Shree Sarbasiddhidham Panchakot
Nepal is also considered as the land of gods. It is believed that many deities reside here and the entire nation is considered to be a sacred land. Located approximately 5 kilometers north of Baglung Bazaar in Baglung Municipality Ward No. 6 of Gandaki Province, Shree Sarba Siddhidham Panchakot serves as a religious and touristic destination, attracting pilgrims and tourists from within Nepal and abroad. Especially on Saturdays and during special Hindu festivals, worship ceremonies are conducted here.
The historical and religious significance of the five forts located here—Tara Jalkot, Karikot, Majhakot, Rayrayko, and Sansarakot—each with its unique religious importance, collectively make up Panchakot.
Swami Kamalnayanacharya Shreeji Maharaj Mukti Nath Baba Ji, born at Ward No. 6 of Baglung Municipality has been the main custodian of this Sarba Siddhidham. Since 2071 BS, he has been initiating the construction of Shree Sarvasiddhidham with funds collected through various fire rituals (Yagya) and Dhanyanchal conducted at different times. Furthermore, many structures are currently under construction in this pilgrimage site.
The breathtaking views of the Himalayas and the breathtaking scenery of all three Baglung, Myagdi and Parbat districts, bring joy to visitors. Additionally, numerous attractive heritages are located in this area which includes the Ganesh Temple, Sish Mahal, Vishal Garudarudh Bhagwan Narayan Temple, Ganga Mata Temple, Panchanarayan Temple, statue of Lord Hanuman, Hanuman Garden, Hanuman Swing, and the construction site of the World Peace Gandaki Kalash, along with many cottage and residential houses.
Other Major Attractions of Panchakot
Ganesh Temple:
The Ganesh Temple that is located at this pilgrimage site houses the idol of Lord Ganesh, where Hindus perform their initial worship. It is believed that by visiting and worshiping at this temple, devotees can overcome various obstacles in their lives.
Sish Mahal:
Sish Mahal, a grand mahal made up of glass, houses the beautiful statue of Lord Radha Krishna. Inside, various mirrors are placed so that visitors can see themselves in multiple forms, making it extremely attractive.
Vishal Garudarudh Bhagwan Narayan
A statue of Garuda, which used to be known as Edged Rock or chuche dhunga in the past times, is believed to have been carved out in ancient times. Due to Garuda’s association with Lord Vishnu, Garuda was carved out here. It depicts the symbolic scene of Garuda carrying the ailing elephant during the battle between the elephant and the crocodile.
Ganga Mata Temple
Shaligram, which is considered as the direct incarnation of Lord Vishnu is worshiped here. The mother of Shaligram, the Gandaki River, originated from Damodar Kunda, carries millions of Shaligrams in her womb. The rituals and worships are considered incomplete without the presence of Shaligram at any temple. Ganga Mata is considered as the wife of god Saligram and Gandaki Devi is considered as the mother of Shaligram. Therefore, Shaligram, along with Gandaki Devi is installed in this temple.
Panchanarayan Temple
The five-storied Panchanarayan Temple, which has a very distinctive architecture, can be seen from all four directions of Baglung. It houses the statue of Panchanarayan Bhagwan and has a Panchakundiya Yagyasala. Especially, on Fridays Laxmi is worshipped here and daily fire ritual is also performed in the temple premise.
Statue of Lord Hanuman:
This statue depicts the scene where Hanuman brings the Sanjivani Booti (herb) from the Kalanjar Mountain (located in the Parbat district) to revive the unconscious Lakshman, who was injured by the Brahmashtra weapon thrown by Indrajeet (the son of Ravan) during the battle. The presence of the statue of Hanuman, along with various types of flowers and gardens, attracts religious tourists and the presence of a Hanuman Swing adds to the charm.
Bishwoshanti Gandaki Kalash
Bishwoshanti Gandaki Kalash is being constructed with the aim of being the model to let the world know about the importance of conserving the world’s water resources. It is approximately 35 feet wide and 135 feet high from the ground. With about 15 floors, thousands of people can visit it at once. Inside this, there is a meditation hall, a satsanga hall and a kind of museum. In the construction phase, a vast stage accommodates thousands of people for religious lectures, meditation, and yoga sessions.
Due to all these structures, the number of religious and other tourists visiting this area is increasing day by day.
Reference:
Based on discussions with Pandit Damodar Shastri from Shri Sarvasiddh
भारत बर्ष मध्येको नेपाल देश समग्र नेपाल, देवभूमि हो । यहाँ अनेकौँ देवी देवताहरुको बास रहेको पाइन्छ। गण्डकी प्रदेश भित्रको बागलुङ जिल्लाको, बागलुङ बजारदेखि उत्तरतर्फ करिब ५ कि.मी बागलुङ नगरपालिका वडा नं. ६ मा अवस्थित श्री सर्वसिद्दिधाम पञ्चकोट, धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा प्रचार प्रसार हुँदै नेपाल भित्र र बाहिरबाट पनि पर्यटक, श्रद्धालु भत्तजनहरुको घुइचो बढ्ने क्रममा रहेको छ। यहाँ विशेषत: शनिवारका दिन साथै हिन्दुहरुको विशेष पर्वहरुमा पूजाआजा हुने गर्दछ।
यहाँ रहेका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाँच वटा कोटहरु: ताराजालकोट, कारिकोट, माझकोट, रायरायकोट र संसारकोटको आ-आफ्नो, अलग अलग धार्मिक महिमा छ। यी समग्र पाँचवटा कोटहरुको समग्र नाम पञ्चकोट हो।
बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा जन्म लिनु भएका स्वामी कमलानयनर्चाय श्रीजी महाराज मुक्तिनाथ बाबा ज्यूको प्रमुख संरक्षकत्वमा २०७१ सालदेखि विभिन्न समयमा यज्ञ र धाञ्यान्चलका माध्यमले संकलन गरिएको रकमबाट श्री सर्वसिद्दिधामको निर्माण सुरु गरिएको हो। यो धाममा अहिले थुप्रै संरचनाहरु बन्ने क्रममा रहेका छन्।
यहाँबाट प्रत्यक्ष देखिने हिमालहरुको दृश्य र पर्वत, म्याग्दी तथा बागलुङ गरी तीनवटै जिल्लाको रमणीय वातावरणले, दर्शन गर्ने व्यक्तिहरुमा अनन्दको अनुभुति गराउँदछ। यसका साथै यो धाममा अरु थुप्रै आकर्षक मन्दिरहरु रहेका छन्। जसमा गणेश मन्दिर, शिसमहल, विशाल गरुडारुढ भगवान नारायण, गंगा माताको मन्दिर, पञ्चनारायण मन्दिर, हनुमानजीको विशाल मूर्ति, हनुमान वाटिका, हनुमान झुला, ५५५५ किलोग्रामको महाघण्ट राखिने स्थल सहित निर्माणधीन विश्वशान्ति गण्डकी कलश र थुप्रै कुटी आवास गृहहरु पर्दछन्।
पञ्चकोटका आकर्षणहरु
गणेश मन्दिर
यस धामको अन्तिममा रहेको गणेश मन्दिर, हिन्दु परम्परामा सर्वप्रथम पूजा गरिने गणेशजीको विग्रह सहितको मन्दिर रहेको छ । यस धाममा आई दर्शन, पूजा गर्ने श्रद्धालुहरुको जीवनमा कुनै प्रकारका विघ्न वाधाहरु नआओस् भन्नका लागी गणेश मन्दिरको कल्पना गरिएको हो।
शिसमहल
त्यस्तै, शिसैशिसाबाट जडित महललाई शिसमहल भनिन्छ। भित्र पट्टी युगल जोडी भएको भगवान राधाकृष्णको सुन्दर विग्रह राखीएको छ। एकै पटक आफुलाई धेरै वटा स्वरुपमा देख्न सकिने गरी शिसमहलभित्र ऐनाहरु राखिएका छन्। अद्भुत कलाकृतिले युक्त यो शिसमहल अति नै आकर्षक देख्न सकिन्छ।
विशाल गरुडारुढ भगवान नारायण
गरुडको मूर्ति भएको शिलालाई प्रचिन कालमा चुच्चे ढुङ्गा भनेर चिनिन्थ्यो। चुच्चो पंक्षीराज गरुडको भएकाले यहाँ गरुड कै विग्रह बनाइएको हो। गज र ग्राहको युद्द हुँदा आर्त ग्राहलाई मुक्ति दिन गरुडमा चढेर सवार भएको प्रतिकात्मक दृश्य यहाँ देख्न सकिन्छ।
गंगा माताको मन्दिर
भगवान विष्णुको प्रत्यक्ष अवतार शालिग्राम हुन्। शालिग्रामकी आमा श्री गण्डकी दामोदर कुण्डबाट प्रवाहित हुँदै आफ्ना गर्भमा करोडौँ शालिग्रामलाई लिएर प्रवाहित हुन्छिन्। शालिग्राम बिना कुनै पनि मन्दिरमा प्रतिष्ठा सम्भव छैन भन्ने मानिन्छ। तसर्थ, विश्वभरि नै मन्दिरमा रहने यिनै गण्डकीका पुत्र शालिग्राम हुन्। त्यस्ता शालिग्रामलाई जन्म दिने माता गण्डकीको महिमा धेरै शास्त्रहरुले वर्णन गरेका छन्। गंगा शालिग्राम भगवान कि पत्नी हुन् भने गण्डकी, भगवानकी माता हुन् । यस मन्दिरमा गण्डकी सहित शालग्राम भगवानको विग्रह स्थापना गरिएको छ ।
पञ्चनारायण मन्दिर
साविक धौलागिरी अञ्चल भित्रको अद्भुत कलाकृतिले बनेको यो मन्दिर पाँच तलाको छ। तामाको छानाले छाइएको यो मन्दिर, बागलुङको चारैतिरबाट टाढाटाढाबाट समेत पनि देख्न सकिन्छ। यहाँ पञ्चनारायण भगवानको विग्रह र पञ्चकुण्डीय यज्ञशाला रहेको छ। विशेष गरि शुक्रबार लक्ष्मीको आराधना गरि नित्य हवन समेत हुने गरेको छ।
हनुमानजीको विशाल मूर्ति
त्रेता युगमा राम र रावणको युद्द हुँदा रावणपुत्र इन्द्रजितले लक्ष्मणलाई ब्राह्मास्त्र प्रहार गरि मुर्छित हुनु भएका लक्ष्मणलाई मुक्तिक्षेत्र कालाञ्जर (पर्वत जिल्लामा पर्ने हम्पाल) बाट उठाएर लिएर गएको सञ्जिवनी बुटी सहितको पर्वत बोकेको दृश्य यहाँ देख्न सकिन्छ।
हनुमानजीको विग्रह भएको हुनाले विभिन्न प्रकारका धुपि, फुलहरुलाई रोपेर आकर्षक बाटिका निर्माण गरि यहाँ आउने धार्मिक पर्यटकहरुलाई आकर्षक गराएको छ। यस मूर्तिसँगै हनुमान झुला समेत रहेको छ जहाँ आएर पिङको माध्यमले आनन्द लिन पनि सकिन्छ।
विश्वशान्ति गण्डकी कलश
विश्वमा जलसम्पदाको संरक्षणका लागि जलसम्पदाको लोगोको रुपमा रहेको निर्माणाधिन विश्वशान्ति गण्डकी कलश जमिन मुनि ३५ फिट र जमिनमाथि १३५ फिट अग्लो यो कलश लगभग १५ तला अग्लो रहने छ । एकै पटक दुईहजार व्यक्तिहरु भित्र दर्शन गर्न र घुम्न सक्नेछन् । वैदिक सनातन धर्ममा रहेका सबै परम्परा धार्मिक संस्कृति, चार वेद १८ पुराण, ऋषि गोत्र प्रवरहरु रहने छन्। त्यहिँ भित्र ध्यानस्थल, सत्संग हल एक प्रकारको म्युजियम जस्तो देखिने छ। निर्माणधिन अवस्थामा रहेको विशाल मञ्चमा एकैचाटी हजारौं व्यक्तिहरु उपस्थित भई कथाप्रवचन सुन्न, ध्यान, योग गर्न सक्नेछन्। यसका साथै, पञ्चकोटमा ५,५५५ किलो घण्ट समेत राखिएको छ।
यी सबै संरचनाका कारण यस क्षेत्रमा दिनानुदिन हजारौँ संख्यामा धार्मिक तथा अन्य पर्यटकहरु यहाँ आउने क्रम बढ्दो छ।
सन्दर्भ
श्री सर्वसिद्धिधाम पञ्चकोटका पण्डित दामोदर शास्त्रीसँगको कुराकानीका आधारमा
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Related stories