Link is copied to clipboard.

Sahashra-dhara Dibya Dham

191 people have read this story

0:00
/

Welcome to Sahashra-dhara Dibya Dham!

The name “Sahashra-dhara” means “thousand streams” in Sanskrit language, which refers to the many small waterfalls. This series of waterfalls cascading down the Thado Dhunge Pahad into several streams originates from the Kaligandaki River and reunites to the river through Thado Dhunge Pahad. It is also believed that the water flows from Mansarovar through Kalanjar mountain. It is a sacred site of Pang, the birthplace of Goddess Parvati. 

In Poush 11, 2069 B.S. Vagwat Vaskar Kamalnayan Gautam established this place as the Sahashra-dhara Dibya Dham with 108 cow shaped taps, a big statue of Shiva, pond and a temple. This site is maintained and cared for by the Sahashra-dhara Divyadham Development Committee. The 108 cow shaped taps are flowing with the sacred water of the streams and are believed to have religious significance.

It is believed that bathing in these waters leads you to liberation as in the satya Yuga, Goddess Parvati came here to take a bath before starting her deep meditation to get Lord Shiva as her husband. One of the myths believed by people about this place is that the Sahasra Dhara Dibya Dham originated when Goddess Pavati opened her mouth when she was thirsty.

Other than having religious values, the water flowing down the cliff has other specialities. The streams are never unclear. The number of streams rises from the day of Janai Purnima. Due to the growing water streams, the view of Sahashra-dhara Divya Dham looks very attractive and amazing by the time of Hartalika Teej. 

Read More Stories form Kushma …

Reference

Krishna Bahadur Chhetri, chairman, sahasradhara divya dham development comittee

सहस्र धारा दिव्य धाममा हजुरलाई स्वागत छ!

संस्कृत भाषामा “सहस्र धारा” नामको अर्थ “हजार धाराहरू” हो, जसले धेरै साना झरनाहरूलाई जनाउँछ। ठाडो ढुङ्गे पहाडबाट धेरै धारामा बग्ने यस झरनाको उत्त्पती कालीगण्डकी नदीबाट भएको हो र ठाडो ढुङ्गे पहाडबाट बगेर फेरी काली गण्डकीसँग मिसिएर बग्ने गर्दछ। मानसरोवर देखि कालन्जर पर्वत हुँदै उक्त्त जल प्रवाहित भएको जन विश्वास रहेको छ। सहस्र धारा दिव्य धाम देवी पार्वतीको जन्मस्थल, पाङको पवित्र स्थलहरु मध्य एक हो।

वि. सं. २०६९ पौष ११ गते भागवत भास्कर कमलनयन गौतमले यस ठाउँलाई १०८ गौमुखे धारा, शिवको ठूलो मूर्ति, जल कुण्ड र मन्दिरसहित सहस्रधारा दिव्यधामको रूपमा स्थापना गरेका थिए। यस स्थानको मर्मत र हेरचाह भने सहस्रधारा दिव्यधाम विकास समितिले गरिरहेको छ। गौमुखे धाराहरूबाट बग्ने झरनाको यस पवित्र पानीको ध्रमिक महत्त्व रहेको विश्वास गरिन्छ। पौराणिक कालमा देवी पार्वतीले भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न गहिरो तपस्या गर्नु अघि यहाँ नुहाउने गरेको हुँदा यस झरनाको पानीमा नुहाउँदा मुक्ति मिल्ने जनविश्वास रहेको छ। तिर्खा लागेको बेला पार्वतीले मुख खोलेपछि सहस्रधारा धारा दिव्य धामको उत्पत्ति भएको भन्ने किम्बदन्ती यस ठाउँको मानिसहरूले विश्वास गर्ने गर्दछन् ।

धार्मिक मूल्यमान्यताहरू बाहेक, चट्टानबाट बग्ने यस झरनाको अन्य विशेषताहरू पनि रहेका छन्। यस झरनाको पानी कहिल्यै पनि धमिलो हुँदैन। यहाँ जनै पूर्णिमाको दिनदेखि झरनाको धाराहरूको सङ्ख्या बढ्ने गर्दछ। बढ्दो जलधाराहरुले सहस्रधारा दिव्य धामको दृश्य हरितालिका तीजसम्ममा एकदमै मनमोहक र अचम्मको देखिने गर्दछ । 

 

सन्धर्भहरु  

 कृष्णबहादुर क्षेत्री, अध्यक्ष, सहस्रधारा दिव्यधाम विकास समिति

Our Supporters

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments