Link is copied to clipboard.

Ram Janaki Temple

0:00
/

It is said that everyone in Matsari village, where the Ram Janaki temple is located, belongs to the same family. Since the beginning of the settlement until its development, many kinds of problems have plagued this village. Especially in Matsari village, surrounded by three rivers, everyone was worried about floods and epidemics. At that time, Satya Narayan Jha, an active youth of this village, conceived the Ram Janaki temple. Everyone called him by the name of Raktu Babu.

The person who conceived the Ram Janaki temple was Satya Narayan Jha (Raktu Babu) for the welfare of the locals here. He appointed a Vaishnava Brahmin for the first time to worship in the temple and became its main guardian. It is said that after that, the days of progress and progress of this village began. Currently, the priest of this temple is Lalan Jha and daily worship is performed in the temple.

Various festivals are celebrated with great pomp in the Ram Janaki temple. Ramayana is recited here during the Jhula festival. Devotees from many places gather for that recitation. Similarly, Vivah Panchami is celebrated for three days. On that day, it is customary to offer 56 types of delicacies. Ram Navami is also celebrated here with great pomp and show for nine days.

References

Manoj Kumar Jha, son of Satya Narayan

भनिन्छ कि, राम जानकी मन्दिर भएको मत्सरी गाउँका सबै जना एकै परिवारका हुन्। बस्ती सुरु हुँदा देखि विकास हुन्जेल सम्म, धेरै प्रकारका समस्याले यो गाउँलाई सताइराख्यो। विशेस गरेर, तीन वटा खोलाले घेरेको मत्सरी गाउँमा बाढी र महामारीको प्रकोपले सबै चिन्तित थिए। त्यहीबेला यहि गाउँको सक्रिय युवा सत्य नारायण झाले रामजानकी मन्दिरको परिकल्पना गर्नुभयो। उहाँलाई सबैले रक्टु बाबुको नामले बोलाउने गर्दथे।
राम जानकी मन्दिरको परिकल्पना गर्ने व्यक्ति सत्य नारायण झा (रक्टु बाबु) ज्युले यहाँको स्थानीयको भलाइको लागि गर्नुभएको थियो। मन्दिरमा पूजा गर्नलाई भनेर पहिलो पल्ट वैष्णव ब्राम्हणको नियुक्ति गरेर यसको मुख्य संरक्षक हुनुभयो। भनिन्छ कि, त्यसपछि यो गाउँको उन्नति र प्रगतिका दिनहरुको सुरुवात भयो। हाल यस मन्दिरको पुजारी ललन झा हुनुहुन्छ र मन्दिरमा दैनिक पूजा हुने गर्दछ।

रामजानकी मन्दिरमा विभिन्न चाडपर्वहरु धुमधामका साथ मनाइने गरिन्छ। यहाँ झूला पर्वमा रामायण पाठ हुने गर्दछ। सो पाठको लागि धेरै ठाउँबाट भक्तजनहरूको भीड हुने गर्दछ। त्यसैगरी, विवाह पंचमी तीन दिन सम्म मनाइने गरिन्छ। सो दिन यहाँ ५६ प्रकारको व्यंजनको भोग दिने चलन रहेको छ। यहाँ राम नवमी पनि धुमधामक साथ नौ दिन सम्म मनाइने गरिन्छ ।

सन्धर्भहरु
मनोज कुमार झा, सत्य नारायण झा ज्युको सुपुत्र

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments