Link is copied to clipboard.

Jaya Bageshwori Temple

0:00
/

Structure of the Temple

Built-in Pagoda style, this temple is a two-storied, with two auxiliary parts that can be seen distinctly. King Shiva Dev built the idol of the deity and made the temple in order to place the deity inside the temple. The construction of the present form of the temple was under the rule of Nripendra Malla. To symbolize the fact that the Devi crossed the Shila River before she was established at the Jaya Bageshwori temple, the feet of Jaya Bageshwori Devi made up of stone has been portrayed in the temple. Therefore, it is customary to worship the feet of the Jaya Bageshwori Devi while visiting the Jaya Bageshwori Temple. However, the entire idol of the Devi except her feet is made up of mud and it is rebuilt every twelve years.

There is a tradition of reconstructing the idol of Bageshwori Devi every twelve year. This tradition was brought into practice by Amshu Verma upon realizing the fact that it wasn’t possible to rebuild the idol every year.

Similarly, a beautiful and artistic toran can be seen above the main entrance of this temple. Likewise, only few Tundals of the temple have the artistic carvings and only two tundals on either side of the main gate have various shapes carved in it. The remaining tundals do not have much artistic design. In the courtyard of the Jaya Bageshwari temple, one can also see a bell with inscriptions written it, offered by the devotees in Nepal Sambat 928 (1865 B.S.). There are small lion statues carved on the pillars of the main door of the temple. Likewise, in the small auxiliary temple on the left side of the main door of the temple, one can find the idols of Matrikas. 

One can also see a Lo Hiti (Stone Spout) within the temple premises, where priests perform daily bathing rituals and worship Jaya Bageshwari. Similarly, the water of this tap is considered pure and is used in the worship rituals of Jaya Bageshwori Dvei.

Sanctum Sanctorum of the Temple

The temple of Jaya Bageshwori is facing westwards and it is in the Nepali Mandap Style. The temple has main sanctum inside the temple, where one can also see other two sub sanctums, which make this temple distinct from the other temples made in the same style. Inside the sanctum, the idols of Jayabageshwari in the center and the idol of Swet Bhaurav can be seen towards the right of the main idol while the idol of Ganesh can be seen toward the left of the main idol. On the northern outer wall of the temple, one can see an artistic painting of Lord Bhairav. Different from the usual forms of Jayabageshwari and Ganesh, unique statues can be found here. The idol of Ganesh here is in the form of Bighneshwor. Bighneshwor is the original form of Ganesh before his head was replaced by elephant’s head. The main statue in the temple i.e. the statue of Jaya Bageshwori is that of Saraswati. Therefore, locals also refer to it as the Saraswati Temple. The portion of the deity’s body except her feet is made of clay, and the body of the goddess is covered by clothes throughout the year.

Bhairav

A grand image of Bhairav adorns the northern wall of the Jaya Bageshwari Temple. Every twelve years, artists repaint this image. The approximate height of this Bhairav image is around eight feet. According to a prevalent legend, when this Tuppe Bhairav saw bright and charming Jaya Bageshwori Devi, he had evil thoughts and started following the goddess. Upon realizing the fact that Bhairav was following her, Bageshwori Devi felt angry and pasted the Bhairav in the northern side of the temple. Thus, it is believed that Bhairav resides here.

Worships and Festivals

Apart from the daily worship of Jaya Bageshwari devi, on the day of Baishakh Shukla Navami, the festival of Damanarohan i.e. the tradition of offering Damana flower to the goddess is celebrated. Likewise, on the full moon day of every month, during the Mahasnan Puja and Mahabhog of Pashupatinath, there is a tradition of performing Pooja at Jaya Bageshwori by sacrificing duck on behalf of Guthi Goshwara and the Karmacharya performs the Puja at the temple. On the day of Baisakh Shukla Purnima, the festival worship and annual worship of Jaya Bageshwori are performed. Also, on the day of Ashadh Krishna Asthami, the Trishul Jatra is celebrated by bringing out three khats from the Deupatan area, among which one of the khats is taken out from Jaya Bageshwori Devi Temple. On the day of Shrawan Shukla Navami, special sacred offerings are offered to the deity. From Ashwin Shukla Pratipada to Navami, puja is performed in the Taleju of Jaya Bageshwori, and on Kartik Krishna Aunshi, Laxmi Puja is performed.

On the day of Marga (Mangsir) Shukla Navami, a tradition of bringing a special type of paddy named Darje on behalf of Jaya Bageshwori Devito Nawadurga is prevalent. Likewise, on Poush Shukla Dwadashi and Poush Shukla Purnima, rituals and homa are performed. Along with this, on the day of Chaitra Krishna Chaturdashi, during the Pisach Chaturdashi festival, in the Batsleshwori Jatra, the ritual of performing Japaya (rice feeding ritual) of goddess Batsleshwori is done on behalf of Jaya Bageshwori Devi.

The statue of Jaya Bageshwori Devi is rebuilt in every twelve years. After determining the auspicious day, the twelve-year Festival of Jaya Bageshwori Devi is performed. On this occasion, statues of Jaya Bageshwori, Bhairav, and Ganesh are made by following different rituals and practices. Jaya Bageshwori Devi was brought to the Deupatan area by making her cross the Shila River. Symbolizing the wet footprints of Jaya Bageshwori while crossing the river, her feet made of stone are permanently placed in the temple. Therefore, in every twelve years, her entire body above the foot is built with clay. For this, there is tradition of bringing the clay from Maipi of Kathmandu Valley.

Various fragrant substances are mixed with clay for making the goddess’s statue. After mixing one hundred fifty-four types of spices, it is then filtered by velvet’s cloth and then the goddess is worshipped. Only the skilled artists are allowed for making the statue of the goddess. After the mantras purify the clay, the artist and the sculptor enters the sanctum of the temple. There, with a secret procedure, the sculpture is surrounded by cloth and following the worship rituals, they initiate the tradition of making the statue.

It takes around six months to rebuild the statue of Jaya Bageshwori Devi. Then, gradually, the work of consecrating the newly built statue is done by artists and the Karmacharyas. All those who worship have to stay pure and clean for six months. When it’s time to rebuild the statue if Jaya Bageshwari every twelve years, the entire temple is painted with different colors for purification purposes.

नमस्ते!
काठमाडौँ महानगरपालिका वडा नं ८, नवाली टोलमा अवस्थित जयबागेश्वरी मन्दिरमा हजुरहरुलाई स्वागत छ| यिनै जयबागेश्वरी देवीको नामबाट नै यो ठाउँको नाम जयबागेश्वरी रहन गएको भन्ने जनविश्वास छ| यसबाट पनि यो मन्दिरको प्राचिनाताको बारे अनुमान लगाउन सकिन्छ| ‘जयबागेश्वरी’, सरस्वतीको अर्को नाम पनि हो। जयबागेश्वरीलाई ‘वाक्’ अर्थात् वाणीनी अधिष्ठात्री मानिन्छ। जसले गर्दा पनि, जयबागेश्वरीलाई ‘श्वेत सरस्वती’ को रूपमा पनि पूजाअर्चना गर्ने गर्दछन्। त्यस्तै, यिनलाई सरस्वती, दुर्गा र पार्वती तीनवटै देवताको रुपमा नेवारी संस्कृति अनुसार तान्त्रिक विधिबाट पनि पूजाआजा गरिन्छ|

किम्बदन्ती
जयबागेश्वरी मन्दिरको स्थापनाका बारेमा विभिन्न किम्बदन्तीहरु प्रचलित छन्| तिनीहरूमध्ये एक किंवदन्तीअनुसार परापूर्वकालमा देउपाटन क्षेत्रमा अनिकाल र अनावृष्टि भएकाले राजाले तान्त्रिकहरूसँग परामर्श गर्दा तिनले शीलानदी पार गरेर देवीलाई यहाँ ल्याई स्थापना गरेमा ती समस्या समाधान हुने कुरा तान्त्रिकले राजालाई बताएछन्| जसअनुरुप उनीहरुले देवीलाई तान्त्रिक विधिद्वारा कलशमा प्रवेश गराई लिएर आए| । यसै क्रममा तिनीहरू देउपाटन आइपुग्दा उज्यालो हुन लागेको तथा कुखुरा बासेको हुनाले देवीलाई त्यसै स्थानमा स्थापना गरिएको भन्ने मान्यता छ।
सती प्रथाको समयमा सती जाने महिलाहरुले आफ्ना सासु आमाको रुपमा मानेर, गर-गहनाहरु यो मन्दिरमा चढाएर जाने गरेकाले यो मन्दिरमा धेरै मात्रामा रत्न र गहनाहरु हुने गर्दथ्यो| त्यसैले, मन्दिरमा बेला बेलामा चोरी भएको कुरा इतिहासमा पाइन्छ|

मन्दिरको बनावट
प्यागोडा शैलीमा निर्मित तीन तले यो मन्दिर, तले शैलीमा दुईतिर सहायक अङ्ग (भाग) गाँसिएको विशिष्ट देख्न सकिन्| राजा शिवदेवले देवीको स्वरुप दिएर, मन्दिर बनाएका थिए | मन्दिरको वर्तमान स्वरुपको निर्माण नृपेन्द्र मल्लको पालामा भएको थियो| शिला नदी पार गरेर ल्याउँदा देवीको भिजेको पाउको प्रतीक स्वरुप जयवागेश्वरी मन्दिरमा उनको प्रस्तरका दुईवटा पाउ स्थाई रुपमा राखिएको छ| त्यसैले जयबागेश्वरी देवीको दर्शन गर्दा उनको पाउको नै दर्शन गर्नुपर्ने महिमा रहेको पाइन्छ। हरेक वर्ष देवीको कलेवर फेर्न नसकिने भएकाले, प्रत्येक बाह्र-बाह्र वर्षमा कलेवर फेरी (पाउबाहेक त्यस माथिको सम्पूर्ण भाग नयाँ बनाउने) प्राणप्रतिष्ठा गर्ने चलन छ। प्रत्येक बाह्र-बाह्र वर्षमा देवीको कलेवर फेर्ने प्रचलन भने राजा अंशुवर्माले चलाएका थिए|
यो मन्दिरको मूलद्वार माथि, सुन्दर तथा कलात्मक तोरण देख्न सकिन्छ| त्यस्तै, मन्दिरका टुँडालहरूमा केवल चार कुनाका मेषव्याल युक्त टुँडाल र मूल द्वारका दुईतिरका दुईवटा टुँडालहरुमा मात्र विभिन्न प्रकारका आकृतीहरू कुँदिएका छन्। यस मन्दिरमा प्रयोग भएका बाँकी टुँडालहरू भने सादा रहेका देखिन्छन् । जयवागेश्वरी मन्दिरको प्राङ्गणमा ने.सं. ९२८ (वि.सं. १८६५) मा भक्तहरूले चढाएको अभिलेखयुक्त एउटा घण्ट समेत रहेको छ| मन्दिरको मूलद्वारको खम्बामा मुनितिर दुई वटा साना सिंहहरुको आकृति रहेका छन्| त्यस्तै, मन्दिरको मूलद्वारको बायाँ टाँसिएको सानो सहायक मन्दिर भागमा प्राचीन मातृकाका मुर्तिहरू राखिएका देखिन्छन्|
मन्दिर परिसर नजिकै लुँ हिटी (सुन्धारा) रहेको छ, जहाँ पुजारीहरू नित्य स्नान गरेर जयबागेश्वरी देवीलाई पूजा गर्ने गर्दछन्| त्यस्तै, देवीलाई पूजा गर्न तथा देवीका गर गहनाहरु सफा गर्नका लागि समेत यहि हिटीको जल प्रयोग गरिन्छ|

मन्दिरको गर्भगृह
पश्चिमाभिमुख, जयबागेश्वरी को मन्दिर छातामाथि छानायुक्त चारपाखे नेपाली मण्डप शैलीमा निर्मित छ। यस किसिमको शैलीमा प्रचलित मन्दिरहरूभन्दा भिन्न मूल गर्भगृहको दायाँ-बायाँ पनि एक-एक उपगर्भगृह तथा त्यसै अनुसार मन्दिर माथिसम्म बनेकोले अलि बेग्लै किसिमको देखिन्छ। मन्दिरको गर्भगृहको बीचमा जयबागेश्वरी तथा दायाँतर्फ श्वेत भैरव र बायाँतर्फ गणेशको मूर्ति छ। उत्तरतर्फको उपगर्भगृहको बाहिरी भित्तामा भैरवको आकृति विभिन्न रङ्गद्वारा चित्राङ्कित गरिएको छ। दक्षिणतर्फको गर्भगृहमा मातृकाका प्राचीन मूर्तिहरू छन्, जहाँ दुर्गाको रुपमा बागेश्वरीलाई भोग दिंदा यहा दिइन्छ। जयबागेश्वरी र भगवान् गणेशको प्रचलित मूर्तिहरूभन्दा फरक आयुध लिएका मूर्ति यहाँ पाउन सकिन्छ। यहाँ उभिएको अवस्थामा रहनुभएको जयबागेश्वरी देवीको चार हातहरूमा सिन्हमु, ज्वालन्ह्याक, चक्र र खड्ग छन्। सामान्यतया सरस्वतीको आयुधहरू वीणा, पुस्तक हुन्। त्यस्तै, यहाँस्थित गणेशको स्वरूप विघ्नेश्वरको छ। विघ्नेश्वर भन्नाले गणेशको हात्तीको टाउको हुनुभन्दा अगाडिको रूप हो। यहाँस्थित जयबागेश्वरी को मूलमूर्ति सरस्वतीको छ। यसैले स्थानीय जनताहरू यसलाई सरस्वती मन्दिर पनि भन्ने गर्छन् । देवीको पाउभन्दा माथिको भाग माटोद्वारा निर्मित छ र यो बाह-बाह्र वर्षमा विधिविधानपूर्वक नयाँ बनाइन्छ । देवीको शरीर भागलाई बाह्र वर्षमा नयाँ बनाइन्छ भने यिनको सम्पूर्ण शरीरलाई कपडाले पहिर्र्याएर राख्ने परम्परा छ।

भैरव चित्र
जयबागेश्वरी मन्दिरको उत्तरी भित्तामा भैरवको भव्य भित्तेचित्र बनाइएको छ । यसलाई प्रत्येक बाह वर्षमा विशेष दीक्षा प्राप्त चित्रकारले, चित्रकारिता गरी कलेबर फेर्ने गरिन्छ। मन्दिरको यस भागमा भैरवको लगभग ८ फिट अग्लो चित्र देखाइएको छ| यो भैरवको बारेमा जनमानसमा प्रचलित एक किम्बदन्ती अनुसार टुप्पे भैरवले जयवागेश्वरी देवीलाई कुदृष्टि लगाई पछ्याउँदै यहिँसम्म आएकाले देवीका पुत्र गणेश भगवानले रिसाएर यस स्थानमा भैरवको छाला काढी भित्तामै टाँसी दिएकाले भैरव यहिँ रहेको भन्ने जनविश्वास छ| साथै, भैरवलाई भित्तामा टाँसीदिँदा हड्डी झरेको ठाउँ कलि कडा रहेको पाउन सकिन्छ|

जात्रापर्व
जयवागेश्वरीमा नित्य पूजाबाहेक वैशाख शुक्ल नवमीका दिन दमनारोहण पर्व अर्थात् दमना फूल अर्पण गर्ने पर्व मनाइन्छ। त्यस्तै, प्रत्येक महिना पूर्णिमाका दिन भगवान् पशुपतिनाथको महास्नान पूजा तथा महाभोगको बेला जयबागेश्वरी मन्दिरमा पनि गुठी गोश्वाराका तर्फबाट जयवागेश्वरीलाई एउटा हाँसको बलिसहितको पूजा पठाइने तथा उक्त पूजा कर्माचार्यले (आचाजु) गर्ने परम्परा छ। वैशाख शुक्ल पूर्णिमाका दिन पर्वपूजा तथा जयबागेश्वरीको वर्षवर्धन पूजा गरिन्छ । जेठ शुक्ल त्रयोदशीका दिन जयवागेश्वरीको प्रत्येक वर्ष देवीका नाममा छुट्याएर राखिएको पैसा ढुकुटीमा लगेर दाखिल गर्ने चलन छ। त्यस्तै, आषाढ कृष्ण अष्टमीका दिन देउपाटन क्षेत्रबाट निकालिने त्रिशूल जात्राका तीन खटमध्ये एउटा खट जयवागेश्वरीबाट निकाल्ने गरिन्छ| साउन शुक्ल नवमीका दिन देवीलाई पवित्रारोहण अर्थात् पवित्र अर्पण गर्ने कार्य पनि गरिँदै आइएको छ । आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म जयवागेश्वरी देवीको तलेजुमा पूजा तथा कार्तिक कृष्णऔंसीमा लक्ष्मी पूजा गरिन्छ।
मार्ग शुक्ल नवमीका दिन जयवागेश्वरीका तर्फबाट दार्जे नामक धान ल्याई नवदुर्गामा पर्व पूजा गर्ने परम्परा रहेको छ । त्यस्तै मार्ग शुक्ल पूर्णिमादेखि पौष शुक्ल पूर्णिमासम्म मिनपचास भरी मिलाधुनी जगाई उक्त कार्य सम्पन्न भएपछि पौष शुक्ल द्वादशी तथा पौष शुक्ल पूर्णिमाका दिन यज्ञ तथा होम गर्ने गरिएको छ। यसका साथै, चैत्र कृष्ण चतुर्दशीका दिन पिशाच चतुर्दशी पर्व पूजाअन्तर्गत जयबागेश्वरीका तर्फबाट वत्सलेश्वरी जात्रामा बत्सलेश्वरी देवीको जापाय (भातले छोपेर गरिने पूजा) अन्न प्राशन गर्ने गरिएको छ ।
जयवागेश्वरीको कलेबर प्रत्येक बाह्र बर्षमा फेरिन्छ। पात्रमा पानी राखेर घड़ी र पलाअनुसार साइत जुराएपछि जयवागेश्वरीको बाह्र वर्षे पूजा सुरु गर्ने गरिन्छ। त्यस अवसरमा जयवागेश्वरी, भैरव तथा गणेशको माटोको मूर्ति बनाई लामो विधानका साथ प्राण प्रतिष्ठा गरिन्छ । जयवागेश्वरीलाई शीला नदी पार गरेर ल्याउँदा भिजेको पाउको प्रतीक मानिएको ढुङ्गाको पाउ स्थाइ रूपमा राखिएको छ । तसर्थ हरेक बाह्र वर्षमा उनको पाउभन्दा माथिल्लो भागको सम्पूर्ण शरीर माटोबाट निर्माण गरिन्छ। यसका लागि माटो भने काठमाडौं म्हैपीबाट ल्याउने परम्परा छ ।
देवीको प्रतिमा निर्माणका लागि माटोमा अनेक प्रकारका सुगन्धित वस्तुहरू मिसाइन्छ । म्हैपीबाट ल्याइएको माटोमा श्रीखण्ड, कुमकुम, कस्तुरी, गोलोचन, चन्दन र शिमलको भुवा आदि १५४ थरीको मसला मिसाएर कुटेपछि त्यसलाई मलमलको कपडामा छानेर पूजा गर्ने परम्परा छ। यसमा देवीको मूर्तिको निर्माण दीक्षा प्राप्त मूर्तिकार/चित्रकारले मात्र गर्छन् । मन्त्रले माटो शोधन गरेर न्यास गरेपछि दीक्षा प्राप्त चित्रकारलाई कुनै लोभानी पापानी नगर्ने बाचा गराई मन्दिरको गर्भगृहमा प्रवेश गराइन्छ। त्यहाँ गोप्य विधानबाट कपडाले घेरेर पूजा गराई मूर्ति बनाउन लगाउने परम्परा रहेको छ।

जयवागेश्वरीको कलेबर फेर्न या मूर्ति बनाउन छ महिना समय लाग्दछ। त्यसपछि क्रमशः मूलाया पालांछ्या, दिष्टी दान र जीवन्यास गरी नवनिर्मित प्रतिमालाई प्रतिष्ठा गर्ने काम चित्रकारसंगै बसेर कर्माचार्यहरूले गर्छन्। यी सबै पूजा गर्नेहरूले छ महिनासम्म शुद्ध/चोखो भएर बस्नुपर्ने नियम हुन्छ। जयवागेश्वरीको बाह्र वर्षमा कलेवर फेरिने बखतमा सम्पूर्ण मन्दिर शुद्धीकरणका निम्ति रङ्गरोगन गर्ने गरिन्छ।

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments