिज’ एक रोमान्चक गतिविधि हो, जहाँ तपाईंले सन्तुलनमा रहँदै स्टिलको तारमा जोडिएको काठको पुलहरूको पट्टिमा ध्यानपूर्वक पाइला चाल्नुपर्छ। पाइला चाल्दै गर्दा जब काठको पुल डगमगाउँछ क्रेजी ब्रिज अझै चुनौतीपूर्ण हुँदै जान्छ। यसका साथै क्लिफमा घोडा सवारी पनि उपलब्ध छ।

एक साहसिक उत्साहीका लागि, क्लिफसँग धेरै अवसरहरु छन् जसमा बन्जी र स्विङ्ग बाहेक अन्य धेरै रोमाञ्चक गतिविधिहरू पर्दछन् । तपाईं यहाँ संसारको अग्लो र सबैभन्दा लामो स्काई साइकल चलाउने अनुभव लिन सक्नुहुन्छ वा स्काई ग्लाइडिङमा तपाईं हावामा सर्फ गरेको जस्तो अनुभव गर्न सक्नुहुन्छ।

द क्लिफ स्थानीय व्यवसायको शक्तिमा विश्वास गर्छ र आफु शतप्रतिशत नेपाली लगानी भएको उद्यम भएकोमा गर्व गर्छ। द क्लिफले थ्रिल खोज्नेहरूको आवश्यकताहरू पूरा गर्नुका साथै, स्थानीय अर्थतन्त्रको वृद्धि, वातावरण संरक्षण र यहाँका बासिन्दाहरूको सुरक्षा गर्ने लक्ष्य पनि राख्दछ। त्यस उद्देश्यको प्राप्तिका लागि, क्लिफले केहि स्थानीय बासिन्दाहरूलाई पुल प्रयोग गर्न निःशुल्क पासहरू प्रदान गर्दछ।

 

सन्दर्भहरु 

ईशो कार्की, सीईओ, द क्लिफ

 

Our Supporters

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments