Welcome to Alapeshwor Cave!
Alapeshwor Cave is one of the biggest and longest natural caves of Nepal that holds strong religious and natural significance. The intriguingly small entrance of the cave leads you to a very wide cavern flowing with the Chinne River. You will also discover a waterfall and a lake inside the cave along with many mineral deposits naturally shaped into the figures of Lord Shiva, Ganesh, Parvati, Pandav, etc. rising from the ground and hanging from the ceiling and sides of the cavern.
It is believed that after the death of Goddess Sati, Lord Shiva roamed around the world in grief with her body and disappeared (Alap hunu) giving rise to his manifestation, Alapeshwor Cave. This cave is believed to be that very spot of disappearance thus named as the Alapeshwor Cave. The cave had not been fully explored till late 2063 BS. The locals used bamboo sticks and ropes to discover the other opening of the nearly 900 meters long cave on the banks of Modi River.
The worship started in 2064 BS after the construction of 4 ladders inside the cave for convenience of the devotees along with a temple before the entrance. There is also a small cave branched out of this main cave.
Nearly at the middle of the cave, you can see a mesmerizing waterfall cascading to form a lake. As the water coming from the south and flowing towards north, the waterfall is named as Utar Ganga. The water collected at the cave is said to have the potential to cure certain diseases as it holds certain religious significance because it is believed that lord Shiva and Goddess Parvati came to this lake for water related recreational activities (Jal Krida).
It is believed that worshiping and praying here fulfills your wishes. Devotees gather to worship not only on the temple outside but also to worship the self originated figures inside the cave that are perceived as Lord Shiva, Ganesh, Parvati, Pandav, etc. The main worships are held especially on the Mondays of Shrawan. Also, a mela is held every year on the occasion of Bala Chaturdashi and Shivaratri.
This unique cave is also home to thousands of bats which can be classified into 6 different species. In order to not hinder their habitat and livelihood, there are no lights inside the cave. Exploring the cave has been made easier and safer with the availability of torch light and guide. The multiple openings of the cave gives the cavern a good air flow while the sound of flowing water makes the experience even better. Surprisingly, even with the presence of water the passages are algae free and not slippery. During the rainy season the water level of the river rises and the cave remains closed for safety reasons.
This excellent cave of Gandaki Province has been preserved by the Alapeshwor Cave Preservation Tourism Center for many years. The cave is very unique, intriguing and adventurous due to its religious and natural attributes. It is one of the most interesting heritage sites of Kushma, Parbat.
Read stories of more Caves of Nepal …
References:
Ram Sharma Lamichhane, Ward Head
तपाईलाई अल्पेश्वर गुफामा स्वागत छ!
अल्पेश्वर गुफा नेपालको सबैभन्दा ठुलो र लामो प्रकृतिक गुफाहरु मध्ये एक हो। यस गुफाले धार्मिक र प्राकृतिक दृष्टिकोणबाट ठूलो महत्व बोकेको छ। यसको सानो र चाखलाग्दो प्रवेशद्वारले तपाईंलाई चिन्ने नदी बग्ने धेरै फराकिलो गुफामा लैजान्छ। तपाईले गुफा भित्र झरना र तालका साथै प्राकृतिक रूपमा जमिनबाट उठेका र गुफाको छत र छेउमा भगवान शिव, गणेश, पार्वती, पाण्डव आदिको धेरै आकृतिहरु देख्न सक्नुहुन्छ ।
देवी सतीको मृत्युपछि भगवान शिवले सतीको जल्दै गरेको शरीर बोकेर शोकमा हिड्दाहिड्दै यस स्थानमा अलप हुनु भएको जनविश्वास छ । त्यसैले,अल्पेश्वर गुफाको नामले यस गुफाको नामाकरण गरिएको हो। वि.सं २०६३ सालको अन्त्यसम्म गुफाको पूर्ण अन्वेषण भएको थिएन। स्थानिय युवकहरुले बाँस र डोरीको सहयोगले एस गुफाको अन्वेषण गरी झन्डै नौ सय मिटर लामो यस गुफाको अर्को मुखबाट मोदी खोलाको किनारमा निस्किन सफल भएका थिए। वि.सं २०६४ मा गुफाभित्र भक्तजनको सुविधाका लागि ४ वटा सिँढीका साथै प्रवेशद्वार भन्दा माथि मन्दिर निर्माण गरि पूजा आरम्भ भएको थियो । यस मुख्य गुफाबाट बाहिर एउटा सानो गुफा पनि छ।
गुफाको मध्य भाग तिर, तपाईंले झरना र ताल देख्न सक्नुहुन्छ। दक्षिणबाट आएको पानी उत्तर तर्फ बग्ने भएकाले यस झरनालाई उत्तर गंगा भनिन्छ । गुफामा पानी जम्मा भएर बनेको यस ताललाई भगवान शिव र देवी पार्वतीको जल क्रिडा स्तल मानिन्छ। तसर्थ, तालको धार्मिक महत्व र रोग निको पार्ने क्षमता रहेको जनविश्वास छ।
यहाँ पूजाआजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास पनि रहेको छ । मन्दिर बाहिर मात्र नभई शिव, गणेश, पार्वती, पाण्डव आदिका रूप भएको गुफाभित्र स्वयं उत्पत्ति भएका मूर्तिहरूको पनि पूजा गर्न भक्तजनहरू भेला हुन्छन्। मुख्य पूजा विशेषगरी साउनको सोमबारमा गरिन्छ। साथै प्रत्येक वर्ष बाला चतुर्दशी र शिवरात्रिको अवसरमा यहाँ मेला लाग्ने गर्दछ ।
यो अद्वितीय गुफा हजारौं चमेराहरूको घर पनि हो जसलाई ६ वटा विभिन्न प्रजातिहरूमा वर्गीकृत गर्न सकिन्छ। उनीहरुको बासस्थान र जीविकोपार्जनमा बाधा नआओस् भनेर गुफाभित्र बत्तीहरू रखिएको छैनन् । टर्च बत्ती र गाइडको उपलब्धताले गुफाको अन्वेषण गर्न सजिलो र सुरक्षित भएको छ। गुफाको विभिन्न मुखले गुफालाई राम्रो हावा प्रवाह दिन्छ जबकि बगिरहेको पानीको आवाजले यो पुरै अनुभवलाई अझ रमाइलो बनाउँछ। अचम्मको कुरा, गुफामा पानी भएता पनि मार्गहरू शैवाल मुक्त छन् र चिप्लो छैनन्। वर्षायाममा नदीको पानीको सतह बढ्छ र सुरक्षाको कारणले गुफा बन्द रहन्छ।
गण्डकी प्रदेशको यो उत्कृष्ट गुफालाई अल्पेश्वर गुफा संरक्षण पर्यटन केन्द्रले धेरै वर्षदेखि संरक्षण गर्दै आएको छ। धार्मिक र प्राकृतिक विशेषताले भरिपूर्ण यो गुफा निकै अनौठो, चाखलाग्दो र साहसिक छ। कुश्मा, पर्वतका सम्पदा स्थलहरू मध्ये एकदमै रोचक यो एक महत्त्वपूर्ण स्थान हो।
कथा संकलित: राम शर्मा लामिछाने,वार्ड अध्यक्ष
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Related stories