Link is copied to clipboard.

Ganesh Temple

0:00
/

Located in the eastern part of Kathmandu alongside the area where Pashupatinath is situated is ‘Gola Dhye’. Ye Dhye means Kantipur, Yala Dhye means Lalitpur and Khopa Dhye means Bhaktapur. In the same way, Gola Dhye means Suwarna Pur.During the Malla regime, this place was a separated kingdom situated between Ratopul and Tilganga.In this area Nawali Tole is also situated. In ancient times, kings used to reside in this area. The throne of the king can still be seen here. As deities like Pashupatinath, Guheshwori, Bashleshwori, Tamreshwor Mahadev, Jaya Bageshwori, and other gods and goddesses reside in this area, this place was also known as Gola Dhye or Suwarna Pur. There is a tradition of placing Ganesh at every Newari Tole. Similarly, in the Nawali Tole area, there is a Ganesh temple. People in the community believe that this Ganesh temple has a direct connection with Pashupatinath.

            Although the first statue in the Ganesh Temple was made of stone, over time, the residents there have replaced it with a copper statue. Lord Ganesh in this place is also worshipped by considering him as one of the four Vinayakas of Kathmandu. The people of Nawali Tole primarily worship in this Ganesh temple. After that, they go to other temples for performing worship rituals. In the vicinity of the Ganesh temple in Nawali Tole, there is a tradition of circumambulating the temple during different Jatras and festivals celebrated in Pashupati area.

            Similarly, on Ganesh Chaturthi, a grand puja is performed at the Ganesh Temple. On this day, tantrik puja is performed and eighty-four varieties of dishes are offered to the deity.

            Furthermore, in front of the Ganesh Temple, one can see the statue of Nateshwor Deity. Nateshwor is also referred to as ‘Nasa Dhye’. The artisans consider Nateshwor as their guru and worship him. Alongside, before starting the musical instruments and dance in this temple, the Nateshwor deity is worshipped.

काठमाडौँको पूर्वी भेगमा पशुपतीनाथ विराजमान भएको क्षेत्रसँग सँगै ‘ग्वल: दे:’ रहेको छ| ये दे: भनेको कान्तिपुर, यल दे: भनेको ललितपुर, खोप दे: भनेको भक्तपुर जस्तै ग्वल: दे: अर्थात ग्वल: दे: भनेको सुवर्णपुर हो| मल्लकालमा यो ठाउँ एउटा छुट्टै राज्य भएको शहर हो जुन रातोपुलबाट पूर्व चावहिल ओम् अस्पतालबाट पूर्व चबहिल गुहेश्वरी तिलगंगासम्म पर्छ| यहि क्षेत्रमा नवाली टोल पनि छ| परापूर्वकालमा यो ठाउँमा राजाहरु बसोबास गर्ने गर्दथे| जसको प्रमाण दरबार र कोटको रुपमा अमल कोट कचहरी रहेको छ| राजाहरुको सिंहासन हालसम्म पनि यहीं रहेको देख्न सकिन्छ| पशुपतीनाथ, गुहेश्वरी, बाश्लेश्वरी, ताम्रेश्वर महादेव, जय बागेश्वरी आदि देवी देवताहरु यो क्षेत्रमा बसोबास गर्ने भएकाले यो ठाउँलाई ग्वल: दे: भनेर चिनिने गरिन्छ| प्रत्येक नेवारी वस्तीहरुमा थाय गनेद्य (स्थान गणेश) राखिएको हुन्छ| त्यस्तै, नवाली टोलको स्थान गणेशको रुपमा यो गणेश मन्दिरलाई राखिएको छ| यो गणेश मन्दिरको प्रत्यक्ष सम्बन्ध पशुपतीनाथसँग रहेको भन्ने विश्वास जन समुदायमा प्रचलित छ|
गणेश मन्दिरमा पहिलेको मूर्ति शिलाको भएतापनि, समयक्रमसँगै यहाँका टोल बासीहरुले तामाको मूर्ति फेरेका छन्| यो स्थानका गणेश भगवानलाई काठमाडौका चार विनायक मध्ये एक मानिने चन्द्र विनायकको रुपमा पनि पूजा गरिन्छ| नवाली टोलका मानिसहरुले सर्वप्रथमत: यहाँको गणेश मन्दिरमा पूजा गर्ने गर्दछन्| त्यसपछि मात्र, अन्य देवी देवताहरुको मन्दिरमा पूजा गर्न जाने गरिन्छ| नवाली टोलमा रहेको गणेश मन्दिर परिसरमा पशुपती क्षेत्रमा मनाइने विभिन्न जात्राहरुको समयमा विभिन्न देवी देवताको खटलाई यो मन्दिरको परिक्रमा गराउने प्रचलन छ|
त्यस्तै, गणेश मन्दिर परिसरमा गणेश चतुर्दशीका दिन भव्य रुपमा पूजा गर्ने गरिन्छ| यो दिन भगवानलाई चौरासी व्यन्जन खानेकुरा चढाएर भव्य रुपमा तान्त्रिक विधिबाट क्षमा पूजा हुन्छ|
त्यस्तै, गणेश मन्दिर अगाडि नाटेश्वर भगवानको मूर्ति देख्न सकिन्छ| नाटेश्वर भगवानलाई ‘नास द्यो’ पनि भनिन्छ| कलाका पारखीहरुले नाटेश्वरलाई गुरु मानेर पूजा गर्ने गर्दछन्| साथै, यो मन्दिरमा बाजागाजा तथा नृत्य सुरु गर्नु अघि नाटेश्वर देवतालाई पूजा गर्ने गरिन्छ|

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments